google search

Monday, December 24, 2012

राजधानीमा बर्ड फ्लु

राजधानीमा बर्ड फ्लु

काठमाडौ, पुस ९ -
काठमाडौं महानगरसँग जोडिएको रामकोट-६ स्थित एक ह्याचरीमा बर्ड फ्लु देखिएको छ । कृषि मन्त्रालय स्रोतका अनुसार काठमाडौं सहरनजिकै मञ्जुश्री पोल्ट्री फार्ममा बर्ड फ्लु पुष्टि भएको छ ।

यसअघि भक्तपुर र ललितपुरमा बर्ड फ्लु भेटिएको थियो भने काठमाडौंमा यो पहिलो हो । तीन वर्षको अवधिमा नेपालमा यसको संक्रमण देखिएको यो २७ औं घटना हो । भेटेनरी एसोसिएसनका महासचिव डा. शीतलकाजी श्रेष्ठका अनुसार करिब तीन वर्षअघि झापाको सरनामती गाविसमा पहिलो पटक बर्ड फ्लु देखिएको थियो । धादिङको धार्केमा गत बिहीबार देखिएको बर्ड फ्लु मुलुकको २६ औं संक्रमण थियो । उपत्यकामा गत वर्ष जंगली कागमा बर्ड फ्लु देखिएको थियो ।

कृषि मन्त्रालयको विशेषज्ञसहितको टोली मंगलबार संक्रमित फार्ममा जाँदैछ । 'संक्रमणको मात्रा हेरेर छेउछाउ पनि निरीक्षण गर्नुपर्ने हुन सक्छ,' स्रोतले भन्यो ।

बर्ड फ्लु पन्छीहरूमा लाग्ने भए पनि मानिसमा पनि सर्न सक्ने संक्रामक तथा घातक रोग हो । 'संक्रमित पन्छीका र्‍याल, सिँगान र सुलीमा यो भाइरस रहन्छ,' डा. श्रेष्ठले भने, 'संक्रमितको नजिक रहने पन्छीलाई भाइरस सर्न सक्छ भने सुलीमा अत्यधिक मात्रामा भाइरस रहन्छ ।' भाइरस भएको एक ग्राम दूषित सुलीले १० लाख कुखुरालाई संक्रमण गर्ने क्षमता राख्छ ।

यस्तै सुलीसँग टाँसिएका अन्डा, अन्डाको क्रेट, दानाको बोरा, फार्ममा जाने मानिसको जुत्ता, लुगा, हात तथा सुली टाँसिएको सवारी साधनको पांग्रा आदिका माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा रोग सर्न सक्छ ।

संक्रमणको १८ देखि ७२ घन्टामा कुखुरामा यो रोगका लक्षण देखा पर्छन् । मासु र अन्डामा रोगका विषाणु भए पनि राम्ररी पकाएर खाएमा मासु वा अन्डाबाट यो रोग नसर्ने उल्लेख गर्दै डा. श्रेष्ठले भने, 'यो मानिसबाट मानिसमा सर्दैन वा विरलै मात्र सर्न सक्छ तर पशु वा पन्छीबाट सर्न सक्छ ।'

संक्रमण भएमा अकस्मात कुखुरा मर्ने, फुल पार्न बन्द हुने, टाउको सुन्निने, दाना नखाने, तिर्खाउने, सेतो पातलो दिसा गर्ने र पक्षघातजस्ता लक्षण देखिने उनले बताए । 'मानिसमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, केहीमा फोक्सोमा गम्भीर असर पर्न गई निमोनिया हुँदा रोग घातक हुन्छ,' स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुरले भने, 'मासु खाने उपभोक्ताभन्दा पनि कुखुरा फार्मका कामदार, मासु बिक्रेता, बधशालामा काम गर्नेलाई रोग सर्ने बढी सम्भावना हुन्छ ।'

स्रोत: कान्तिपुर दैनिक ,२०६९ पुस १० 
 

 
 

Thursday, November 29, 2012

Mugling hotels fail to maintain safety

Mugling hotels fail to maintain safety

 
KATHMANDU

Food safety and hygiene were the most neglected aspects among roadside hotels in the country. The food authority’s investigation of Mugling hotels has proved that roadside hotels are not serving hygienic food.

Most hotels and restaurants failed to get the ‘green card’, said senior food officer at the Department of Food Technology and Quality Control Promod Koirala. “Only three hotels and restaurants got green cards,” he said.

The card is issued to hotels and restaurants meeting five parameters — neat and clean environment, separate store for cooked and non-cooked food, perfectly cooked food, food stored in perfect temperature, and use of clean water — of food safety. The World Health Organisation has approved these parameters for general hotels. Tourist standard and star hotels have their own parameters.

According to Koirala, 40 hotels and restaurants received ‘yellow card’ with one red strap in the middle of the report card. “It means they have to reform their hotels and restaurants,” he said, “But reforms expected of them are minor. They don’t have to do much in building a hygienic environment.”

Similarly, five hotels and restaurants bagged a ‘yellow card’ with two red straps as more corrections are required. “They have to make changes in at least three parameters,” he said.

According to him, the department did not issue any ‘red card’ because the motive behind the distribution of the card was to promote safe food culture. “We want to encourage them towards a better hygienic environment,” said Koirala.

The department has planned to expand the safe food card campaign in major highways of the country. “We are analysing the developments at Mugling. We will expand the campaign to other places after evaluating its effects,” he said. According to him, the department has planned to monitor the hotels and restaurants every four months.

Meanwhile, the department has been receiving more complaints regarding food safety, quality and hygiene issues. The department registered about 20 such cases in Kartik (mid-October to mid-November). Consumer awareness has been growing regarding food safety and hygiene, which is encouraging, Koirala added.

Source: The Himalayan Times 

Wednesday, October 17, 2012

पानीमा भेटिएन बर्डफ्लु

पानीमा भेटिएन बर्डफ्लु
भक्तपुर -
केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालाले बोडेको पानी खान योग्य भएको जनाएको छ । बोडे पानी प्रशोधन केन्द्रसँगैको कुखुरा र्फममा बर्डफ्लुको भाइरस भेटिएपछि गरिएको प्ररम्भिक परीक्षणमा पानी सुरक्षित देखिएको हो ।

'संकलित पानीको नमुनामा बर्ड फ्लु भाइरस देखिएन,' पशु स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विजयकान्त झाले मंगलबार भने । त्रिपुरेश्वरस्थित केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पानीको नमुना परीक्षण गरिएको थियो । डा.झाका अनुसार पानीको नमुनालाई पहिले र्‍यापिड टेस्ट र पछि 'पोलिमर चेन रियाक्सन'द्वारा परीक्षण गरिएको थियो । कुखुरामा एच५एन१ स्ट्रेन को बर्ड फ्लु देखिए पनि नेपालमा अहिलेसम्म मानिसलाई नसरेकाले पनि आत्तिनु नपर्ने उनले बताए । निर्देशनालय र जिल्ला पशु सेवा कार्यालयले यस क्षेत्रमा निरन्तर निगरानी गरिरहेको निर्देशनालयका वरिष्ठ पशु चिकित्सक डा. नारायण घिमिरेले बताए । मंगलबार पनि प्रशोधन केन्द्रको पानी परीक्षणका लागि लगेको छ । एक सातासम्म निरन्तर परीक्षण हुने जानकारी पनि उनले दिए । बर्डफ्लुको समाचार प्रकाशित भएपछि केयूकेएलले पनि सोमबार पानीको गुणस्तर परीक्षणका लागि नमुना लगेको छ । स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित जानकारी पुस्तिकामा 'बर्ड फ्लु भाइरस प्रदूषित पानीमा चार देखि ३० दिनसम्म जीवित रहने भएकोले एक ठाउँबाट दूषित पानी बगेर अर्को ठाउँमा रोग सार्न सक्ने' उल्लेख छ । 'पानी संक्रमित भएर निरन्तर बग्दा बर्ड फ्लु भाइरस नदेखिन समेत सक्छ,' सरुवारोग विशेषज्ञ डा.वासुदेव पाण्डे भन्छन्, 'केही नमुना हेरेर शत प्रतिशत छ वा छैन भन्न मिल्दैन ।' डा.पाण्डेका अनुसार सरकारले प्रशोधन केन्द्रसँगै उपभोक्ताको धाराबाट बढी मात्रामा नमुना संकलित गरेर कम्तीमा एक सातासम्म नियमित पानीको गुणस्तरको परीक्षण र अनुगमन गर्नुपर्छ । उनका अनुसार उमालेर चिसो गरेको पानी पिउनु सबै हिसाबमा उपयुक्त हुन्छ । पानीमा भाइरसको संख्या धेरै कम हुने भएकाले र त्यो रोगको संक्रमण गराउन पर्याप्त नहुने उल्लेख गर्दै डा.पाण्डे भन्छन्, 'शंकास्पद पानीले समेत हात धोए, नुहाए केही फरक पर्दैन ।' शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुन समेत केही पानीको नमुनामा बर्ड फ्लुको भाइरस नदेखिए पनि ढुक्क भएर त्यसै छाड्नुको सट्टा न्यूनतम एक सातासम्म नमुनाहरूको नियमित परीक्षण आवश्यक रहेको बताउँछन् । डा.पुन भन्छन्, 'यो परीक्षण मात्र थप सन्तुष्टिका लागि हो, आत्तिनुपर्ने भने केही छैन ।'

संक्रमित क्षेत्र घोषणा

जिल्ला प्रशासन भक्तपुरले बर्डफ्लु भेटिएको इलाकालाई संक्रमित क्षेत्र घोषणा गरेको छ । सातदिनसम्म मासु र मासुजन्य सामान बिक्रीमा प्रतिबन्ध लगाएको पशु सेवा कार्यालयका प्रमुख एवं जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिका सदस्य सचिव शिवबहादुर केसीले बताए । 'यस क्षेत्रका कुखुरा फारममा निगरानी बढाएका छौं,' उनले भने, 'त्यस्तै, यहाँका फारमका कुखुरा अन्यत्र बिक्रीका लागि रोक लगाएका छौं ।' 'सर्भिलेन्स' हुँदासम्म रोक लगाएको हो । बर्डफ्लुको भाइरस भएको पुष्टि भएपछि सोमबार ७ सय ८० कुखुरा नष्ट गरे पनि र्फमको सुली, प्वाँख व्यवस्थित गर्ने र सरसफाइ गर्ने काम भने मंगलबार मात्रै गरेको छ । 'कामदार नभएकाले कुखुरा नष्ट गरेकै दिन अन्य काम गर्न सकिएन,' केसीले भने । दसैंले गर्दा कामदार नपाएको उनले बताए । पशु सेवा कार्यालयका प्राविधिकले मंगलबार बोडेको ६ कुखुरा फारममा अनुगमन गरेको छ । अनुगमनका क्रममा तीन वटा कुखुरा मरेको पाइएपछि नमुना परीक्षणका लागि प्रयोशशाला पठाएको उनले बताए । 'अन्य फारममा भेटिएका कुखुरामा बर्डफ्लुको लक्षण देखिएको छैन,' केसीले भने, 'पुष्टि गर्न प्रयोगशाला पठाएका छौं ।

 स्रोत: कान्तिपुर दैनिक , २०६९ कार्तिक १

Tuesday, October 16, 2012

भक्तपुरमा बर्डफ्लु


मकर श्रेष्ठ, कृष्ण ज्ञवाली/ भक्तपुर, आश्विन २९ - 

मध्यपुर थिमिको बोडेस्थित ओमबहादुर खड्काको कुखुरा फार्ममा बर्डफ्लुको भाइरस -एच५एन१) भेटिएको छ । केन्द्रीय भेटेनरी प्रयोगशालामा परीक्षण गर्दा उनको फार्मको कुखुरामा बर्डफ्लुको भाइरस पुष्टि भएपछि नष्ट गरिएको हो । पशु सेवा निर्देशनालयका अनुसार नेपालमा २४ औं पटक यस्तो भाइरस देखा परेको हो । 


परीक्षणबाट २६ गते राति बर्डफ्लु संक्रमण पुष्टि भएपछि सोमबार ७ सय ८० कुखुरा नष्ट गरेको पशु स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. नारायण घिमिरेले बताए । उक्त फार्म भक्तपुर र काठमाडौंका विभिन्न स्थानमा पानी वितरण गर्ने प्रशोधन केन्द्रसँगै जोडिएको छ ।खड्काको फार्मका कुखुराको प्रारम्भिक परीक्षणबाट संक्रमण देखिएपछि जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठक बसेको थियो । बैठकले उक्त क्षेत्रलाई संक्रमणग्रस्त क्षेत्र घोषणा गरी फार्मका कुखुरा नष्ट गर्ने निर्णय गरेको हो । संक्रमण फैलन नदिन प्रशासनिक प्रक्रिया पुर्‍याएर सबै कुखुरा नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज भट्टराईले बताए । 'वरपर पनि निगरानी बढाइएको छ,' घिमिरेले भने । उनका अनुसार थप परीक्षणका लागि विदेशको प्रयोगशालामा पठाइएको छ । पशु प्राविधिकहरूका अनुसार नेपालका प्रयोगशालाहरूमा पर्याप्त सुविधा नभएका कारण विदेशबाटै बर्डफ्लु संक्रमण सुनिश्चित गर्नुपर्छ । नेपालमा प्रारम्भिक पुष्टि मात्रै गर्ने सुविधा छ । लक्षण देखिएपछि संकलित नमुनाको प्रारम्भिक परीक्षण गर्न ४८ घन्टाभन्दा बढी समय लाग्छ । संक्रमण फैलिएर जोखिम बढ्न सक्ने भएकाले तत्काल परीक्षण -र्‍यापिड टेस्ट) गरी पुष्टि गरेर कुखुरा नष्ट गरिएको प्राविधिकहरूको भनाइ छ । 

फार्म नजिकै खुला रूपमा प्रशोधन केन्द्र रहेकाले पानीमा पनि संक्रमित भाइरस हुन सक्ने आशंका छ । त्यसैले पानीको समेत परीक्षण गर्न पठाएको घिमिरेले बताए । 'पानी परीक्षणका लागि पठाएका छौं, रिपोर्ट आउन बाँकी छ,' उनले भने ।  एक सातादेखि फार्मका कुखुरामा संक्रमण देखिन थालेको व्यवसायी खड्काले बताए । उनका अनुसार असोज २१ मा पहिलो पटक सातवटा कुखुरा मरे । लगातार मर्न थालेपछि २३ गते परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको उनले बताए । करिब दुई हजार कुखुरा पालेको फार्ममा १२ सय कुखुरा आफैं मरेको उनले बताए । टोलीले संक्रमणको जोखिम फैलन नदिन एक सय ५५ क्रेट अन्डा र ६ बोरा दाना पनि नष्ट गरेको छ । सरकारले व्यवसायीलाई प्रतिकुखुरा एक सय ३० रुपैयाँ क्षतिपूति दिने भएको छ । घिमिरेको नेतृत्वमा गएको पशु विशेषज्ञसहितको टोलीले सोमबार अपराह्नसम्म सबै कुखुरा नष्ट गरी सुरक्षित रूपमा गाडेको छ । दोलखा सुरी-७ मा स्थानीय घर भएका खड्काले पाँच वर्षदेखि फार्म सञ्चालन गर्दै आएका छन् । उनका अनुसार अघिल्लो सातादेखि एकै खालको लक्षण देखिई कुखुरा मर्न थालेका थिए । 'झोक्राउने, दाना नखाने झोक्राउने, र्‍याल काढ्ने हुँदै गएको थियो,' उनले भने, 'त्यहीबेलादेखि पशुका प्राविधिकहरूलाई खबर गरेको हुँ ।' 

बर्डफ्लुको लक्षण देखिएलगत्तै प्राविधिकहरूको टोलीसहित प्रशासनले फार्मलाई संकटग्रस्त क्षेत्र घोषणा गरी कुखुरा नष्ट गर्न सुरु गरेको थियो । टोलीले फार्मका सबै टहरासमेत खाली गराई ब्याक्टेरिया र भाइरसको संक्रमण रोक्न विषादीसहित 'स्पे्र' गरेका थिए । एभियन इन्फ्लुएन्जा आयोजनाबाट 'पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट' लगाएको टोलीले कुखुरा नष्ट गरेका थिए । टोलीमा कम जनशक्ति भएकाले खाडल खन्न लगाइएका कामदारलाई पनि सुरक्षित पोसाक दिएर कुखुरा पुर्न लगाइएको थियो । 

प््लुको संक्रमणबाट जोगिन घटनास्थल वरपर आवतजावत नगर्न, वरपरका अरू फार्ममा निगरानी बढाउन स्थानीयलाई सतर्क बनाइएको सहायक प्रजिअ भट्टराईले बताए । प्रशासनले फार्म क्षेत्रमा तीन महिनासम्म सर्वसाधारणको चहलपहलमा रोक लगाएको छ । 'वरिपरिका अन्य फार्मका कुखुरा बिक्रीमा पनि रोक लगाएका छौं,' उनले भने । आसपासमा चारवटा फार्म छन् । खड्काको फार्म सँगैको अन्य चारवटा फार्ममा पनि बर्डफ्लुको आशंका गर्दै नमुना परीक्षणका लागि पठाइएको छ । भाइरस भए नभएको पुष्टि नभएकाले अन्य फार्मको कुखुरा नष्ट नगरेको पनि भट्टराईले बताए । फ्लुको संक्रमणबाट सयौं कुखुरा मरेको टहराको सय मिटरको दूरीमा रहेको अर्को फार्मलाई प्राविधिकहरूले केही नगरी छाडेका छन् । 'त्यो टहरामा केही लक्षण नदेखिएकाले कुनै एक्सन नलिइएको,' एक प्राविधिकले बताए ।  

पहिलो चरणको काम सकिएपछि फार्ममा कुखुराको सुली र अन्य अवशेषलाई सुरक्षित गर्नुपर्ने प्राविधिकहरू बताउँछन् । उनीहरूका अनुसार कुखुराको सुली र हावाबाट फ्लु सर्ने जोखिम निकै हुन्छ । चराहरूको अत्यधिक गतिविधि हुने विमानस्थलको ठीक पछाडिपट्ट िपर्ने फार्ममा संक्रमण देखिएकाले घुमन्ते चराका कारण संक्रमण फैलिएको हुनसक्ने पशु प्राविधिहरूको आशंका छ । एक वर्षअघि जडीबुटीस्थित मनोहरा पुलसँगैको कुखुरा फार्ममा पनि बर्डफ्लुको भाइरस भेटिएको थियो । त्यस्तै छ महिनाअघि काठमाडौंको फर्पिङस्थित एक फार्ममा बर्डफ्लु देखिएपछि १५ हजार कुखुरा नष्ट गरिएको थियो भने त्यसलगत्तै भैंसेपाटीको एक फार्ममा ६ हजार कुखुरा मारिएको थियो ।

स्रोत: कान्तिपुर दैनिक, आस्विन 30, 2069

Wednesday, October 3, 2012

श्वाइन फ़्लु देखियो

स्रोत: कान्तिपुर दैनिक, October 3, 2012

Tuesday, September 11, 2012

बढ्यो भाइरल ज्वरोको प्रकोप


अतुल मिश्र/ काठमाडौ, भाद्र २६ - 

मौसम बदलिने चरण र बढ्दो प्रदूषणका कारण राजधानीमा भाइरल ज्वरोको प्रकोप बढेको छ । 

राजधानी स्थित केन्द्रीय स्तरका अस्पतालहरूमा केही दिनयता यस्ता बिरामीको संख्या बढेको पाइएको छ । उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिँगान निस्कने लक्षण देखिनेहरू अस्पतालमा आउने गरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।  'दिनहुँ करिब २५ जनासम्म भाइरल ज्वरोको उपचारका लागि इमर्जेन्सी पुग्ने गरेका छन्,' पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, जेनरल प्राक्टिस र इमर्जेन्सी विभागका प्राध्यापक डा.भरतकुमार यादव भन्छन्, 'यसमा एक सय तीन डिग्रीसम्म उच्च ज्वरो देखिएको छ ।' पाटनको इमर्जेन्सीमा दिनहुँ पुग्ने करिब एक सय तीसदेखि एक सय ५० जनामध्ये हाल करिब तीस जनासम्म भाइरलका रोगी छन् ।

एक सातादेखि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुको बहिरंग विभागमा दिनहुँ २५ जनासम्म भाइरल ज्वरोका रोगी पुग्ने गरेको डा.राजेश साह बताउँछन् । 'चार/पाँच दिनयता भाइरल ज्वरोका रोगीको संख्यामा वृद्घ िदेखिएको छ,' उनले भने । त्रिवि शिक्षण अस्पतालको बहिरंग विभागमा समेत भाइरल ज्वरोको समस्या लिएर पुग्नेहरूको संख्या बढ्दो छ । 'गत वर्षको दाँजोमा भाइरल ज्वरो बढी देखिएको छ,' मेडिसिन विभागका प्रमुख डा.शशि शर्मा भन्छन्, 'हालको भाइरल ज्वरोमा भने रोगीहरूलाई टाउको दुखाइ र ज्वरो लामो समयसम्म आइरहेको देखिएको छ ।' भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैं निको हुने मान्यता रहे पनि हाल सात दिनभन्दा पनि बढी समय लिइरहेको समेत डा.शर्मा बताउँछन् । 

हाल देखिएको भाइरल ज्वरोमा रोगीले सबैभन्दा पहिले टाउको दुखाइको समस्या देखिने गरेको छ । एक/दुई दिन टाउको दुखाइपछि ज्वरोले समेत समात्छ र त्यसपछि रुघा लागेजस्तो लक्षण देखिने डा.शर्माले बताए । यस्ता ज्वरोका सिकारहरू पहिलो दिन नै टाइफाइड भए/नभएको यकिन गर्न 'भिडाल' परीक्षण गराउने गरेको उल्लेख गर्दै डा.शर्मा भन्छन्, 'दुई/तीन दिन ज्वरो आएपछि  मात्र रगत परीक्षण गराउनु उपयुक्त हुन्छ ।' कुनै-कुनै प्रयोगशालाले एक दिनको ज्वरोमा समेत भिडाल परीक्षण पोजेटिभ देखाउने गरेको समेत उनले जनाए । 

'यसपटक देखिएको ज्वरो सुरुमा टाइफाइडजस्तो लाग्छ तर यो भाइरल ज्वरो नै हो,' डा.शर्माले भने, 'अन्य कुनै कडा लक्षण नदेखिए ज्वरो भएको दुई/तीन दिनसम्म सिटामोल र एन्टिएलर्जिक औषधि उपयोग गर्न सकिन्छ, यदि निको हुने छाँट नदेखिए चिकित्सकसँग सल्लाह लिनुपर्छ ।' धेरैजसो भाइरल ज्वरो प्रभावितहरूले आफैं औषधि पसलेको सल्लाहमा एन्टिबायोटिक औषधि खाने गरेको जनाउँदै डा.साह भन्छन्, 'भाइरल ज्वरोमा चिकित्सकको सल्लाह लिएर मात्र औषधि सेवन गर्नुपर्छ । आफैं वा पसलको सल्लाहमा एन्टिबायोटिक औषधि सेवन गर्नाले पछि एन्टिबायोटिक प्रतिरोधिताको समस्यासँग जुध्नुपर्नेछ ।' चिकित्सकका अनुसार मौसम परिवर्तनले भाइरल ज्वरो ल्याउने गरेको छ । भाइरल ज्वरोको संक्रमण चाँडै फैलिन सक्छ । 

नाकबाट सिँगान बग्नु, घाँटी दुख्नु जस्ता लक्षण देखिन्छन् । चिकित्सकले परीक्षण गरेर मात्र रोग निको पार्न सक्छन् । पश्चिमी मुलुकमा जस्तो सेरोलोजिकल परीक्षण नहुने भएकाले यहाँ भाइरसको गम्भीरता थाहा पाइँदैन । ज्वरो जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सक्छ र यसको लक्षणका आधारमा उपचार गरिन्छ । धेरैजसो भाइरल संक्रमण दूषित हावा, पानी र खानाका माध्यमले वा सीधा सम्पर्कले हुन्छ । चिकित्सकहरूका अनुसार संक्रमितसँगको सम्पर्कबाट रोग सर्ने सम्भावना चारदेखि पाँचगुणा बढी हुन्छ । 

भिडभाड भएको ठाउँमा संक्रमण अझ चाँडो फैलिन्छ । यसमा सिटामोललगायत एन्टिपाइरेटिक औषधि दिइन्छ । संक्रमितले प्रशस्त झोल पदार्थ खानाले फाइदा हुन्छ । पानीपट्टी लगाएर ज्वरो घटाउनुपर्छ, र आराम गर्नुपर्छ । भाइरल संक्रमणबाट बच्न स्वस्थकर भोजनसँगै संक्रमित व्यक्तिको सम्पर्कबाट टाढै रहनुपर्छ । रोगी निको नभएसम्म कार्यालय वा स्कुल जानुहुन्न । आराम हुन पाँचदेखि सात दिन लाग्ने गरेको छ । जटिलता देखिए तुरुन्त स्वास्थ्य निकायमा सम्पर्क गर्नुपर्छ ।

स्रोतः कान्तिपुर दैनिक, भदौ 27, 2069

Monday, August 13, 2012


Bajura villagers in grip of diarrhoea


BAJURA, AUG 13 -
Many people have taken ill due to diarrhoea that spread in Badhu VDC in the district for the past week.
Gamba Bahadur Sunar, a retired policeman, said many villagers have taken ill, some seriously, due to the disease at Wards No 2, 3, 4 and 5. He said that Chinkala Rokaya, Krishna Datta Pandey and Shanti BK, who were suffering from the disease, were taken to Ratapani Health Post in the neighbouring Mugu district.
The District Public Health Office (DPHO) said it has not received any formal information about the disease yet. Officiating DPHO Chief Dr Hridaya Bibhu Ghimire said his office would do the needful after receiving information about the epidemic.
Meanwhile, the DPHO in Doti claimed that diarrhoea is under control in the district. Mahendradhoj Adhikari, an official at the DPHO, said though many people died of diarrhoea in the past, the number of deaths caused by the disease was on the decline lately. Tek Bahadur Ojha, inspection officer at the local branch of Epidemiology and Diseases Control Division (EDCD), said the number of diarrhoea patients visiting health centres had decreased lately. Many organisations such as Nepal Police, Nepal Army and Nepal Red Cross Society have launched a campaign against the disease in the district.
Posted on: 2012-08-13 
Source: Kantipur Daily