google search

Saturday, November 27, 2010

हाइकिङ फन

हाइकिङ फन


By: Pradeep Basyal
हाइकिङ शुरु नगर्दै उनीहरु घर फर्कन हतारिदै थिए । तर त्यो उनीहरुको हाइकिङप्रतिको वितृष्णा थिएन । भन्दैथिए, ‘कतिखेर घर पुगेर फेसबुकमा फोटोहरु राखौंला भन्ने भइसक्या छ ।’ उनीहरुको कुराकानी सुन्दा स्पष्टै बुझिन्थ्यो/
फुर्सद्को समयलाई रोचक बनाउन धेरै हाइकिङलाई रोज्ने गर्छन् । त्यो सुनेर आफ्नो क्यामेरामा अनावश्यक तस्विर खिचिरहेको म झनै झस्किन्थें– अहिले नचाहिने तस्विर धेरै खिच्दा पछि हुनसक्ने महत्वपूर्ण ‘सट’ चार्जकै अभावमा ‘मिस’ होला भनेर । यद्यपि हाइकिङ मेरा लागि नौलो भने थिएन । तर हाइकिङ सम्बन्धी विषयलाई ब्लगमा संगाल्ने क्रममा धेरै हाइकर्सहरुसग अन्तरक्रिया र छलफल गरिसकेपछि अन्ततः म पुनः एकपटक हाइकिङका लागि पुगेको थिए जसमा अनन्य मित्र गृष्मराज पाण्डेयले मलाई साथ दिँदैथिए । उनीसँग त्यस्ता रमाइला अनुभव गर्न पुग्नुको एउटा फाइदा के पनि हो भने उनी असाध्यै राम्रा तस्विरहरु पनि खिच्छन् । संयोगले त्यो पहिलेभन्दा ‘फरक रुट’ र अक्सर हुने भन्दा ‘बेग्लै खाले हाइकिङ’ हुनाले झनै रोचक बन्यो ।

चाबहिल,काठमाण्डुबाट झण्डै आधा घण्टाको बस यात्रामा साघु पुगेर त्यहाबाट झण्डै ४ घण्टामा नगरकोट पुग्नु थियो । तर योजनाभन्दा झण्डै २ घण्टा बढि समय खर्चनुमा त्यो हाइकिङको एउटा फरक उद्देश्य थियो । जम्मा भएका ४८ जना हाइकर्सहरु त्यस रुटमा पर्ने गाउमा विश्व हात धुने दिवसको सन्दर्भ पारेर सरसफाई सम्बन्धी जानकारी पनि दिइरहेका थिए । हाइकिङ रुटको बिचमा पर्ने हरेक गाउमा केहीबेर अडिदै हामी सरसफाई सम्बन्धि छलफल र जानकारी दिने काम पनि ग¥यौं । तन्नेरीहरुको बढिरहेको हाइकिङ क्रेजलाई सदुपयोग गर्दै युवा सस्था ‘पश्चिम पाईला’ले यस प्रकारको कार्यक्रम ल्याएको थियो । जस्तो आजकल धेरैले गर्न थालेका छन्– कोही हाइकिङलाई नै भूक्षय नियन्त्रण अभियानमा सदुपयोग गर्छन् त कोही वन्यजन्तु संरक्षणको क्षेत्रमा । वातावरण संरक्षणको सवालसग त यो जोडिने नै भयो । जे होस् जनचेतनाका कुरालाई एकैछिन बिर्सने नै हो भने पनि हाइकिङको आफ्नै खाले रमाइलो पक्ष छ । त्यसमा काठमाण्डु वरपरको क्षेत्र त्यसका लागि झनै उपयुक्त छ ।

म शुरुमा हाइकिङकै क्रममा राजधानी वरपरका केही भेग डुल्दा एउटा यतार्थबाट चकित भए“– बत्तिमुनीको अध्यारो भनेझैं काममाण्डुबाट केही घण्टाकै दूरीमा रहेर पनि मानिसहरु समयभन्दा धेरै पछाडि पनि छन् । उनीहरुमा आधुनिकीकरणले अझै छुन सकेको छैन । त्यो ग्रामिण जीवन अवलोकन गर्ने राम्रो अवसर पनि हो । दिन खुल्दा देखिने सुन्दर हिमालहरु र हुस्सुमा ढाकिने डाडाकाडाहरु यसका विशेष पक्ष हो । तर त्यसका लागि काठमाण्डुबाट लामो विदा लिएर निस्कनु वा धेरै खर्च जुटाइराख्नु पनि पर्दैन । आफूस“ग भएको समयकै अनुपातमा कस्तो रुटमा हाइकिङ जाने भन्नेमा धेरै विकल्पहरु छन् । एक दिनको फुर्सदमा भए फार्पिङ–चम्पादेवि, दक्षिणकाली, नेवारी गाउ“ वा चाङ्गुनारायण जान सकिन्छ,दुई वा तिन दिनको फुर्सद हु“दा त्यही अनुसारको नगरकोट, चिसापानी, नमःबौद्धजस्ता हाइकिङ रुटहरु छन् ।

हाइकिङ जादा फरक–फरक क्षेत्रका व्यक्तिहरु हुने हो भने झनै रमाइलो हुनेगर्छ । विचमा घट्ने घटनाहरुलाई हरेकले आफ्नै क्षेत्रस“ग जोडेर गफिने गर्छन् । मेडिकल क्षेत्रकोले ‘अस्पताल र स्वास्थ्यचौकी’सगै जे कुरालाई मात्र जोड्छन् भने इञ्जिनियरिङ्गतर्फको छ भने बाटोघाटोकै कुरा गर्छन्, त्यस्तै कृषितर्फको छ भने उसको कुरा कृषिकै हुन्छ, धेरैका गन्जागोल गफगाफ र कुराकानीले हाइकिङ रमाइलो हुन्छ । हि“ड्दाहि“ड्लै साथीहरुमा एक अर्कालाई जिल्याउन ‘¥याग हान्नु’, टिम बाडेर अन्दाक्षरी खेल्नुजस्ता कुराहरु हाइकिङस“ग जोड्न सकियो भने त्यो झनै रोचक हुन्छ ।

स्नातक तहमा ‘डेभलपमेन्ट स्टडिज’ पढ्ने सौनक भट्ट हाइकिङ बढि जाने तन्नेरीमध्येमा पर्छन् । उनको सुझाव छ, ‘हाइकिङ सक्दो नया“ बाटो छिचोल्दै गर्नुपर्छ ।’ बाटोमा केहीबेर हराइएन, हल्काफुल्का चोटपटक लागेन भने त ‘रियल हाइकिङ’ नै नहुने ठान्छन् उनी । यद्यपि हाइकिङलाई एडवेन्चर बनाउ“दा बनाउ“दा बनाउ“दै पनि दुर्घटनाबाट बच्न आफ्नैखाले पूर्वतयारी आवश्यक छ । हाइकिङ रुटको प्रकृति अनुसार भिरालो बाटोहरु भएमा सोहीअनुसारको जुत्ता, ह्याण्ड ग्लोब्स र हेल्मेट, चर्को घाम लाग्ने समय भए सनग्लास लगाउनु त पर्छ नै आफू जाने ठाउ“को म्यापलाई पहिले नै निकै केलाउनुपर्छ । हाइकिङ रुट प्रायः मानिसहरु हि“ड्ने बाटोभन्दा फरक रहने हु“दा त्यतातिर भोक लाग्दा खाने कुराहरु नपाउन सकिन्छ जसका लागि पहिल्यै झोलामा प्रशस्त ड्राई फुडहरु लानु पर्छ । तर सौनकजस्ता फरक अनुभवमा रुचि राख्ने तन्नेरीहरु यस्ता कुरामा त्यति महत्व दिंदैनन् । भन्छन्, ‘केही आधारभुत कुराहरु आफूस“ग छ भने बाटोमै पकाउ“दै खानु झनै राम्रो हो ।’ तर अहिले विश्वभरका हाइकिङ रुटहरुले भोगिरहेको एउटा चूनौति भनेको फोहोर व्यवस्थापनको हो जसले अन्ततः हाइकिङप्रति बढिरहेको क्रेजमा नै धक्का दिन सक्छ । मानिसहरु दिनहू भोग्ने कोलाहल र बजारीया जीवनबाट एकैछिनलाई भए पनि ‘रिर्फेस’ हुन त्यस्ता ठाउहरु जाने गर्छन् जहा पुनः तिनै फोहर,प्याक्ड खानेकुराहरु नै प्रयोगमा ल्याइने हो भने हाइकिङको विशेषता नै हट्न सक्छ । अर्कोतर्फ नेपाल पर्यटन बर्ष २०११ आउनै लागेको बेला नेपालको हाइकिङ क्षेत्रबारे पनि जानकारी दिइयो भने त्यो राष्ट्रको लागि झनै फलदायी हुन त सक्छ नै शुरुमा भनेझैं तन्नेरीका फेसबुक एल्बममा थप राम्रा फोटोहरु पनि भरिनेछन् ।

जाने होइन त हाइकिङ !

(स्रोत: THE PRADEEP POST)

No comments: