google search

Wednesday, November 30, 2011

Bird flu outbreak


Bird flu outbreak


KATHMANDU, NOV 30 - 

A day after officials confirmed bird flu in Bhaktapur and quarantined the area, many locals in and around Madhyapur Thimi Municipality on Wednesday complained of symptoms similar to that of bird flu. 


Sita Rai, a resident near the site of the outbreak, said she has sore throat, fever, cough and muscle ache. However, two health officials at the site, who stayed for less than 20 minutes in the area, said she is fine and that there is nothing to worry about. The officials, however, did not give much chance to Rai to explain her symptoms, this reporter witnessed. They checked her blood pressure and gave her a medicine for headache.


Government officials have claimed that humans have not been infected with the H5N1 virus. Janak Kumari Tamang also said she is having breathing problems since the past few days. Director of the National Public Health Laboratory Dr Geeta Shakya said a careful surveillance is needed when it comes to human beings as the bird flu mortality rate among them is very high. “The veterinary confirmed that the virus is the H5N1 strain,” Shakya said. Despite claims from officials of the Rapid Response Team (RRT), deployed in the outbreak area on Tuesday that they have instructed the locals on how to adopt precautionary measures, the residents there vented their ire, saying that the government officials did not spare time to explain the action they took on Tuesday. “The officials, with all the safety gear and masks, just came in and started slaughtering fowls,” one Deepak Ghising said. “We were not told about precautionary measures we should take.” Over 300 chickens and ducks were slaughtered on the banks of the Manohara river on Tuesday following the outbreak at a small-scale poultry farm. However, claims that all fowls at the outbreak site were slaughtered were not substantiated. There were still many ducks in the pond, abutting around 42 shanties. Dr. Ram Parichan Shah of the Bhaktapur veterinary office, who visited the site on Wednesday, said the ducks belong to other nearby areas and are probably not infected. However, local residents said that the pond is the only place where ducks from the entire area come to swim. Near the site of the outbreak, there were other concerns too. The area has big pig farms. “We have 42 houses and each house has over 20 pigs,” Chandra Bahadur Tamang, a local, said. The 2009 flu outbreak (H1N1, also known as swine flu) was caused by the triple reassortment of the bird, swine and human flu viruses, further aggravated by the Eurasian pig flu virus, according to the World Health Organization.


“The 2009 flu has become a seasonal flu and we need not worry about it right now,” said Dr Narayan Prasad Ghimire, the coordinator of the experts’ team and a senior veterinary doctor. “Given the situation at the (outbreak) site we cannot rule out a pandemic in Nepal.” But Ghimire also sought to allay fears and said that nothing further has been confirmed so far. “We are keeping the pigs under continuous surveillance, while tests have not confirmed anything yet. Until and unless we confirm the facts, people need not panic.”


Source: The Kathmandu post, Dec. 1, 2011



बर्डफ्लु प्रभावित क्षेत्रमा 'बिरामी'


भक्तपुर, मंसिर १४ - 

बर्डफ्लु प्रभावित मनोहरा बस्तीका सर्वसाधारणको स्वास्थ्य परीक्षणमा सरकारले चासो नदिएको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । बस्तीका ४ जनामा ज्वरो, रुघाखोकी, सास फेर्न गाह्रो, छाती र टाउको दुख्ने जस्ता लक्षण देखिए पनि बुधबार सरकारी निकायबाट खासै चासो दिइएन । सीता राई, शैलेन्द्र राई, रामहर्क राई र जनकुमारी थापालाई तीन दिनदेखि यस्ता लक्षण देखिएको हो । जनकुमारीले बुधबार स्वास्थ्य परीक्षण गरेर औषधि ल्याए पनि अन्यले जँचाएका समेत छैनन् । 


बुधबार पशु सेवा कार्यालय भक्तपुरका सर्भेलेन्स टोली संक्रमित क्षेत्र पुगेको थियो । टोलीले बस्तीका केही व्यक्तिलाई भेटेर फर्केको थियो । 'सरकारले काम गरेको देखाउन मात्र कर्मचारी आएका थिए,' स्थानीयवासी दीपक घिसिङले भने, 'संक्रमित क्षेत्रका जनताको स्वास्थ्य परीक्षणमा कसैले चासो देखाएको छैन ।'


मंगलबार कुखुरा र हाँस नष्ट गर्न गएको र्‍यापिड रेस्पोन्स टोलीले विशेष प्रकारको कपडा लगाए पनि सर्वसाधरणको स्वास्थ्यप्रति भने चासो नदेखाएको स्थानीय चन्द्रबहादुर तामाङले बताए । 'उनीहरूलाई रोग लाग्ने डरले औषधि खाएर विशेष कपडा लगाउने, हाम्रो सुरक्षाका लागि किन चासै नदिने ?' उनले आक्रोश व्यक्त गरे, 'उनीहरू मात्रै मान्छे ?'  बस्तीका बासिन्दालाई माक्स लगाउनुपर्छ भन्ने जानकारी समेत नगराएको उनले बताए । 'मेरो कुखुराको खोरमा आउने पशु र स्वास्थ्य विभागका कर्मचारीले माक्स लगाएर विशेष कपडा लगाउनुपर्ने, त्यही ठाउँमा पुग्दा मलाई भने माक्स लगाउनुपर्छ समेत भनेनन् ।'


बस्तीकै राधिका खड्कालाई भने बर्डफ्लु सर्नेभन्दा पनि एकैपल्ट धेरै कुखुरा र हाँस नष्ट गरिदिएकामा चिन्ता छ । साहूको ऋण तिर्न समस्या भएको उनले बताइन् । '३६ प्रतिशत ब्याजमा ऋण गरेर हाँस पालेकी थिएँ, सबै मारिदिएँ, डेढ लाख रुपैयाँ घाटा पर्‍यो,' उनले भनिन् । संक्रमित चन्द्रबहादुरको र्फमसँगै जोडिएको उनको बंगुर र्फममा उनी बुधबार खाली खुट्टा सफा गर्दैर् थिइन् । बस्तीका अधिकांशलाई बर्डफ्लुबारे जानकारी नै छैन । 'जस्तोसुकै रोग होस्, हामीलाई केही भएको छैन,' राधिकाले भनिन् ।



नियन्त्रणमा लापरबाही


अतुल मिश्र 

काठमाडौं- स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.यशोवर्धन प्रधान बर्डफ्लु प्रभावित क्षेत्रको निगरानीको जिम्मा आफूमै राखेर बुधबार एक साताका लागि विदेश गएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उक्त कामको जिम्मा इपिडिमियोलजी महाशाखालाई हुनुपर्नेमा महानिर्देशकले अख्तियारी आफंै लिएर कोरिया गएपछि रोग प्रभावित क्षेत्रमा कुनै निगरानी हुन सकेको छैन । 


'बर्डफ्लुबारे मलाई कुनै अख्तियारी दिइएको छैन,' इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.जीडी ठाकुरले भने, 'महानिर्देशकज्यूले स्वयं सबै क्रियाकलाप सञ्चालन गर्नुहुन्छ ।' मन्त्रालयका एक विशेषज्ञका अनुसार संक्रमण देखिएको ठाउँमा न्यूनतम दुई सातासम्म मानव स्वास्थ्यमा असर परे/नपरेकोबारे निगरानी गर्न आवश्यक छ । त्यसका निम्ति इपिडिमियोलजिस्ट, चिकित्सक तथा सूक्ष्म जीवविज्ञानीको संयुक्त टोली बनाएर दिनहुँ रोग प्रभावित क्षेत्रमा निगरानी राखिनुपर्नेमा त्यस्तो गरिएको छैन । 


संक्रमित क्षेत्रका बासिन्दामा खोकी, अचानक उच्च ज्वरो आए, घाँटी दुखे वा सास फेर्न अप्ठयारो भए तुरुन्त परीक्षण र उपचारका लागि सुविधायुक्त अस्पताल पठाउनुपर्ने विशेषज्ञले बताए ।  यसबाहेक कुखुरा मार्न खटिएका व्यक्तिको समेत निगरानी राख्नुपर्नेमा त्यो पनि गरिएको छैन । स्रोतका अनुसार बर्डफ्लुको मानव स्वास्थ्यसँग सम्बद्ध पक्षहरू हेर्न एक जना हेल्थ असिस्टेन्टलाई मात्र जिम्मा लगाइएको छ ।


पन्छीमुक्त क्षेत्रमा हाँसहरू, नजिकै ५ परेवा मरे


४२ छाप्रा रहेको बस्तीलाई पन्छी मुक्तक्षेत्र घोषणा गरिए पनि बुधबार नजिकैको पोखरीमा ७ हाँस थिए । बर्डफ्लु रहेको क्षेत्रमा बंगुर पनि पालिएको छ । संक्रमित क्षेत्रमा पन्छी नपठाउन भनिए पनि नजिकैको सुकुम्बासी टोलबाट पोखरीमा हाँस आएको हुन सक्ने पशु कार्यालयले जनाएको छ । 


बर्डफ्लु प्रभावित क्षेत्रको दुई किलोमिटर आसपासमा बुधबार ५ वटा परेवा मरेको अवस्थामा भेटिए । एकै ठाउँमा पाँचवटा परेवा मरेको भेटिएपछि नमुना परीक्षणका लागि त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशाला पठाइएको स्रोतले जनाएको छ । 'परीक्षण सुरु भइसक्यो, कीटाणु देखा पर्‍यो भने पुष्टि गर्न बेलायतस्थित भेटेनरी ल्याब्रोटोरी एजेन्सी वेभ बि्रजमा पठाउँछौं,' प्रयोगशालाका एक प्राविधिकले भने । परेवा बर्डफ्लुकै कारण मरेको हो/होइन पुष्टि हुन बाँकी छ ।


स्रोत: कान्तिपुर दैनिक, मन्सिर १५, २०६८ 



संपादकीय: उच्च सतर्कता आवश्यक


मंसिर १४ -

उपत्यकामै कुखुरामा लाग्ने प्राणघातक रोग बर्ड फ्लु -एभियन इन्फ्लुएन्जा) को कीटाणु भेटिएपछि कुखुरापालन व्यवसायीमा व्यवसाय घट्न सक्ने चिन्ता र राजधानीका मासु उपभोक्तामा त्रास सिर्जना गरेको छ । नेपाल-भारत सीमा क्ष्ाेत्र र राजधानीबाहिरका पोल्ट्री र्फम हाउसमा यसअघि पनि बर्ड फ्लुका कीटाणु भेटिए पनि उपत्यकामै अहिलेसम्म यस्तो जीवाणु भेटिएको थिएन । भक्तपुर लोकन्थली, मनोहरा पुल नजिकको एक पोल्ट्री र्फममा झन्डै तीन साताअघि भटाभट कुखुरा मर्न थालेपछि त्यसको कारण पत्ता लगाउन त्रिपुरेश्वरस्थित पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण भएको थियो । परीक्षणमा बर्ड फ्लुका जीवाणु भेटिए पनि शंका निवारण गर्न त्यसको पुनः परीक्षण बेलायतको भेटेन ल्याबमा गरिएको थियो । दोस्रो परीक्षणमा पनि बर्ड फ्लुका जीवाणु भेटिएपछि पशु स्वास्थ्य निर्देशनालयले त्यसको पुष्टि गर्दै उक्त र्फमका कुखुराहरू नष्ट गरेको छ । पशु स्वास्थ्य निर्देशनालयले घातक सरुवा रोगका जीवाणु भेटिएपछि जुन सतर्कता देखाएको छ, त्यो सराहनीय छ । अब उसले यस क्षेत्रमा उच्च निगरानी राख्दै अरू पशुपन्छीमा जीवाणु सर्न नदिन थप सतर्कता अपनाउनुपर्छ ।


सन् २००३ देखि विश्वका कतिपय ठाउँमा देखिएको बड् फ्लुका जीवाणु कम्तीमा दुई वर्षअघि नेपाल-भारतको पूर्वी सीमा क्षेत्रमा पनि देखिएको थियो । विश्वका धेरै मुलुकहरू यस प्राणघातक सरुवा रोगबाट प्रभावित पनि भए । त्यो समय ६५ देशमा फैलिएको भनिएको बर्ड फ्लुका कारण कम्ती साढे दुई सयभन्दा बढी मानिस मारिए पनि । नेपालमा पनि राजधानीबाहिरका जिल्लामा पटकपटक बर्ड फ्लुका जीवाणु देखिए पनि उपत्यकामै भेटिएको यो पहिलोपटक हो । यद्यपि यसले उपत्यकाका जिल्ला पनि बर्ड फ्लुको जोखिममा रहेको प्रस्ट देखिएको छ । त्यसकारण सरकार मातहतका सम्बद्ध निकायहरूले यसको जोखिम न्यून गर्दै नियन्त्रण गनर्ेे कुरालाई आफ्नो मुख्य प्राथमिकतामा राख्नुपर्छ ।


बर्ड फ्लु नियन्त्रणका लागि सरकारले दुई कुरा गर्न सक्छ । एक, संक्रमित क्ष्ाेत्रलाई उच्च निगरानीमा राख्दै पन्छीजन्य र्फमको नियमित अनुगमन गर्ने । दुई, बर्ड फ्लुबारे जनताको भ्रम निवारण गर्ने र उचित जानकारी दिने । सरकारले जीवाणु देखिएपछि लोकन्थली क्षेत्रलाई उच्च निगरानीमा राखेको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले त्यस क्षेत्रबाट उत्पादित पन्छीजन्य खाद्य पदार्थ उपयोग नगर्न आग्रह गर्दै विशेष सावधानी अपनाउन भनेको छ । पन्छीमा देखिएको यो रोग मानिसमा पनि सजिलै संक्रमित हुने भएकाले सबैले सचेत हुनु आवश्यक छ । खासमा जीवाणु पाइएको ठाउँदेखि कम्तीमा तीन किमि वरपरको क्षेत्र उच्च जोखिममा रहने भएकाले त्यस क्षेत्रका जनता विशेष सावधान हुनुपर्छ ।


बर्ड फ्लुको जोखिम न्यून गर्न अनुगमन सँगसँगै जनचेतना पनि जगाउनुपर्छ । अहिले मासु उपभोक्ता यसको उपभोग गर्ने कुरामा सम्भवत सबैभन्दा बढी द्विविधमा छन् । र, व्यवसायीहरू व्यवसाय चौपट भएकामा खिन्न होलान् । सही जानकारी दिँदै उपभोक्तालाई सचेत बनाउने र व्यवसायीको संरक्षण गर्ने दायित्व सरकारको हुनुपर्छ । विज्ञहरूले कुखुराको मासु, अन्डा प्रेसरकुकरमा राम्रोसँग पकाएर खाएमा नसर्ने बताएका छन् । पन्छीहरूको सम्पर्कबाट टाढै रहने, काँचो अन्डा र कुखुराजन्य पदार्थ छोएको २० मिनेटमा साबुनपानीले हात धुने, पन्छीजन्य उत्पादनको सम्पर्कमा आएका भाँडाकुँडा, चक्कुलगायत सामग्री पनि तातोपानी र साबुनले सफा गर्नेलगायतका जोखिमबाट बच्ने उपाय विज्ञहरूले सुझाएका छन् । यसतर्फ सम्पूर्ण उपभोक्ता सचेत हुनुपर्छ । जति सरकारले यसको निगरानीमा लाग्नुपर्छ, त्यतिकै जनताले पनि पन्छीहरूको अस्वाभाविक मृत्यु भएको थाहा पाएमा पशु विभागलाई खबर गरेर सहयोग पुर्‍याउनुपर्छ । त्यस्तै सरकारले पनि पन्छीजन्य व्यवसायमा संलग्नहरूको व्यवसाय प्रभावित हुन दिनु हँुदैन र आवश्यक संरक्षण गर्नुपर्छ । 


स्रोतः कान्तिपुर दैनिक, मङ्सिर १५, २०६८

No comments: