google search

Thursday, October 28, 2010

सरकारलाई सोधियो- ँडेंगु नियन्त्रण भयो ?’

सरकारलाई सोधियो- 'डेंगु नियन्त्रण भयो ?'

-अब्दुल्लाह मियाँ
काठमाडौ, कार्तिक १० -
October 28, 2010

तराईका विभिन्न जिल्लामा डेंगु रोग महामारीकै रूपमा फैलिँदै गएपछि संसदीय समितिले नियन्त्रणका लागि सरकारका तर्फबाट भएका प्रयासहरूको लिखित जवाफ मागेको छ ।

साउन पहिलो साता भारत हुँदै प्रवेश भएको डेंगुका कारण अहिलेसम्म तीन जनाको ज्यान गएको सरकारको तथ्यांक छ । संसद्को महिला, बालबालिका तथा समाजकल्याण समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग डेंगु नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयास र निदानका लागि भावी योजनाको लिखित प्रतिवेदनसमेत मागेको छ ।


समितिले लिखित जवाफसहित मन्त्रालयका सचिव र मन्त्रालयमातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकलाई शुक्रबार १२ बजे समितिमा उपस्थित हुन निर्देशन दिएको छ । 'डेंगु नियन्त्रणका लागि सरकारबाट हालसम्म भए गरेका काम कारबाही र योजनाबारे लिखित प्रतिवेदन माग गर्न निर्देशन दिइएको छ,' समितिको निर्णयमा छ । महाशाखाका निर्देशक डा.जीडी ठाकुरका अनुसार साउन पहिलो साता प्रवेश भएको डेंगुका कारण अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ भने तराईका ८ जिल्ला प्रभावित भएका छ्् । तराईका विभिन्न जिल्लामा यो रोग फैलिएको पुष्टि भएलगत्तै महाशाखाले नियन्त्रणका लागि प्रयास गरेको ठाकुरको दाबी छ ।


उनका अनुसार चितवनस्थित भरतपुर अस्पतालमा एक, भरतपुर मेडिकल कलेजमा एक र बुटवलबाट काठमाडांैस्थित टेकु अस्पताल ल्याइएका एक गरी तीन जनाको ज्यान गएको हो । ठाकुरले चितवन, रूपन्देही, कैलाली, कञ्चनपुर, बारा, पर्सा, रौतहट र सप्तरीमा डेंगुको संकेत देखिएको जनाए । भारत हुँदै डेंगु फैलिएको हो । उनका अनुसार दुई महिनाअघि धनगढीमा १० र महेन्द्रनगरमा दुई जनामा डेंगुको संकेत देखिएको थियो ।

Source: Kantipur daily, 28 October

Monday, October 25, 2010

विशेषज्ञद्वारा डेंगुबारे प्रशिक्षण

विशेषज्ञद्वारा डेंगुबारे प्रशिक्षण

कान्तिपुर संवाददाता
ब्ाुटवल, कार्तिक ८ -
October 26, 2010 
डेंगुको प्रकोप कम गर्न विशेषज्ञसहितको टोलीले सोमबारबाट बुटवलमा चेतनामूलक प्रशिक्षण सुरु गरेको छ ।

राजधानीबाट आएको डा. विश्वराज खनालसहितको विशेषज्ञ टोलीले लुम्बिनी अञ्चल अस्पताल लगायतमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मी नै डेंगु प्रभावित हुन थालेकाले बिरामीको उपचार, स्याहारबारे सिकाउन प्रशिक्षण दिइएको टोली प्रमुख खनालले बताए । 'अनुगमनका क्रममा अधिकांश स्वास्थ्यकर्मी डेंगुका लक्षणबारे जानकार नभएको र बिरामीको स्याहार कसरी गर्ने भन्नेबारे पनि अलमलमा रहेको भेटियो' उनले भने । अस्पतालका प्रमुखसहित उपचारमा संलग्न चिकित्सक, नर्स र सहयोगीले प्रशिक्षण लिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय तथा नगरपालिकाको सहयोगमा विशेषज्ञ टोलीले बुटवलका टोलटोलमा नागरिक प्रशिक्षणसमेत सुरु गरेको छ । यसमा नगरका स्वास्थ्य क्षेत्रमा कार्यरत संघसंस्था र सामाजिक क्लब पनि सक्रिय भएर लागेका छन् ।
ब्ुाटवलमा टायर तथा खाली ड्रम बढी राखिएको र वरपर पानीका खाल्डा भएको क्षेत्रमा डेंगुको संक्रमण बढी भेटिएकाले उक्त क्षेत्रलाई प्राथमिकतामा राखेर प्रशिक्षण थालिएको जिल्ला जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठले बताए । बुटवल नगरपालिका १३ को देवीनगर, पवित्रनगर तथा ५ को गोलपार्क, चिडियाखोला, ज्योतिनगर, बम्घाटलगायतका क्षेत्रमा सोमबार प्रशिक्षण दिइयो ।

औषधि छर्ने मेसिन स्टोरमा
कपिलवस्तु- लामखुट्टेका कारण हुने डेंगु रोगविरुद्ध औषधि छर्न ल्याइएको मेसिन कपिलवस्तु नगरपालिकामा अलपत्र परेको छ ।

कपिलवस्तु नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयबीच समन्वय हुन नसक्दा मेसिन स्टोर शाखामा थन्किएको छ । ३ महिनाअघि ३० हजारमा दुई वटा मेसिन र औषधि खरिद गरेर ल्याइए पनि उपयोगमा छैन । नगरपालिकाले रोगविरुद्ध बजार क्षेत्रमा छर्कने औषधिको मात्राबारे जानकारी माग गर्दै स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको थियो । असोज ७ मा पत्र पठाएर जानकारी माग गरिए पनि अझैसम्म स्वास्थ्यले जानकारी नदिएकाले औषधि छर्कन नसेको नगरपालिकाका कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठले बताए । उता स्वास्थ्यले असोज १३ मा स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी महाशाखामा पत्राचार गरी छर्कने औषधिको मात्रा माग गरे पनि अझै प्राप्त हुन सकेको छैन ।

आठ विद्यार्थीमा डेंगु
भरतपुर -कास)- सिद्धार्थ बोर्डिङ स्कुलका ८ विद्यार्थीमा डेंगु संक्रमण भेटिएपछि साताका लागि विद्यालय बन्द गरिएको छ । नारायणगढ बेल्चौकस्थित विद्यालयमा अध्ययनरत ८ विद्यार्थी तथा एक कर्मचारीमा डेंगु देखिएपछि अन्यमा पनि संक्रमण नहोस् भनेर पठनपाठन नै बन्द गरिएको सहप्राचार्य हरि लामिछानेले बताए ।

डेंगु संक्रमित सन्तोष अधिकारीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । रोग संक्रमण हुन नदिन अभिभावकको आग्रहमा विद्यालय बन्द गरिएको हो । यसैबीच डंेगु न्यूनीकरण तथा जनचेतना फैलाउन विद्यालय परिसरमा वडास्तरीय टोल विकास समन्वय समितिले चेतनामूलक कार्यक्रम गरेको छ । कार्यक्रममा जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले डंेगुले महामारीकै रूप लिएकाले सावधानी अपनाउन आग्रह गरे ।

साउनयता चितवनमा डंेगुले महामारीको रूप लिँदै गएको छ । लामखुट्टेले टोकेर लाग्ने यो रोग अहिलेसम्म १ हजार ७ सय ७६ बिरामीमा गरिएको परीक्षणमा ३ सय ५२ मा फेला परेको छ । अहिले पनि दिनहुँ सयभन्दा बढी शंकास्पद बिरामी परीक्षणका लागि आउने गरेको जनस्वास्थ्यले जनाएको छ । ज्वरोका कारण चितवनमा डेढ दर्जनको मृत्यु भइसकेको छ ।

पर्सामा संक्रमण
जिल्ला जनस्वास्थ्यका अनुसार भारतबाट घर आएका वीरगन्ज १४ का एक युवामा डेंगु संक्रमण देखिएको छ । हाल उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनलाई ६ दिनअघि उपचारार्थ भर्ना गरिएको हो । कार्यालयले उनको विवरण दिन नमिल्ने जनायो ।

यसअघि पर्सामा महिना दिनयता ८ डेंगु रोगी अस्पतालको सम्पर्कमा आएका थिए । जनस्वास्थ अधिकृत अरुणकुमार महतो आठ डेंगुका बिरामीमध्ये सबै अन्य अस्पतालमा रिफर वा उपचारपछि निको भएर फर्किसकेको जानकारी दिए । आठ जनामध्ये अधिकांश भारतको दिल्ली, कोलकाता लगायत सहरमा काम गरेर फर्केका थिए ।

Tuesday, October 12, 2010

डेंगुबाट १ को मृत्यु

डेंगुबाट १ को मृत्यु

- नारायण शर्मा
चितवन, आश्विन २६ -

डंेगु नियन्त्रणमा सरकारले चासो नदेखाएको अरोप लागिरेकै बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरी नेतृत्व टोलीले प्रभावित क्ष्ाेत्रको स्थलगत निरीक्ष्ाण गरेको छ ।


रोग फैलिएको दुई महिनापछि सरकारका उच्च अधिकारीले पहिलोपटक यी क्ष्ाेत्रको भ्रमण गरेर थप सर्तकताका लागि चासो देखाएका हुन् । यसअघि सभासद चित्रबहादुर श्रेष्ठ नेतृत्व संसदीय टोलीले चितवन र नवलपरासीका प्रभावित क्ष्ाेत्रको निरीक्षण गरेको थियो । मन्त्री चौधरीले मंगलबार भरतपुर जिल्ला अस्पताल तथा चितवन मेडिकल कलेजको निरीक्ष्ाण गरेका हुन् । त्यस क्रममा उनले अस्पताल भर्ना भएका डेंगु संक्रमितको अवस्थाबारे जिज्ञासा राखेका थिए ।

उनले मेडिकल कलेजका डा शीतल अधिकारी तथा भरतपुर अस्पतालका सुपरिटेडेन्ट डा. एन के सिंहसँग रोगको अवस्था र संक्रमणबारे जानकारी लिए । मन्त्री चौधरीले चितवनमा डेंगु फैलिएको जानकारी पाउनेबित्तिकै आफूले टोली गठन गरेर जिल्ला पठाएको र तत्काल रोकथाम प्रयास थालेको दाबी पनि गरे । भदौयता चितवनमा भाइरल ज्वरोकाका कारण २० जनाको ज्यान गइसकेको छ ।
पछिल्लोपटक बुटवलका एक व्यक्तिको पनि डेंगुका कारण भरतपुर मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको जिल्ला जनस्वाथ्यले जनाएको छ । जिल्लामा गत आइतबारसम्म २०२ जना डेंगु पोजेटिभका बिरामी आएका थिए ।

Source: Kantipur daily (//www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=228451)

Monday, October 11, 2010

१० जनामा डेंगु भेटियो

१० जनामा डेंगु भेटियो

बुटवल, आश्विन २५ (12th Oct. 2010) -
डेंगुबाट प्रभावित हुनेको संख्या १० पुगेको छ । ती सबै बिरामी नगरपालिकाभित्रका रहेको जिल्ला जनस्वास्थ्य भैरहवाले जनाएको छ । डेंगु प्रभावित २ जनाको चितवन मेडिकल कलेज र बाँकीको काठमाडौंमा उपचार गराइरहेको जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठले बताए । उनका अनुसार बुटवलको सुख्खानगर, दीपनगर, मिलनचोक क्षेत्रमा रोग देखिएको हो । ती बिरामीको संख्या बढेपछि अस्पतालले पनि उपचारार्थ आउनेमाथि उच्च निगरानी राखेको छ । यसैबीच रोगको प्रभाव देखिन थालेपछि बुटवलमै परीक्षण गर्न थालिएको छ । बुटवलको सिटी अस्पताल प्रालिमा यसबारे जाँच गर्न थालेको चिकित्सकले बताए ।



डेंगू प्रकोप- रोगका मुहानै सुकाउनु राम्रो

-Editorial
-12th October, 2010

Source: The Annapurna Post Daily, 12th October, 2010

डेंगु रोगको संक्रमण बढेको बढ्यै

डेंगु रोगको संक्रमण बढेको बढ्यै

-October 11, 2010
-बिनोद त्रिपाठी/ रत्ननगर
-चितवन, आश्विन २४


गर्मीयाम घट्दै गए पनि चितवनमा डेंगु सार्ने लामखुट्टे फैलिने क्रम रोकिएको छैन ।

डेंगु अर्थात उच्च ज्वरो नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालयले रोग सार्ने मुख्य माध्यम लामखुट्टे मार्न सार्वजनिक स्थानमा विषादी छर्ने काम गरे पनि बिरामीको संख्या दिन प्रति दिन बढेको छ । लामखुट्टेको फैलावट नरोकिएकाले दुई महिनादेखि देखिएको डेंगु रोगको संक्रमण बढ्दो क्रममा छ । ११ दिन अघि जिल्ला जनस्वास्थ्यले १ सय १३ जनामा डेंगु रोग देखिएको सार्वजनिक गरेको थियो । तर शनिबारको रेकर्डमा २ सय रोगीको संख्या नाघेको जनस्वास्थ्यले रेकर्ड राखेको छ । दिनप्रति दिन डेंगु संक्रमण फैलिन थालेपछि स्वास्थ्यकर्मी नियन्त्रण हुन नसकेकोमा चिन्तित बनेका छन् ।


ज्वरो आएका बिरामीको परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले रत्ननगर लगायतका स्थानहरुमा स्वास्थ्य परीक्षण शिविर चलाएको थियो । अधिकांश बिरामी ग्रामिण भेगका भन्दा बजारका बासिन्दा भएकाले घना बस्तीमा रोग नियन्त्रण अभियान जनस्वास्थ्य कार्यालयले चलाएको छ ।


जनस्वास्थ्यका अनुसार डेंगु रोग सार्ने एडिज एजिप्टाइको लामखुट्टे नियन्त्रण नभएकाले रोगीको संख्या बढेको हो । इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले केही दिनअघि डेंगु रोगको नियन्त्रण भएको दाबी गरेको थियो । हरेक वर्षझैं यसपाली पनि फैलिएको भाइरल ज्वरोका १ हजार १ सय ४१ जना रोगीको रगत परीक्षण गरिएकामध्ये २ सय २ जनामा डेंगु रोग देखा परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएका बिरामीमा २६ जनामा ल्याप्टोस्पाइरोसिस र २४ जनामा पान्डेमिक इन्फ्लुएन्जा एच १ एन १ देखा परेको हो । दस दिनको अवधिमा ९२ जना बिरामीलाई डेंगु रोग देखिएपछि उपचारमा संलग्न चिकित्सक आश्चर्यमा परेका छन् । गर्मी घटेपछि डेंगु संक्रमणमा कमी होला लागेको थियो, तर बढेको बढ्यै छ, चितवन मेडिकल कलेजका फिजिसियन डा. शितल अधिकारीले कान्तिपुरसंग भने, 'रोग नघटेको देख्दा आश्चार्यमा परेका छौं ।' सरुवा रोग भएकोले संक्रमणमा कमी नआएको उनले बताए ।


उनका अनुसार लामखुट्टे नियन्त्रणमा नआएसम्म रोगीको संख्या नघट्ने देखिएको छ । सरुवा रोग भएकोले रोगी व्यक्तिलाई टोकेर अर्को निरोगीलाई सजिलै सार्ने भएकाले रोग नियन्त्रणमा नआएको हो, उनि भन्छन्, 'लामखुट्टेले टोकेको १० दिनपछि मात्र लक्षण देखिने भएकाले पनि रोग नियन्त्रण हुन अझै केहि दिन लाग्छ ।' रोग नियन्त्रणका लागि जनस्वास्थ्यले लामखुट्टे नियन्त्रण गर्न हरेक दिन रत्ननगर, नारायणगढ, भरतपुर क्षेत्रमा माइकिङ गर्ने, किटनाशक औषधी छर्ने लगायतका कार्य गरे पनि नियन्त्रणमा आउन सकेको छैन । बजार क्षेत्रमा अत्यधिक फोहोर हुनाले नियन्त्रण गर्न कठिनाई भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यो भाइरलबाट संक्रमण भएकाले पुरै नियन्त्रण हुन धेरै दिन लाग्न सक्छ, जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले कान्तिपुरसँग भने, 'जनचेतना र सरसफाइमा ध्यान दियौं भने धेरै हदसम्म रोग नियन्त्रणमा आउनेछ ।'

Source: Kantipur daily, (http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=228324)

Wednesday, October 6, 2010

'डेंगुको प्रकोप अझै केही समय रहन्छ'

'डेंगुको प्रकोप अझै केही समय रहन्छ'

-दीपेन्द्र बडुवाल
 7th Sept. 2010

भरतपुर- जिल्ला जनस्वास्थ्यले दसैंसम्म डेंगु प्रकोप नहट्न जनाएको छ । त्यसपछि भने चिसो मौसम सुरु हुने भएकाले प्रकोपमा कमी आउने अनुमान गरिएको छ । दैनिक बिरामी थपिने क्रम जारी छ । बुधबार भरतपुर र रत्ननगर नगरपालिका क्षेत्रमा लामखुट्टे नष्ट गर्ने औषधि छरिसकेको स्वास्थ्य बतायो ।


कार्यालयका भेक्टर कन्ट्रोल निरिक्ष्ाक राम केसीले अहिले दिनमा सरदर २ जना डेंगुका बिरामी पुष्टि भएका छन । बुधबारसम्म विभिन्न अस्पतालमा १ हजार १ सय ४१ जना ज्वरोका बिरामी भर्ना भएकामा १ सय ९४ मा डेंगु भेटिएको थियो । मंगलबार १ सय ८५ थिए । भर्ना भएकामध्ये ८० प्रतिशत चितवनका छन् । बाँकी आसपास जिल्लाका थिए । 'प्रकोप घटनुको साटो बढ्दो छ,' विभागबाट नियन्त्रणका लागि आएको टोलीका सदस्य डा. प्रमोद खनालले भने, 'समय लाग्ने देखियो ।' कार्यालयका अनुसार छर्किएको औषधिले ५ देखि १० प्रतिशत लामखुट्टे मर्छन् । ९० प्रतिशत भने बाँकी रहन्छ । बढी प्रभावित क्षेत्रमा औषधि छरिएको हो । औषधिले लामखुट्टेका अण्डा, प्युपा र लार्भा नमार्ने हुँदा प्रकोपमा कमी आउँदैन । औषधिले सबै प्रकारका लामखुट्टे, माहुरी, फट्यांग्रा पनि मारिन्छन् । त्यसले इकोसिस्टम प्रभावित हुने स्वास्थ्यकर्मी बताउँछन् ।


स्रोहश्राद्धका बेला फ्यांकिएका दुना, टपरीमा समेत लामखुट्टे हुर्केका छन् । 'व्यक्ति जागरुक नबनेसम्म प्रकोप घट्दैन,' जनस्वास्थ्यका निमित्त प्रमुख जयराम दुवाडीले भने, 'दसैंसम्म यस्तै अवस्था रहन्छ ।' त्यसपछि खाल्डामा जमेको पानी सुक्ने र तापक्रम पनि घट्ने हुँदा प्रकोप घट्ने अनुमान गर्न सकिन्छ । तर कार्यालयले प्रकोपमा कमी आउने दाबी गर्न सकेको छैन । लामखुट्टे वृद्धि भइरहेकाले जाडोयाममा समेत डेंगु कायम रहने खतरा रहेको दुवाडीले जनाए । चिकित्सकका अनुसार ०५९ देखि यहाँ ज्वरोको प्रकोप बर्सेनि देखिएको छ । गत वर्ष ७१ जनाको रगतका नमुना परीक्षण गरिएकामा ६ जनामा डेंगु पुष्टि भएको थियो । यो वर्ष भने महामारी रूप लिएको छ । 'अर्को वर्ष समस्या बढ्न सक्छ,' दुवाडीले भने, 'जनचेतनाका काम जारी राख्नुपर्‍यो ।' नवलपरासीको दाउन्ने र मकवानपुरको चुरियामाईबीच प्रत्येक वर्ष असारदेखि असोजसम्म ज्वरो फैलिने गरेको छ ।

पहिले यहाँ मलेरिया थियो । त्यतिबेला कालोपानी जिल्लाका रूपमा चिनिन्छ । अहिले मलेरिया पूर्वी चितवनका ३/४ गाविसमा देखिन्छ । दुई वर्षयता डेंगु, लेप्टोस्पाइरोसिस र स्वाइनफ्लु समस्या आएका छन् । जनस्वास्थ्यका अनुसार १ सय ८ जनाको रगत परीक्षण गरिएकामा २८ जनामा लेप्टोस्पाइरोसिस पाइएको छ । यसको उपचार सम्भव छ । डेंगुको उपचार नभएकाले समस्या छ । त्यसैगरी ५४ जनामा स्वाइनफ्लु परीक्षण गरिएकामा २४ मा त्यो पाइएको छ ।


यसपालि साउनसम्म रुघा, ज्वरो र टाइफाइड फैलिएको थियो । साउनको तेस्रो सातापछि रगतमा 'प्लेटलेट' मात्र कम भएका बिरामी आउन थाले । त्यस्ता बिरामीको अचानक मृत्युसमेत भयो । त्यसपछि अस्पतालले विश्व स्वास्थ्य संगठन र सरुवा रोग नियन्त्रण महाशाखामा सम्पर्क गरेका थिए । रोग नियन्त्रणका लागि बिहीबार केन्द्रबाट थप एक टोली आउँदैछ ।

(Source: Kantipur Daily, http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=227912)

Nepal model to inspire flood relief

Nepal model to inspire flood relief


-BY: ANUP SARMA
Guwahati, Sept. 7: A disaster risk reduction programme, inspired by a Nepal rescue model, will help thousands in four districts of lower Assam prepare for the annual calamity called flash floods. The programme that helps communities prepare for a disaster, has been successfully implemented in the remote Kailali district of Nepal, will cover Nalbari, Barpeta, Baksa and Bongaigaon districts in Assam.


Gramya Vikash Mancha (GVM) — an NGO based in Nalbari town — is going to implement the Kailali model of disaster risk reduction initiative in the four districts located on the foothills of Bhutan. Funded by the European Commission, the project is being supported by Action Aid, a leading NGO. “Every year, thousands of people are marooned by the devastating floods in the four districts. The floods are triggered by severe rainfall in the hills of Bhutan and sometimes by release of excess water from the Kurichu dam in the Himalayan country. The Nona, Borolia and Pagaldia rivers and their tributaries are primarily responsible for these floods,” said chairman of the Mancha, Prithibhushan Deka, while adding that the project is initially being implemented in two districts — Nalbari and Baksa. “If it proves to be successful, it can be extended to the other districts too,” he added. “As of today, we have already set up three rain gauges in three locations in Baksa district — Chowki, Subankhata and Dhamdhama. These three places are located in the upper catchment area,” he said, adding that another three rain gauges will be set up in the lower catchment area. “There will be a network of volunteers in the upper catchment as well as in the lower catchment areas, who will inform each other about the regular update on rainfall,” he said. They will have 11 Fortin’s barometers installed in various locations in Nalbari district.


The barometers will predict the probability of strong winds and thunderstorm an hour in advance. “We are also going to establish two weather stations — one each at Barbhag College in Nalbari and at the Mancha’s office campus, which will give regular weather update and disseminate the information through the network of volunteers,” said Deka. Everything will be completed within the next three weeks. Mercy Corps, Nepal, in association with the Nepal Red Cross Society, Kailali district piloted the Kailali Disaster Risk Reduction Initiative from November 2007 to April 2009. The project involved six communities along the Mohana river and tributaries in the far western part of the Terai plains.


Apart from reducing the risks associated with floods, the programme helped communities to prepare for and respond to floods. Consequently, when severe floods hit Kailali district on September 20, 2008, the communities were well prepared — followed their evacuation plans and conducted search and rescue. The preparedness saved lives and significantly reduced loss of property.

 
Source: The Telegraph (http://www.telegraphindia.com/1100908/jsp/northeast/story_12907498.jsp)