झाडापखाला र टाइफाइडका बिरामी बढे
अछाम, साउन १४ गते । जिल्ला अस्पताल अछाममा झाडापखाला र टाइफाइडका बिरामीको सङ्ख्या बढेको अस्पताल प्रशासनले जनाएको छ ।उपचारका लागि अस्पताल आउने दैनिक ८०÷९० जना बिरामीमध्ये ३० जनामा झाडापखाला र टाइफाइड देखिएको जिल्ला अस्पतालको बहिरङ्ग सेवाका तीर्थराज जोशीले बताउनुभयो ।
पछिल्लो समय फोहोर पानी र सरसफाइको कमीका कारण यस्ता बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लाका अन्य स्वास्थ्य चौकीमा पनि झाडापखाला र टाइफाइडका बिरामी बढी आउने गरेको बुझिएको छ । रासस
स्रोत : गोरखापत्र दैनिक
No comments:
Post a Comment