google search

Monday, June 17, 2013

पाँच डेरीका दूध उपभोगमा रोक

पाँच डेरीका दूध उपभोगमा रोक
भक्तपुर, असार ३ -
दिशामा पाइने जीवाणु 'कोलिर्फम' भेटिएको भन्दै खाद्य तथा गुण नियन्त्रण विभागले उपत्यकाका पाँचवटा डेरी उद्योगका दूध उपभोगमा रोक लगाएको छ । तीमध्ये चारवटा भक्तपुरका र एक काठमाडौंका डेरी उद्योग रहेका छन् । विभागले उपत्यकाको तीनवटै जिल्लाका १४ डेरीबाट नमुना संकलन गरी परीक्षण गर्दा दूधमा अत्यधिक कोलिर्फम पाइएका पाँच उद्योगका दूध उपभोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार खान अयोग्य हुने गरी कोलिर्फम भेटिएकामा भक्तपुरको खरिपाटी डेरीबाट उत्पादित गायत्री ब्रान्ड, कमलविनायकको सैंजू डेरीको अमृत र कान्तिपुर ब्रान्ड, भक्तपुर डेरीको बीडीपीएल, सूर्य विनायकको सञ्जीवनी डेरीको सञ्जीवी ब्रान्ड छन् भने काठमाडौं बालाजुको आधुनिक डेरीको एडीपी ब्रान्ड रहेको छ । 'परीक्षणको क्रममा दूधमा कोलिर्फमको मात्रा शून्य हुनुपर्नेमा ती ब्रान्डका दूधमा २ हजार ४ सयभन्दा बढीसम्म देखियो,' उनले भने । विभागका महानिर्देशक जीवनप्रभा लामाका अनुसार गत साता १४ उद्योगबाट १७ नमुना संकलन गरी परीक्षण गर्दा १६ मा कोलिर्फम पाइएको हो । सञ्जीवनी, कालिका, भक्तपुर, सैंजू, खरिपाटी, नवप्रभात, राजधानी, आईडिया प्लस, नेपाल, आधुनिक, जगदम्बा, डीडीसी, हिमालय, सीताराम डेरीको दूध नमुना संकलन गरी परीक्षण गरिएको हो । मानव स्वास्थ्यका लागि हानिकारक तत्त्व फेला परेका डेरीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको पनि विभागले जनाएको छ । अभियोग प्रमाणित भए जेल वा १० हजार वा दुवै दण्ड तिर्नुपर्ने हुन्छ । काठमाडौं उपत्यकाको तीनै जिल्लाको दूध डेरीमा दिसामा पाइने कोलिर्फम नामक जीवाणु फेला परेपछि डेरीहरूको उत्पादनको नमुना परीक्षणलाई तीव्र पारिएको छ । 'कोलिर्फम मानव स्वास्थ्यमा गम्भीर असर गर्ने दिसामा पाइने जीवाणु हो,' लामाले भनिन्, 'यसले झाडापखाला, आऊँ, हैजा, टाइफाइड, हेपाटाइटिस ए, जन्डिसजस्ता रोग लाग्नुका साथै पेटमा अनेक समस्या उत्पन्न गराउन सक्छ ।' पहिलो चरणमा अत्यधिक कोलिर्फम भेटिएका पाँच उद्योगलाई कारबाहीको दायरामा ल्याइएको छ भने अन्य उद्योगलाई पनि समट्दै जाने र गुणस्तरहीन पाइएमा कारबाही गर्नुका साथै सर्वसाधारणलाई जानकारी गराउने विभागले जनाएको छ । सरसफाइमा ध्यान नपुर्‍याएको र प्रशोधनमै कमजोरी पाइएकाले अर्को सूचना नभएसम्म उपभोग नगर्न विभागले अनुरोध गरेको छ । अत्यधिक कोलिर्फम पाइएका डेरी उद्योगमा कारबाहीका क्रममा विभागले सिलबन्दी सुरु गरेको छ । बालाजुको आधुनिक डेरी, भक्तपुर सूर्यविनायकको सञ्जीवी डेरी र ललितपुर चापागाउँको आइडिया प्लस डेरीमा सिलबन्दी गरेको छ । आइडिया प्लस डेरीले विभागबाट खाद्य अनुज्ञापत्र नलिई अवैध रूपमा सञ्चालन गर्नुका साथै दूधमा कोलिर्फमको मात्रा पनि भेटिएको थियो

स्रोत : कान्तिपुर  दैनिक

ओखरपौवावासी झाडापखला र ज्वरोले थलिए


Wednesday, June 12, 2013

प्रदूषित पानीले झाडापखाला

 नेपालगन्ज, जेष्ठ २९ -
चिकित्सकले प्रदूषित पानीका कारण नेपालगन्ज नगर क्षेत्रमा झाडापखाला फैलिएको बताएका छन् । उपचारार्थ अस्पताल पुगेका बिरामीको परीक्षणपछि चिकित्सक उक्त निष्कर्षमा पुगेका हुन् ।

झाडापखालाका बिरामीको यहाँस्थित भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा भीड लागेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीको चापले अन्य औषधि उपचार कार्यमा बाधा पर्ने भएकाले झाडापखालाका बिरामीलाई छुट्टै उपचारको व्यवस्था गर्ने जनाएको छ । उक्त कार्यका लागि कार्यालयबाट थप जनशक्ति परिचालन गर्ने निर्णय गरिएको जनस्वास्थ्य प्रमुख जीवन मल्लले बताए ।

 बिरामीहरूलाई निःशुल्क औषधि उपचारका लागि भेरी र नेपालगन्ज मेडिकल कलेजमा औषधि प्ाठाइएको समेत उनले बताए । ११ दिन अघिबाट फाटफुट रूपमा फैलिएको झाडापखाला पाँच दिनयता बढेको छ । हैजाको आशंका गरी केही बिरामीको दिसाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाए पनि नतिजा नेगेटिभ आएकाले हैजा भन्न नमिल्ने जनस्वास्थ्यका महामारी रोग नियन्त्रण शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

 त्यस्तै शंकास्पद बिरामीको दिसाको ३ वटा नमुनाहरू थ्ाप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको छ । स्वास्थ्य तथा पोषण समूहको बैठकले रोकथाम उपचार तथा नियन्त्रण र व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ ।

दूषित खाना र पानीको कारणले झाडापखालाको प्रकोप फैलिएको हुनाले पानी शुद्धीकरण गर्न र उपचारका लागि युनिसेफबाट एक्वागार्ड ट्याब्लेट, जीवनजल र सूचना प्रवाहका लागि आवश्यक सामग्रीहरू म्ााग गरिएको जनस्वास्थ्य कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाभित्र जनचेतना अभिवृद्धि गर्न पानी शुद्धीकरणका लागि एक्वा ट्याब वितरण गर्न, बिरामी भएमा उनलाई उपचार गर्न जीवनजल वितरण र स्वास्थ्य तथा सरसफाइबारे जानकारी गराउन नगरपालिकामा कार्यरत ८५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रभावित १७ वटै वडामा परिचालन गरिएको छ ।

अधिकांश बिरामी नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल र मेडिकल कलेजमा भर्ना गरिएका छन् । बिरामीमा भित्री ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने र पखाला लाग्नेजस्ता लक्षण देखिएका छन् । बिरामीमा देखिएको झाडापखाला औषधि सेवन गरे पनि केही निको भएजस्तो भए पनि पुनः दोहोरिने गरेको छ ।

०६८ सालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पानीका नमुना परीक्षणपछि यहाँका केही ठाउँको पानी खान योग्य नरहेको जनाएको थियो । २० वटा नमुनामध्ये १२ मा १० भन्दा माथि कोलिफम जीवाणुको मात्रा भेटिएको रिपोर्ट सार्वजनिक भएको थियो ।

०६७ साउन १२ गतेबाट नेपालगन्जमा फैलिएको झाडापखाला र हैजाको प्रकोपले ८ जनाको ज्यान गएको थियो । १ हजार ५ सय ३४ जना बिरामी परेका थिए । हैजा खानेपानी दूषित भएकै कारण फैलिएको प्रारम्भिक तथ्य फेला परेपछि राष्ट्रिय प्रयोगशालाले नमुना संकलन गरेको थियो ।    
स्रोत : कान्तिपुर
प्रकाशित मिति: २०७० जेष्ठ ३० ०९:२२

Tuesday, June 11, 2013

ज्वरो र पखालाका बिरामी बढे

ज्वरो र पखालाका बिरामी बढे

मन्थली, जेष्ठ २८ - 
केही दिनदेखि देखिएको ज्वरो र झाडापखालाको संक्रमणले बिरामी परेका मन्थली र आसपास क्षेत्रका बासिन्दा उपचारका लागि अस्पतालमा खचाखच भएका छन् । 

अस्पतालमा आउने सयौं बिरामीमध्ये ६० प्रतिशत ज्वरोका मात्र रहेको पाइएको छ । तामाकोसी सहकारी अस्पताल मन्थलीका निर्देशक डा. सुमन कर्माचार्यका अनुसार ज्वरोको समस्या लिएर अस्पताल आउने बिरामीको संख्या दुई दिनयता अत्यधिक छ । अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढेपछि राखेर उपचार गर्ने स्थानसमेत अभाव हुन थालेको अस्पतालले जनाएको छ । १५ शय्याको उक्त अस्पतालमा हाल ज्वरोका मात्र ३० भन्दा बढी बिरामी भर्ना गरिएको छ । बिरामीको चाप बढेपछि स्वास्थ्यकर्मी सुत्नेदेखि पाले कोठामा समेत बिरामी राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । 'हामी अब कता राखेर उपचार गर्ने भन्ने अन्योलमा छौं', कर्माचार्यले भने, 'बिरामी आउने क्रम बढेको बढ्यै छ ।' 

यस्तो समस्या लिएर मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र, रामेछाप सामुदायिक अस्पताल र मन्थली पोलीक्लिनिकमा समेत बिरामी पुगेका छन् । 'आएका सबै बिरामी ज्वरोका छन्', मन्थल्ाी पोलिक्लिनिकका सञ्चालक मोहन श्रेष्ठले भने । तामाकोसी सहकारी अस्पतालका निर्देशक डा. कर्माचार्यले दूषित पानीका कारण उक्त समस्या देखापरेको हुन सक्ने बताएका छन् । 'कल्चरको प्रतिवेदन आइसकेको छैन', कर्माचार्यले भने, 'हालसम्म हामीले पानीकै कारण रोग फैलिएको निचोड निकालेका छौं ।' 

मन्थलीका दुई निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकामा ज्वरो, पेट दुख्ने र वाकवाकी लाग्ने समस्या छ । लिटिलस्टार र तामाकोसी इङलस स्कुलमा अध्ययन गर्ने १ सयभन्दा बढी बालबालिका बिरामी परेका छन् । 'ज्वरो आउने, टाउको दुख्ने, काम्ने, वाकवाकी लाग्ने र झाडा लाग्ने समस्या देखिएपछि हामीले आज मात्र ७० भन्दा बढी बालबालिकालाई अभिभावक बोलाएर घर पठाएका छौं', लिटिलस्टार स्कुलका पि्रन्सिपल धनलाल योञ्जनले भने । उनले अन्य विद्यार्थीलाई संक्रमण हुनबाट जोगाउनका लागि दुवै विद्यालय शुक्रबारसम्मका लागि बन्द गर्ने निर्णय भएको समेत जानकारी दिए । 
श्रोत : कान्तिपुर 
प्रकाशित मिति: २०७० जेष्ठ २९ ०९:५४

Thursday, June 6, 2013

खानेपानी सुविधाविहीन म्याग्दीका विद्यालयहरु

बाबियाचौर (म्याग्दी), जेठ २३ गते । म्याग्दी जिल्लाका २६ वटा विद्यालय खानेपानी सुविधाविहीन रहेको पाइएको छ ।
    जिल्ला विकास समितिले हालै गरेको स्थलगत अध्ययनका क्रममा १० प्रतिशत विद्यालय खानेपानी सुविधाविहीन रहेको पाइएको हो । जिल्लामा २४२ सामुदायिक र २८ निजी गरी २७० विद्यालय रहेका छन् । 
    सबै विद्यालयको स्थलगत अनुगमनका क्रममा २६ वटा विद्यालयमा खानेपानीको सुविधा नै नभएको पाइएको जिविसअन्तर्गत पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका सल्लाहकार चन्द्रभक्त विष्टले जानकारी दिनुभयो । 
    खानेपानी सुविधा नहुनेमा सामुदायिकका साथै केही निजी विद्यालय पनि रहेका छन् । विद्यार्थीले विद्यालयमा खानेपानीको सुविधा नहुँदा घरबाटै खानेपानी बोकेर लैजानुपर्ने अथवा खानेपानीका लागि विद्यालय परिसरभन्दा बाहिर पुग्नुपर्ने समस्या रहेको छ । खानेपानीको सुविधा अभावले विद्यार्थीको पठनपाठन र सरसफाइमा असर परेको अध्ययनले जनाएको छ । 
    दुईसय ४४ वटा विद्यालयमा मात्र खानेपानीको सुविधा रहेकामा ११५ वटा विद्यालयको खानेपानी योजनाको मात्र सञ्चालन अवस्था राम्रो रहेको सल्लाहकार विष्टले बताउनुभयो । जिविसले ९२ विद्यालयका खानेपानी योजनाको मर्मत सम्भार, ११ योजनाको मर्मत र २२ विद्यालयका खानेपानी योजनाको पुनःनिर्माण गर्नुपर्ने देखिएको जनाएको छ । 
    मर्मत, पुनःनिर्माण र २६ वटा विद्यालयमा नयाँ खानेपानी योजना निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न पहल गरिरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 
    यसैगरी अझै चारवटा विद्यालयमा चर्पी नभएको पाइएको जिविसको अध्ययन प्रतिवेदनमा उल्लेख छ
स्रोत : रासस

Tuesday, June 4, 2013

World Envt Day being marked with cleaning programmes

World Envt Day being marked with cleaning programmes

...cleaning program has been held with the objective of raising public awareness on the importance of keeping the environment clean and healthy....
KATHMANDU, 5th June
 The Pragatisheel Dhara Sudhar Samiti, a community based organization, held a cleaning programme around the Maharajgunj area this morning on the occasion of the World Environment Day.
As part of the cleaning programme, volunteers, with the help of locals, police personnel and hospital staff, collected trash from the Teaching Hospital, the Kanti Children's Hospital and Maharajgunj area and cleaned the localities, it is stated.

Initiating the cleaning up programme, Chief Secretary Lilamani Poudyal said sustainable environment management would be possible only through the concerted efforts of all sectors of society.
Dr. Bhagawan Koirala of the TU Teaching Hospital stressed the need of proper management of hospital waste for keeping the environment clean.

President of the Samiti, Krishna Prasad Poudel said the cleaning program has been held with the objective of raising public awareness on the importance of keeping the environment clean and healthy.
Source: Then Himalayan Times

Monday, June 3, 2013

Treat water properly before consuming: KUKL

Treat water properly before consuming: KUKL

KATHMANDU, June 3

Kathmandu Upatyaka Khanepani Limited (KUKL) has urged its clients to treat drinking water properly before consumption, as the water the office supplies gets contaminated in the monsoon season. 
Though the office distributes water to household taps after proper treatment, it gets contaminated at local levels, the office, which is responsible for distributing drinking, said. “In the monsoon season we take additional measures but water gets contaminated after it enters in local channel,” said Milan Shakya, spokesperson of KUKL. 


He said that the office analyzes water samples collected from treatment plants, distribution channels and from household taps. The office also increases chlorine and other chemicals in the monsoon to ensure that water is safe. The KUKL claimed that water in the treatment plants and its nearby areas are ok but those in the core city areas are problematic. Due to decaying pipeline, laid during the reign of Ranas, water gets contaminated. 


“So we request all to filter or boil the water properly before consuming,” said Shakya. Last year, cholera had been detected in the diarrheal patients from Dallu, Syambhu, Kalimati, Teku, Kuleshwor and some other areas. Doctors suspected it was caused by the problems in the KUKL supplied water. 
Shakya said the problems ended after the KUKL repaired the broken and decaying pipe of those areas.
The office said that pre-monsoon rain has increased the overall water production and it has been preparing to change the existing water distribution schedule. 


The office supplies water once a week and one in every 10 days in some areas during dry season. But in monsoon, it distributes twice a week in some areas and once in some parts. 
Shakya also informed that the office has also started the distribution of new taps. In dry season, the office stops providing new taps. Each year office distributes over 3,000 new taps.


The office recently has installed additional six new deep tube wells, which produce over 50 million liters of water. The office said that the new deep tube wells installed at at Mahankalchaur, Dobhan, Sanglekhola, Manamaiju, Bode, Gongabu have started production.
The KUKL said that demand for water in capital stands at over 350 million liters per day, but in dry season production slides to 80 million liters.

Source: Republica