google search

Saturday, November 27, 2010

हाइकिङ फन

हाइकिङ फन


By: Pradeep Basyal
हाइकिङ शुरु नगर्दै उनीहरु घर फर्कन हतारिदै थिए । तर त्यो उनीहरुको हाइकिङप्रतिको वितृष्णा थिएन । भन्दैथिए, ‘कतिखेर घर पुगेर फेसबुकमा फोटोहरु राखौंला भन्ने भइसक्या छ ।’ उनीहरुको कुराकानी सुन्दा स्पष्टै बुझिन्थ्यो/
फुर्सद्को समयलाई रोचक बनाउन धेरै हाइकिङलाई रोज्ने गर्छन् । त्यो सुनेर आफ्नो क्यामेरामा अनावश्यक तस्विर खिचिरहेको म झनै झस्किन्थें– अहिले नचाहिने तस्विर धेरै खिच्दा पछि हुनसक्ने महत्वपूर्ण ‘सट’ चार्जकै अभावमा ‘मिस’ होला भनेर । यद्यपि हाइकिङ मेरा लागि नौलो भने थिएन । तर हाइकिङ सम्बन्धी विषयलाई ब्लगमा संगाल्ने क्रममा धेरै हाइकर्सहरुसग अन्तरक्रिया र छलफल गरिसकेपछि अन्ततः म पुनः एकपटक हाइकिङका लागि पुगेको थिए जसमा अनन्य मित्र गृष्मराज पाण्डेयले मलाई साथ दिँदैथिए । उनीसँग त्यस्ता रमाइला अनुभव गर्न पुग्नुको एउटा फाइदा के पनि हो भने उनी असाध्यै राम्रा तस्विरहरु पनि खिच्छन् । संयोगले त्यो पहिलेभन्दा ‘फरक रुट’ र अक्सर हुने भन्दा ‘बेग्लै खाले हाइकिङ’ हुनाले झनै रोचक बन्यो ।

चाबहिल,काठमाण्डुबाट झण्डै आधा घण्टाको बस यात्रामा साघु पुगेर त्यहाबाट झण्डै ४ घण्टामा नगरकोट पुग्नु थियो । तर योजनाभन्दा झण्डै २ घण्टा बढि समय खर्चनुमा त्यो हाइकिङको एउटा फरक उद्देश्य थियो । जम्मा भएका ४८ जना हाइकर्सहरु त्यस रुटमा पर्ने गाउमा विश्व हात धुने दिवसको सन्दर्भ पारेर सरसफाई सम्बन्धी जानकारी पनि दिइरहेका थिए । हाइकिङ रुटको बिचमा पर्ने हरेक गाउमा केहीबेर अडिदै हामी सरसफाई सम्बन्धि छलफल र जानकारी दिने काम पनि ग¥यौं । तन्नेरीहरुको बढिरहेको हाइकिङ क्रेजलाई सदुपयोग गर्दै युवा सस्था ‘पश्चिम पाईला’ले यस प्रकारको कार्यक्रम ल्याएको थियो । जस्तो आजकल धेरैले गर्न थालेका छन्– कोही हाइकिङलाई नै भूक्षय नियन्त्रण अभियानमा सदुपयोग गर्छन् त कोही वन्यजन्तु संरक्षणको क्षेत्रमा । वातावरण संरक्षणको सवालसग त यो जोडिने नै भयो । जे होस् जनचेतनाका कुरालाई एकैछिन बिर्सने नै हो भने पनि हाइकिङको आफ्नै खाले रमाइलो पक्ष छ । त्यसमा काठमाण्डु वरपरको क्षेत्र त्यसका लागि झनै उपयुक्त छ ।

म शुरुमा हाइकिङकै क्रममा राजधानी वरपरका केही भेग डुल्दा एउटा यतार्थबाट चकित भए“– बत्तिमुनीको अध्यारो भनेझैं काममाण्डुबाट केही घण्टाकै दूरीमा रहेर पनि मानिसहरु समयभन्दा धेरै पछाडि पनि छन् । उनीहरुमा आधुनिकीकरणले अझै छुन सकेको छैन । त्यो ग्रामिण जीवन अवलोकन गर्ने राम्रो अवसर पनि हो । दिन खुल्दा देखिने सुन्दर हिमालहरु र हुस्सुमा ढाकिने डाडाकाडाहरु यसका विशेष पक्ष हो । तर त्यसका लागि काठमाण्डुबाट लामो विदा लिएर निस्कनु वा धेरै खर्च जुटाइराख्नु पनि पर्दैन । आफूस“ग भएको समयकै अनुपातमा कस्तो रुटमा हाइकिङ जाने भन्नेमा धेरै विकल्पहरु छन् । एक दिनको फुर्सदमा भए फार्पिङ–चम्पादेवि, दक्षिणकाली, नेवारी गाउ“ वा चाङ्गुनारायण जान सकिन्छ,दुई वा तिन दिनको फुर्सद हु“दा त्यही अनुसारको नगरकोट, चिसापानी, नमःबौद्धजस्ता हाइकिङ रुटहरु छन् ।

हाइकिङ जादा फरक–फरक क्षेत्रका व्यक्तिहरु हुने हो भने झनै रमाइलो हुनेगर्छ । विचमा घट्ने घटनाहरुलाई हरेकले आफ्नै क्षेत्रस“ग जोडेर गफिने गर्छन् । मेडिकल क्षेत्रकोले ‘अस्पताल र स्वास्थ्यचौकी’सगै जे कुरालाई मात्र जोड्छन् भने इञ्जिनियरिङ्गतर्फको छ भने बाटोघाटोकै कुरा गर्छन्, त्यस्तै कृषितर्फको छ भने उसको कुरा कृषिकै हुन्छ, धेरैका गन्जागोल गफगाफ र कुराकानीले हाइकिङ रमाइलो हुन्छ । हि“ड्दाहि“ड्लै साथीहरुमा एक अर्कालाई जिल्याउन ‘¥याग हान्नु’, टिम बाडेर अन्दाक्षरी खेल्नुजस्ता कुराहरु हाइकिङस“ग जोड्न सकियो भने त्यो झनै रोचक हुन्छ ।

स्नातक तहमा ‘डेभलपमेन्ट स्टडिज’ पढ्ने सौनक भट्ट हाइकिङ बढि जाने तन्नेरीमध्येमा पर्छन् । उनको सुझाव छ, ‘हाइकिङ सक्दो नया“ बाटो छिचोल्दै गर्नुपर्छ ।’ बाटोमा केहीबेर हराइएन, हल्काफुल्का चोटपटक लागेन भने त ‘रियल हाइकिङ’ नै नहुने ठान्छन् उनी । यद्यपि हाइकिङलाई एडवेन्चर बनाउ“दा बनाउ“दा बनाउ“दै पनि दुर्घटनाबाट बच्न आफ्नैखाले पूर्वतयारी आवश्यक छ । हाइकिङ रुटको प्रकृति अनुसार भिरालो बाटोहरु भएमा सोहीअनुसारको जुत्ता, ह्याण्ड ग्लोब्स र हेल्मेट, चर्को घाम लाग्ने समय भए सनग्लास लगाउनु त पर्छ नै आफू जाने ठाउ“को म्यापलाई पहिले नै निकै केलाउनुपर्छ । हाइकिङ रुट प्रायः मानिसहरु हि“ड्ने बाटोभन्दा फरक रहने हु“दा त्यतातिर भोक लाग्दा खाने कुराहरु नपाउन सकिन्छ जसका लागि पहिल्यै झोलामा प्रशस्त ड्राई फुडहरु लानु पर्छ । तर सौनकजस्ता फरक अनुभवमा रुचि राख्ने तन्नेरीहरु यस्ता कुरामा त्यति महत्व दिंदैनन् । भन्छन्, ‘केही आधारभुत कुराहरु आफूस“ग छ भने बाटोमै पकाउ“दै खानु झनै राम्रो हो ।’ तर अहिले विश्वभरका हाइकिङ रुटहरुले भोगिरहेको एउटा चूनौति भनेको फोहोर व्यवस्थापनको हो जसले अन्ततः हाइकिङप्रति बढिरहेको क्रेजमा नै धक्का दिन सक्छ । मानिसहरु दिनहू भोग्ने कोलाहल र बजारीया जीवनबाट एकैछिनलाई भए पनि ‘रिर्फेस’ हुन त्यस्ता ठाउहरु जाने गर्छन् जहा पुनः तिनै फोहर,प्याक्ड खानेकुराहरु नै प्रयोगमा ल्याइने हो भने हाइकिङको विशेषता नै हट्न सक्छ । अर्कोतर्फ नेपाल पर्यटन बर्ष २०११ आउनै लागेको बेला नेपालको हाइकिङ क्षेत्रबारे पनि जानकारी दिइयो भने त्यो राष्ट्रको लागि झनै फलदायी हुन त सक्छ नै शुरुमा भनेझैं तन्नेरीका फेसबुक एल्बममा थप राम्रा फोटोहरु पनि भरिनेछन् ।

जाने होइन त हाइकिङ !

(स्रोत: THE PRADEEP POST)

Tuesday, November 16, 2010

लामखुट्टे नष्ट गर्न घरदैलो अभियान

लामखुट्टे नष्ट गर्न घरदैलो अभियान

कान्तिपुर संवाददाता
ब्ाुटवल, कार्तिक २९ -
डेंगु सार्ने लामखुट्टे र त्यसको वासस्थान नष्ट गर्न बुटवलमा घरदैलो अभियान थालिएको छ ।

तीन महिनादेखि फैलेको डेंगुले महामारी रूप लिएपछि स्वास्थ्य सेवा विभागबाट आएको विशेषज्ञसहितको टोलीले नियन्त्रणका लागि अभियान थालेको हो । डंेगु नियन्त्रणमा ल्याउन संक्रमित एडिस एजिप्टाइड नामक लामखुट्टे नियन्त्रणमा ल्याउनु बाहेक अन्य उपाय नभएकालेे प्रभावस्थलमै पुगेर लामखुट्टेको लार्भा खोजी लार्भा र वासस्थान नष्ट गरिन लागेको विशेषज्ञ टोली संयोजक प्रणयकुमार उपाध्यायले बताए ।

Source: Kantipur daily, 16th Nov.

Tuesday, November 2, 2010

Dengue Epidemic In Focus

डंगेको प्रकोप

-डा रवीन्द्र पाण्डेनेपालमा विगत तीन महिनादेखि देखा परेको डेंगेका कारण सात हजारभन्दा बढी व्यक्तिहरू संक्रमित भएको सञ्चारमाध्यमहरूले जनाइरहेका छन्। चितवन, नवलपरासी, रूपन्देही, बारा, पर्सा, रौतहट, कैलालीलगायत २४ जिल्लामा यसको संक्रमण फैलिएको पाइएको छ।

रोग नियन्त्रण शाखा टेकुका चिकित्सक डा यदुचन्द्र गौतमका अनुसार, नेपालका जम्मा आठ जिल्लामा मात्र डेंगेको संक्रमण पुष्टि भएको छ। उनका अनुसार हालसम्म चितवनमा ३ सय ९८, रूपन्देहीमा ९३ र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सात जना तथा सरुवा रोग अस्पताल टेकुमा २८ जना बिरामीमा डेंगेको संक्रमण प्रमाणित भएको छ। टेकु अस्पतालमा भर्ना भएका अधिकांशमा रक्तश्रापजन्य डेंगे ज्वरो भएको डा गौतमको भनाइ छ।

केही वर्षअघिसम्म भारतमा महामारीको रूप लिने गरेको डेंगे रोग अहिले नेपालका लागि पनि समस्या बनेको छ। के हो त यो रोग ? यसका लक्षण, असर र उपचार विधि के हुन् त ? डेंगे रोग भाइरसको समूहको कारणले हुन्छ। यो रोग लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो तीव्र संक्रमण हो, जसमा टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नीहरूमा धेरै दुख्ने, ग्रन्थिहरू सुन्निने र शरीरमा बिमिराहरू निस्कनेेजस्ता लक्षण देखिन्छन्। ज्वरो, बिमिरा र टाउको -साथै शरीर) दुख्ने यी तीन लक्षणलाई डेंगेको त्रिभुज मानिन्छ। यसबाहेक डेंगे ज्वरोमा गिजाबाट रगत आउने, आँखापछाडि असह्य पीडा हुने तथा हत्केला र पैताला राता हुन्छन्।

यो रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई सजिलै लाग्न सक्छ। यो चार प्रकारका भाइरसका प्रजातिमध्ये दुई वा सोभन्दा बढीको संक्रमणबाट लाग्छ। जसमध्ये कतिपय व्यक्तिलाई एकपटक डेंगे ज्वरो आएपछि शरीरमा प्रतिरोधी क्षमताको विकास भएर पुनः नदोहोरनि सक्छ। यो रोगमा मांसपेशी तथा हड्डीमा निकै पीडा हुने भएकाले यसलाई 'ब्रेकबोन' ज्वरो पनि भनिन्छ। डेंगे रक्तश्रापजन्य ज्वरो निकै गम्भीर अवस्था हो। टाउको दुख्ने, ज्वरो आउने, बिमिरा तथा रक्तश्रापका लक्षणहरू यसमा देखिन्छन्। छालामुनि साना राता चायाँहरू आउनु, नाक, गिँजा तथा दिसाबाट रगत आउँछ र रगत वान्तासमेत हुन्छ। यस्तो अवस्था खतरनाक हुन्छ। मृत्युको खतरा पनि हुन्छ।

डेंगे भाइरसबाट संक्रमित व्यक्तिलाई एडीस एजिप्टी नामक लामखुट्टेले टोकेपछि लामखुट्टेमा डेंगे भाइरस सर्छ। त्यसपछि उक्त संक्रमित लामखुट्टेले मान्छेलाई टोकेमा डेंगे ज्वरो सर्छ। यो रोग सरुवा रोग होइन अर्थात् मान्छेबाट मान्छेमा यो रोग सर्दैन। यो रोग सर्नका लागि संक्रमित व्यक्ति-लामखुट्टे-स्वस्थ व्यक्तिको तीन चरण पार हुनुपर्छ। लामखुट्टे विशेष गरी गर्मी तथा वषर्ा ऋतुमा फैलिन्छ। तर, पानीले भरएिका भाँडा, प्लास्िटकका झोला, रत्तिा बोतल, क्यान, टायर, ट्युब, पाइप, गमला, रुखको खोक्रो भाग, घरवरपिरकिो आद्र भाग आदिमा वर्षभर िरहन सक्छ लामखुट्टे। संक्रमित एउटै लामखुट्टेको टोकाइ पनि यो रोग सार्न पर्याप्त हुन्छ। यो मौसम लामखुट्टे हुर्कने उपयुक्त वातावरण भएकाले पनि यस रोगको प्रकोप हाल देखिएको हो।
लामखुट्टेले टोकेपछि तीनदेखि आठ दिनभित्र डेंगेको लक्षण देखा पर्छन्। यो रोगमा सुरुमा जाडो हुने, टाउको दुख्ने, आँखा घुमाउँदा दुख्ने, ढाड दुख्ने तथा खुट्टा र जोर्नीमा दुख्छ। शरीरको तापक्रम एकाएक बढेर १ सय ४ डिग्रीसम्म पुग्छ तर हृदयको गति, नाडीको गति र रक्तचाप कम हुन्छ। आँखाहरू राता हुन्छन्। अनुहारमा साना डाबरहरू आउँछन् र स्वतः हराउँछन्। घाँटी र काखीमा ग्रन्थिहरू सुनिन्छन्। छाती र काँधबाट सुरु भएका बिमिराहरू हातखुट्टा तथा सम्पूर्ण शरीरमा फैलिन्छन्। तर, अनुहारमा फैलिँदैनन्। हत्केला तथा पैताला राता र सुन्निएका हुन्छन्। साधारण खालको डेंगेको मृत्युदर निकै कम -करबि १ देखि ३ प्रतिशत) हुन्छ। तीव्र अवस्थाको ज्वरो र दुखाइ १ देखि २ सातासम्म रहन सक्छ। कमजोरीको कारण पूरा निको महसुस गर्न केही साता लाग्न सक्छ। रक्तश्रापजन्य डेंगे ज्वरो बढी मात्रामा १० वर्षमुनिका बच्चाहरूलाई लाग्छ। पेट दुख्ने, रक्तश्राप हुने, रक्तसञ्चार अवरुद्ध हुने, स्वर बस्ने, खोकी लाग्ने, वान्ता हुने र केही दिनपछि बेहोस हुनेसम्म हुन्छ। साथै, निमोनिया एवं मुटु सुन्निनेसमेत हुनसक्छ।। गम्भीर प्रकारको डेंगे रोगको मृत्युदर ६ देखि ३० प्रतिशतसम्म पाइएको छ। एक वर्षमुनिका बच्चामा मृत्युदर तीव्र र बढी हुन्छ।

डेंगे ज्वरो उच्च र समशितोष्ण प्रदेशमा हुने रोग भए तापनि भ्रमण र सामानको ओसार-प्रसारका कारण जुनसुकै क्षेत्रमा पनि फैलिन सक्छ। बढ्दो सहरीकरण, औद्योगीकरण र अव्यवस्िथत पानी तथा ढल व्यवस्थापन पनि यो रोगका लागि कारक तत्त्व बनेका छन्। नेपालको १ हजार ८ सय किमि सिमाना भारतसँग जोडिएका कारण पनि नेपाल डेंगे संक्रमणबाट मुक्त रहन सक्दैन।

डेंगेविरुद्ध प्रभावकारी खोप आइसकेको छैन। सन् २०१२ सम्म यसको खोप आउने विश्वास गरएिको छ। यस्तै डेंगे ज्वरो भाइरल संक्रमण भएकाले यसको ठोस उपचार पनि छैन। ज्वरो आदिको लाक्षणिक उपचार, आराम तथा प्रशस्त मात्रामा झोल पदार्थको सेवन एवं अस्पतालमा भर्ना भएर नसामार्फत सलाइनहरू दिने गरन्िछ। डेंगे ज्वरोको रोकथामका लागि झुलको प्रयोग सजिलो उपाय हो। यो रोगबाट बच्न लामखुट्टेको नियन्त्रण गर्नुपर्छ। घरवरपिर िजमेको पानी, आद्र, फोहोर, टिन, बोतल, बालटिन, फूलबारीको गमलाको पानी, माटाका भाँडा, टायर, पाइप, खाल्टाखुल्टी, पानीको ड्रम आदि यो लामखुट्टेको आश्रयस्थल भएकाले यी सामग्री तथा स्थानको उचित व्यवस्थापन गर्नुपर्छ। पानी जम्ने अन्य ठाउँलाई पनि बन्द गर्नुपर्छ। घरभित्र, बाहिर तथा टोलमा मालाथिन, डीडीटीजस्ता कीटनाशक औषधी छर्नुपर्छ। व्यक्तिगत सुरक्षाका लागि लामखुट्टे धपाउने 'बडीस्प्रे'को प्रयोग गर्ने तथा सकभर शरीरलाई छोप्ने खालका लामबाहुले कपडाहरू लगाउनुपर्छ। सम्भव भएसम्म सूर्योदयको दुई घन्टासम्म र सूर्यास्तपछि घरभित्रै बस्नु सुरक्षित हुन्छ। डेंगेको लामखुट्टे दिउँसोमा टोक्ने लामखुट्टे हो। यसले टोक्ने समय सूर्योदय र सूर्यास्तको आसपासमा बढी हुन्छ।


विश्वमा डेंगेविश्वमा २५-३० करोड मानिस उच्च तथा समशितोष्ण प्रदेशमा बस्छन्, जहाँ डेंगेको प्रकोप भइरहन्छ। ििवश्व स्वास्थ्य संघका अनुसार, प्रत्येक वर्ष पाँच करोड मानिस डेंगे ज्वरोबाट प्रभावित हुन्छन्, जसमध्ये पाँच लाख रक्तश्रापजन्य डेंगे ज्वरोका बिरामी हुन्छन् भने १२ हजारको मृत्यु हुन्छ। मृत्युदर बालबालिकामा बढी हुन्छ।

दिक्ष्ािण पूर्वी एसिया विशेष गरी बंगलादेश, भारत, इन्डोनेसिया, माल्दिभ्स, बर्मा, श्रीलंका, थाइल्यान्ड आदिमा डेंगेको प्रकोप अत्यधिक हुन्छ। यस क्षेत्रमा प्रतिवर्ष दुई-तीन करोडमा डेंगे ज्वरो र दुई लाखमा रक्तश्रापजन्य डेंगे ज्वरो हुन्छ। दिक्षिणपूर्वी एसियामा यो १०-१५ वर्षमा झाडापखाला, श्वासप्रश्वास रोगपछि डेंगे नै बालबालिकाको मृत्युको कारण बनेको छ। ििवगत तीन दशकदेखि प्रकोपका रूपमा रहेको यो रोग नेपालमा सन् २००४ मा पहिलोपटक देखा परेको हो। दिसैँका बेलामा मात्र दुई सयभन्दा बढी डेंगेका बिरामी अन्य अस्पतालबाट रपिmर गरएिको थियो।

कारण
डेंगे ज्वरो डेन-१, डेन-२, डेन-३ र डेन-४ नामका चार प्रकारका डेंगे भाइरसको समूहबाट हुन्छ, जुन एडेस एजिप्टी र एडेस अल्बोपिटस नामका पोथी लामखुट्टेबाट मानिसमा सर्छ।
लक्षणहरू डेंगे ज्वरो
एिक्कासि जाडोसहित ठूलो ज्वरो -१०३-१०५ डिग्री फरेनहाइट) आउने।
टिाउको धेरै दुख्ने।
मिांसपेशी र जोर्नी निकै दुख्ने।
छिालामा बिमिराहरू आउने -छाती र काँधबाट हातखुट्टामा फैलिने)।
२ि४ घन्टाभित्र आँखाको गेडीपछाडि दुख्ने -आँखा चलाउँदा र प्रकाशमा हेर्दा बढी मात्रामा दुख्ने) ।
ििनकै कमजोर महसुस हुने।
खिानामा अरूचि, स्वादमा विविधता।
किब्जियत।
पिेट तथा जाँघ दुख्ने।
घिाँटी बस्ने, ग्रन्थिहरू सुन्निने।
श्िवेत रक्तकणको मात्रा घट्ने।

डेंगे रक्तश्रापजन्य ज्वरो
ज्िवरो ः एक्कासि १०४-१०५ डिग्रीसम्म लगातार २ देखि ७ दिनसम्म रहने, टाउको दुख्ने, अनुहार रातो हुने, अरूचि, वान्ता, पेट दुख्ने तथा बर्बराउने हुन्छ।
रिक्तश्राप ः छालामुनि रगतका चायाँहरू देखिने, नाक, गिँजा, दिसा तथा वान्तामा रगत देखिन
किलेजो सुन्निनेएिक्कासि ज्वरो घटेर शरीर चिसो हुने, नाडी-हृदयगति तथा रक्तचाप न्यून हुने र पछि गएर बेहोस हुने। उक्त अवस्थामा रक्तचाप र नाडीको गति नाप्न सकिँदैन।
यिो ज्वरोले कलेजो र रक्तनलीलाई आघात पार्छ।

डेंगे सक सिन्ड्रम
माथिका लक्षणका साथै बेहोस हुने, तीव्र र कमजोर नाडी हुने, नाडीको चाप साँघुरो हुने, रक्तचाप निकै कम हुने, चिसो र आद्र छाला हुने, छटपटी लाग्ने आदि। निदान रक्तपरीक्षणमा प्लेटलेटको संख्या घटिरहनु तथा रक्तकणहरू सामान्यभन्दा २० प्रतिशतले बढ्नु आदि।

Sunday, October 31, 2010

Dengue Epidemic In Focus

Source: Annapurna Post, 28th October, 2010


Source: Nagarik Daily, 1st November, 2010

Friday, October 29, 2010

Dengue Epidemic In Focus

डेंगु नियन्त्रणमा सामूहिक अभियान

- दीपेन्द्र बडुवाल
भरतपुर, कार्तिक ११ -
October 29, 2010
महामारीका रूपमा फैलिएको डेंगु रोकथामका लागि प्रभावित क्ष्ाेत्रमा सामूहिक प्रयास थालिएको छ । समुदायको सहयोग बिना डेंगु सार्ने 'एडिस एजेप्टाइ' लामखुट्टे नियन्त्रण सम्भव नभएकाले जिल्ला जनस्वास्थ्यले सामूहिक अभियान चलाएको हो । कार्यालयले अहिले जिल्लामा डेंगु महामारीका रूपमै रहेको जनाएको छ ।

डेंगु प्रभावित भरतपुर र रत्ननगर नगरपालिका क्ष्ाेत्रमा स्थानीय टोल विकास संस्था, विद्यालय, आमा समूह, नागरिक समाज, बुद्धिजीवी र समाजसेवीसित मिलेर जनचेतना फैलाउने काम भइरहेको छ । तिनले आपmनो टोलमा डेंगु, त्यसका लक्ष्ाण र बच्ने उपायबारे जानकारी गराइरहेका छन् ।

जनस्वास्थ्य प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बिहीब्ाार साँझ भरतपुर ४ मा टोलबासीको सहयोगमा लामखुट्टे मार्ने औषधि छरिएको जनाए । स्थानीय बासिन्दाले दबाब दिएपछि भरतपुर नगरपालिकाले औषधि उपलब्ध गराएको थियो । औषधि छर्न स्थानीयले नगद संकलन गरेका थिए । बिहीबार अपरा्नह आयोजित पत्रकार अन्तक्रिर्यामा उनले भने, 'लामखुट्टे हुर्कन नदिने तरिका सिकाएका छन् ।'

कार्यालयका अनुसार डेंगु बाहक 'एडिस' लामखुट्टे टायर, फूलदानी, बोत्तल, भाँडाकुँडामा जमेको सफा पानीमा हुर्कने गरेको छ । स्थानीय बासिन्दाले बजार क्ष्ाेत्रमा अव्यवस्थित फालिएका टायर, प्लास्टिकका बट्टा संकलन गरी व्यवस्थापन गरेका छन् । बजार क्ष्ाेत्रमा रहेका वर्कसपलाई पुराना टायर सुरक्षित ढंगले भण्डार गर्न आग्रह गरिएको छ । 'घरघरमा पुगेका छांै,' नगरस्तरीय स्वास्थ्य स्वयंसेविका सञ्जालकी अध्यक्ष शुभद्रा श्रेष्ठले भनिन्, 'गीत गाएर जनचेतना फैलाइरहेका छौं ।'

उनका अनुसार अहिले रत्ननगर र भरतपुर नगरपालिकामा रहेका ८२ महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् । भरतपुरको नारायणगढ क्ष्ाेत्रका वडा नम्बर १, २, ३, ४, ९ र १० यो लामखुट्टे अधिक पाइएको छ । मुख्य बजार र त्यससित नजिक रहेका गाविस प्रभावित छन् । विद्यार्थीमा डेंगु पुष्टि भएपछि केही विद्यालयले पठन पाठन बन्द गराएका छन् ।

कार्यालयले बिहीबार साँझ प्याब्सन जिल्लाका पदाधिकारीसित बैठक गरेको छ । बैठकमा कार्यालयले विद्यालय बन्द गर्नुको साटो जनचेतना र लामखुट्टे मार्ने औषधि छर्किनका लागि सहयोग गर्न विद्यालयसित अपिल गरेको छ । स्थानीय रोटरी क्लबले रोगबाट बच्ने उपाय उल्लेख गरिएका २ सय, स्वास्थ्यकर्मी संघले २० र जनस्वास्थ्यले ७ वटा ब्यानर विभिन्न ठाउँमा राखेका छन् ।

जनस्वास्थ्य प्रमुख श्रेष्ठले गत महिनाको तुलनामा डेंगुका बिरामीमा कमी आएको बताए । उनका अनुसार असोजभरि विभिन्न अस्पतालमा २ सय हाराहारी ज्वरोका बिरामी हुन्थे । बिहीबार ८२ जना मात्रै छन् । अघिल्लो महिना दैनिक २२ जनासम्ममा रोग पुष्टि भइरहेको थियो । अहिले दैनिक सरदर १० मा पुष्टि भइरहेको छ । कार्यालयका अनुसार अहिलेसम्म १ हजार ९ सय ९३ ज्वरोका बिरामीको रगत परीक्ष्ाण गरिएकोमा ४ सय १६ मा डेंगु भेटिएको छ ।

चितवन मेडिकल कलेजमा १ हजार १ सय ९ जनाको रगत परीक्ष्ाण गरिएकोमा २ सय ५३ मा डेंगु पुष्टि भएको छ । भरतपुर मेडिकल कलेजमा ७४ वटा परीक्षण गरिएकोमा २४, भरतपुर अस्पतालमा ४ सय ७५ परीक्ष्ाण गरिएकोमा १ सय ४, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १ सय २१ परीक्ष्ाण गरिएकोमा ७, नेसनल सिटी अस्पतालमा १९ मध्ये ८, चितवन अस्पतालमा ७१ मा ९ नारायणी सामुदायिक अस्पतालमा १ सय २ मा ३२ , भरतपुर सामुदायिक अस्पतालमा २५ मा ३, आशा अस्पतालमा १, जनस्वास्थ्यले ६ मा २, वकुलर अस्पतालमा १४ मा ६ मा डेंगु भेटिएको कार्यालयले जनाएको छ ।

'ओपीडीमा संख्या घटेको छ,' चितवन मेडिकल कलेजका फिजिसियन शितल अधिकारीले भने, 'जटिल अवस्थाका बिरामीको इमरजेन्सीमा चाप छ ।' उनले आपmनो अस्पतालमा बिहीबार १५ डेंगुका बिरामी रहेको जनाए । तीमध्ये निमोनिया भइसकेका ३ जनाको आइसीयूमा उपचार भइरहेको छ । 'पुष्टि नभएका डेंगुका बिरामी धेरै छन्,' उनले भने, 'केहीले सिटामोल खान्छन्, केहीले परीक्षण नै गराउँदैनन् ।' उनले लामखुट्टेमा नियन्त्रण नहुनु नै रोग फैलिनुको कारण भएको बताए ।



Fear of dengue still prevails

- NARAYANGARCH:
October 29, 2010
Health workers have warned that the dengue epidemic will prevail in Chitwan round the year. They said the fear of dengue may exist throughout the year since mosquitoes transferring dengue disease could survive in the current temperature here even if winter season is around. The maximum and minimum temperature of Chitwan is recorded to be 40 and 20, respectively. The degree of temperature is very appropriate for the life cycle of mosquitoes, doctors said. 'The temperature of Chitwan is appropriate for all animals', said physician Dr. Shital Adhikari of Chitwan Medical College, adding there is high chance that dengue could remain as epidemic in Chitwan round the year since mosquitoes could survive in the temperature of winter season here.

Number of patients being infected by dengue has been on the rise in Chitwan for the past three months. Some 17 are undergoing treatment at the Chitwan Medical College and a patient identified as dengue infected died here.
At least 18 patients died in hospitals in Chitwan due to high fever during the last three months. As much as 416, who visited hospitals for fever examination, have been detected with dengue.

Source: The himalayan times( 29th October)

Thursday, October 28, 2010

सरकारलाई सोधियो- ँडेंगु नियन्त्रण भयो ?’

सरकारलाई सोधियो- 'डेंगु नियन्त्रण भयो ?'

-अब्दुल्लाह मियाँ
काठमाडौ, कार्तिक १० -
October 28, 2010

तराईका विभिन्न जिल्लामा डेंगु रोग महामारीकै रूपमा फैलिँदै गएपछि संसदीय समितिले नियन्त्रणका लागि सरकारका तर्फबाट भएका प्रयासहरूको लिखित जवाफ मागेको छ ।

साउन पहिलो साता भारत हुँदै प्रवेश भएको डेंगुका कारण अहिलेसम्म तीन जनाको ज्यान गएको सरकारको तथ्यांक छ । संसद्को महिला, बालबालिका तथा समाजकल्याण समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग डेंगु नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयास र निदानका लागि भावी योजनाको लिखित प्रतिवेदनसमेत मागेको छ ।


समितिले लिखित जवाफसहित मन्त्रालयका सचिव र मन्त्रालयमातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकलाई शुक्रबार १२ बजे समितिमा उपस्थित हुन निर्देशन दिएको छ । 'डेंगु नियन्त्रणका लागि सरकारबाट हालसम्म भए गरेका काम कारबाही र योजनाबारे लिखित प्रतिवेदन माग गर्न निर्देशन दिइएको छ,' समितिको निर्णयमा छ । महाशाखाका निर्देशक डा.जीडी ठाकुरका अनुसार साउन पहिलो साता प्रवेश भएको डेंगुका कारण अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ भने तराईका ८ जिल्ला प्रभावित भएका छ्् । तराईका विभिन्न जिल्लामा यो रोग फैलिएको पुष्टि भएलगत्तै महाशाखाले नियन्त्रणका लागि प्रयास गरेको ठाकुरको दाबी छ ।


उनका अनुसार चितवनस्थित भरतपुर अस्पतालमा एक, भरतपुर मेडिकल कलेजमा एक र बुटवलबाट काठमाडांैस्थित टेकु अस्पताल ल्याइएका एक गरी तीन जनाको ज्यान गएको हो । ठाकुरले चितवन, रूपन्देही, कैलाली, कञ्चनपुर, बारा, पर्सा, रौतहट र सप्तरीमा डेंगुको संकेत देखिएको जनाए । भारत हुँदै डेंगु फैलिएको हो । उनका अनुसार दुई महिनाअघि धनगढीमा १० र महेन्द्रनगरमा दुई जनामा डेंगुको संकेत देखिएको थियो ।

Source: Kantipur daily, 28 October

Monday, October 25, 2010

विशेषज्ञद्वारा डेंगुबारे प्रशिक्षण

विशेषज्ञद्वारा डेंगुबारे प्रशिक्षण

कान्तिपुर संवाददाता
ब्ाुटवल, कार्तिक ८ -
October 26, 2010 
डेंगुको प्रकोप कम गर्न विशेषज्ञसहितको टोलीले सोमबारबाट बुटवलमा चेतनामूलक प्रशिक्षण सुरु गरेको छ ।

राजधानीबाट आएको डा. विश्वराज खनालसहितको विशेषज्ञ टोलीले लुम्बिनी अञ्चल अस्पताल लगायतमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मी नै डेंगु प्रभावित हुन थालेकाले बिरामीको उपचार, स्याहारबारे सिकाउन प्रशिक्षण दिइएको टोली प्रमुख खनालले बताए । 'अनुगमनका क्रममा अधिकांश स्वास्थ्यकर्मी डेंगुका लक्षणबारे जानकार नभएको र बिरामीको स्याहार कसरी गर्ने भन्नेबारे पनि अलमलमा रहेको भेटियो' उनले भने । अस्पतालका प्रमुखसहित उपचारमा संलग्न चिकित्सक, नर्स र सहयोगीले प्रशिक्षण लिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय तथा नगरपालिकाको सहयोगमा विशेषज्ञ टोलीले बुटवलका टोलटोलमा नागरिक प्रशिक्षणसमेत सुरु गरेको छ । यसमा नगरका स्वास्थ्य क्षेत्रमा कार्यरत संघसंस्था र सामाजिक क्लब पनि सक्रिय भएर लागेका छन् ।
ब्ुाटवलमा टायर तथा खाली ड्रम बढी राखिएको र वरपर पानीका खाल्डा भएको क्षेत्रमा डेंगुको संक्रमण बढी भेटिएकाले उक्त क्षेत्रलाई प्राथमिकतामा राखेर प्रशिक्षण थालिएको जिल्ला जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठले बताए । बुटवल नगरपालिका १३ को देवीनगर, पवित्रनगर तथा ५ को गोलपार्क, चिडियाखोला, ज्योतिनगर, बम्घाटलगायतका क्षेत्रमा सोमबार प्रशिक्षण दिइयो ।

औषधि छर्ने मेसिन स्टोरमा
कपिलवस्तु- लामखुट्टेका कारण हुने डेंगु रोगविरुद्ध औषधि छर्न ल्याइएको मेसिन कपिलवस्तु नगरपालिकामा अलपत्र परेको छ ।

कपिलवस्तु नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयबीच समन्वय हुन नसक्दा मेसिन स्टोर शाखामा थन्किएको छ । ३ महिनाअघि ३० हजारमा दुई वटा मेसिन र औषधि खरिद गरेर ल्याइए पनि उपयोगमा छैन । नगरपालिकाले रोगविरुद्ध बजार क्षेत्रमा छर्कने औषधिको मात्राबारे जानकारी माग गर्दै स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको थियो । असोज ७ मा पत्र पठाएर जानकारी माग गरिए पनि अझैसम्म स्वास्थ्यले जानकारी नदिएकाले औषधि छर्कन नसेको नगरपालिकाका कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठले बताए । उता स्वास्थ्यले असोज १३ मा स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी महाशाखामा पत्राचार गरी छर्कने औषधिको मात्रा माग गरे पनि अझै प्राप्त हुन सकेको छैन ।

आठ विद्यार्थीमा डेंगु
भरतपुर -कास)- सिद्धार्थ बोर्डिङ स्कुलका ८ विद्यार्थीमा डेंगु संक्रमण भेटिएपछि साताका लागि विद्यालय बन्द गरिएको छ । नारायणगढ बेल्चौकस्थित विद्यालयमा अध्ययनरत ८ विद्यार्थी तथा एक कर्मचारीमा डेंगु देखिएपछि अन्यमा पनि संक्रमण नहोस् भनेर पठनपाठन नै बन्द गरिएको सहप्राचार्य हरि लामिछानेले बताए ।

डेंगु संक्रमित सन्तोष अधिकारीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । रोग संक्रमण हुन नदिन अभिभावकको आग्रहमा विद्यालय बन्द गरिएको हो । यसैबीच डंेगु न्यूनीकरण तथा जनचेतना फैलाउन विद्यालय परिसरमा वडास्तरीय टोल विकास समन्वय समितिले चेतनामूलक कार्यक्रम गरेको छ । कार्यक्रममा जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले डंेगुले महामारीकै रूप लिएकाले सावधानी अपनाउन आग्रह गरे ।

साउनयता चितवनमा डंेगुले महामारीको रूप लिँदै गएको छ । लामखुट्टेले टोकेर लाग्ने यो रोग अहिलेसम्म १ हजार ७ सय ७६ बिरामीमा गरिएको परीक्षणमा ३ सय ५२ मा फेला परेको छ । अहिले पनि दिनहुँ सयभन्दा बढी शंकास्पद बिरामी परीक्षणका लागि आउने गरेको जनस्वास्थ्यले जनाएको छ । ज्वरोका कारण चितवनमा डेढ दर्जनको मृत्यु भइसकेको छ ।

पर्सामा संक्रमण
जिल्ला जनस्वास्थ्यका अनुसार भारतबाट घर आएका वीरगन्ज १४ का एक युवामा डेंगु संक्रमण देखिएको छ । हाल उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनलाई ६ दिनअघि उपचारार्थ भर्ना गरिएको हो । कार्यालयले उनको विवरण दिन नमिल्ने जनायो ।

यसअघि पर्सामा महिना दिनयता ८ डेंगु रोगी अस्पतालको सम्पर्कमा आएका थिए । जनस्वास्थ अधिकृत अरुणकुमार महतो आठ डेंगुका बिरामीमध्ये सबै अन्य अस्पतालमा रिफर वा उपचारपछि निको भएर फर्किसकेको जानकारी दिए । आठ जनामध्ये अधिकांश भारतको दिल्ली, कोलकाता लगायत सहरमा काम गरेर फर्केका थिए ।