google search

Thursday, February 16, 2012

लाटोकोसेरो र भँगेरा मर्न थाले

लाटोकोसेरो र भँगेरा मर्न थाले

काठमाडौ, फाल्गुन ३ -
राजधानीका विभिन्न स्थानमा लाटोकोसेरो, काग, भँगेरा लगायत पंक्षी भकाभक मरिरहेका छन् । अनुसन्धानका लागि विभिन्न स्थानबाट मरेका त्यस्ता पंक्षी केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा जम्मा हुने क्रम जारी छ । राजधानीमा मरेका कागमा बर्डफ्लुको भाइरस भएको पुष्टि भइसकेको छ भने लाटोकोसेरो र भँगेरामा समेत उक्त भाइरस हुन सक्ने विशेषज्ञहरूले औंल्याएका छन् ।

केही दिनयता राजधानीको लैनचौरस्थित बेलायती दूतावास, दरबारमार्ग, सिंहदरबार, अनामनगर लगायत स्थानमा थुप्रै मरेका लाटोकोसेरो र भँगेरा फेला परेका छन् । त्यस्ता मरेका पंक्षी स्थानीय बासिन्दाले परीक्षणका लागि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला पठाउने गरेका छन् । केही दिनअघि सिंहदरबारस्थित भौतिक योजना तथा निर्माण मन्त्रालय परिसरमा मरेका लाटोकोसेरो फेला परेका थिए ।

'मरेका काग, लाटोकोसेरो र भँगेरा प्रयोगशालामा ल्याउने क्रम जारी छ,' प्रयोगशालाका प्रमुख पशु चिकित्सक डा.दामोदर सेढाईंले कान्तिपुरसित भने, 'बुधबार पनि दरबारमार्गमा मरेका भँगेरा भेटिएको स्थानीयले जानकारी दिएका छन् ।' नवीन श्रेष्ठले दरबारमार्गमा धेरै भँगेरा मरेको बुधबार प्रयोगशालालाई जानकारी गराएका थिए । प्रयोगशालाले भने मरेका पंक्षीलाई तत्कालै गाड्न र उक्त क्षेत्रमा चुना छर्न मात्रै सुझाउने गरेको छ ।
बेलायतस्थित 'भेटेरिनरी ल्याबरोटेरी एजेन्सी' ले केही दिनअघि राष्ट्रिय सभागृहमा मरेका कागमा बर्डफ्लुको भाइरस भएको पुष्टि गरेको थियो । यद्यपि कृषि मन्त्रालय मातहतका निकायहरूले भने त्यसलाई गोप्य राखेका थिए । केही दिनअघि राष्ट्रिय सभागृह परिसरमा पाँच वटा काग मरेको अवस्थामा भेटिएपछि परीक्षणका लागि बेलायतस्थित प्रयोगशाला पठाइएको थियो । भँगेरा र लाटोकोसेरो भने परीक्षण गर्न बाँकी नै छ ।

प्रमुख सेढाईंले राजधानीमा भटाभट पंक्षी मर्न थालेपछि उच्च सतर्कता अपनाउन जिल्लास्थित पशु सेवा कार्यालयलाई निर्देशन दिइसकेेको बताए । अहिलेको कानुनअनुसार घरपालुवालाई मात्रै नियन्त्रण गर्न सक्ने प्रावधान छ । बाहिरबाट उडेर आउने चराचुरुङ्गी र पंक्षी नियन्त्रण गर्न समस्या भएको जानकारहरू बताउँछन् ।

संसद्को प्राकृतिक स्रोत साधन समितिको बुधबारको बैठकमा कृषि मन्त्रालय र मातहतका विभागका प्रमुखहरूले राजधानीमा समेत पंक्षीमा बर्डफ्लुको भाइरस भेटिएको पुष्टि गरे । कृषि सचिव नाथुराम चौधरीले बर्डफ्लु नियन्त्रण गर्न यथेष्ट मात्रामा प्रयास भएको दाबी गरे ।

बैठकमा बोल्दै सभासद लक्ष्मण घिमिरेले राजधानीमै कागमा बर्डफ्लुको जीवाणु फेला परेकाले नियन्त्रणमा सम्बन्धित निकायहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने औंल्याए । कुखुरा मार्ने क्रममा हेलचेक्र्याइँ भएको भन्दै उनले सामान्य बर्दी लगाएका प्रहरीबाट कुखुरा मार्दा अरूमा त्यसको जीवाणु सर्न सक्नेतर्फ चनाखो हुनुपर्ने बताए ।

सभासद रमेश रिजालले किसानहरूमा बर्डफ्लुबारे जानकारी दिने खालका अभियान सञ्चालन गर्न सुझाव दिए । 'किसानहरूमा प्रशिक्षित कार्यक्रम ल्याउन सके चेतनाको स्तर बढ्न सक्छ र बेलैमा नियन्त्रण पहल गर्न सकिन्छ,' उनले भने ।

सभासद शिवराज गौतमले बर्डफ्लु नियन्त्रण गर्न तल्लो स्तरसम्म मोबाइल टोली परिचालन गर्न सुझाए । सभासद रत्ना गुरुङले राजधानीका विभिन्न स्थानमा थुप्रै पंक्षी मर्ने क्रम जारी रहेकाले नियन्त्रणका लागि बेलैमा सक्रिय हुन सुझाव दिइन् ।

अर्का सभासद पदम राईले २०६५ सालदेखि बर्डफ्लु सुरु भए पनि नियन्त्रणका लागि अहिलेसम्म के कस्ता अभियान चालिए र कत्तिका प्रभावकारी भए भन्नेबारे विश्लेषण गरी उच्च सतर्कता अपनाउन सल्लाह दिए । समितिले बर्डफ्लु नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न कृषि मन्त्रालय र पशु सेवा विभाग लगायतलाई निर्देशन दिएको छ ।


स्रोत:कान्तिपुर दैनिक ,फ़ल्गुन् ४ 






Monday, February 13, 2012

संक्रमित क्षेत्रमा पन्छी मार्न सुरु


संक्रमित क्षेत्रमा पन्छी मार्न सुरु


बिर्तामोड , फाल्गुन १ - 
झापाका तीन अलगअलग स्थानमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि सरकारी प्राविधिक टोलीले आइतबार साँझदेखि किसानले पालेका कुखुरा तथा हाँसलगायत पन्छी मारेको छ । जिल्लाको मध्यवर्ती चारपाने, अर्जुनधारा तथा दक्षिणी पाठामारी गाउँ विकास समितिमा किसानले पालेका कुखुरा भकाभक मर्न थालेको एक सातापछि आइतबारमात्र जिल्ला पशु सेवा कार्यालयले बर्डफ्लु संक्रमणको जानकारी सार्वजनिक गरेको हो । 

पाठामारी १ का निजाम मियाँ र कौसर मियाँ तथा अर्जुनधाराका गोपाल ओलीले पालेका कुखुरामा बर्डफ्लु देखिएको थियो । यस्तै चारपाने ३ का देवेन्द्र श्रेष्ठका कुखुरा पनि मर्न थालेपछि सबै मरेका कुखुराको नमुना परीक्षणका लागि माघ २३ मा काठमाडांै पठाइएको थियो ।

सबै नमुनामा बर्डफ्लु संक्रमण पाइएपछि जिल्लास्थित एभियन इन्फ्लुएन्जा नियन्त्रण समितिले सातापछि रोग नियन्त्रण अभियान सुरु गरेको हो । 

स्रोत : कान्तिपुर दैनिक ,  फाल्गुन २ 

झापाका ३ ठाउँमा बल्र्डफ्लु


झापाका ३ ठाउँमा बल्र्डफ्लु

बिर्तामोड, माघ २९ - 
इलाम, पाँचथर र सुनसरीमा देखिएको बर्डफ्लु नियन्त्रणमा आई नसक्दै झापाका तीन स्थानमा पनि बर्डफ्लु भेटिएको छ । झापाको चारपाने, अर्जुनधारा र पाठामारीका कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएको जिल्ला पशुसेवा कार्यालयले आइतबार जनाएको हो । 

पशुसेवा प्रमुख डा. राधेश्याम मण्डलका अनुसार स्थानीय र लेयर्स जातका कुखुरामा बर्डफ्लुको संक्रमण भेटिएको हो । चारपाने-३ का देवेन्द्रकुमार श्रेष्ठको पोल्ट्री र्फममा लेयर्स जातका कुखुरामा बर्डफ्लु भेटिएको हो । संक्रमणका कारण उनका झन्डै चार सय कुखुरा मरिसकेका छन् । पाठामारी-१ र अर्जुनधारा-७ मा स्थानीयले पालेका सयौं कुखुरा मरेको कार्यालयले जनाएको छ । कुखुरा मर्नेक्रम तीव्र भएपछि नमुना संकलन गरी परीक्षण गर्दा ती गाविसका कुखुरामा बल्र्डफ्लु पुष्टि भएको मण्डलले बताए ।

'केन्द्रीय पशुरोग अन्वेषणशालामा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भयो,' उनले भने, 'नियन्त्रणका लागि आइतबारदेखि प्रयास थालिएको छ ।' कुखुरासँगै भेटिएका अन्डा, दाना र अन्य घरपालुवा पन्छी पनि नष्ट गरिने छन् । स्थानीय प्रशासनले घटनास्थल वरपर पाँच सय मिटर क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरेको छ । तीनवटै क्षेत्रमा अलग-अलग टोली परिचालन भएका छन् । डा. जगदीश पाण्डे, डा. राकेश प्रजापति र डा. सत्यनारायण साह नेतृत्वको टोलीलाई प्रभावित स्थलमा पठाइएको छ । सहजताका लागि टोलीका साथमा सुरक्षाकर्मी पनि परिचालन गरिएको झापाका प्रहरी प्रमुख तारणीप्रसाद लम्सालले बताए ।

स्रोतः कान्तिपुर दैनिक, फल्गुन १ 


५ हजार कुखुरा मारिए



कान्तिपुर संवाददाता
इनरुवा, माघ २९ - 
बर्डफ्लु प्रमाणित भएपछि सुनसरीको इटहरी ६, बज्राहास्थित पिके पोल्ट्री र्फमका करिब ५ हजार कुखुरा आइतबार नष्ट गरिएको छ । क्षेत्रीय पशु सेवा निर्देशनालय र जिल्ला पशु सेवा कार्यालय, सुनसरीको र्‍यापिड रेस्पोन्स टोलीले आइतबार कुखुरा नष्ट गरेको हो ।

पुस २६ गते खनारस्थित पाथीभरा पोल्ट्री र्फमका कुखुरामा संक्रमण देखिएको थियो । त्यसपछि इटहरी ६, बज्राहास्थित पिके पोल्ट्री र्फममा पनि संक्रमणका कारण कुखुरा मर्न थालेका थिए । पछि पूर्वाञ्चल क्षेत्रीय परीक्षण प्रयोगशाला विराटनगर र केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा मात्र नभई बेलायतस्थित अन्तर्राष्ट्रिय प्रयोगशालाबाट प्रमाणित भएपछि बर्डफ्लु संक्रमणको आधारमा पाथीभरा र्फमका जीवित २ हजार ३ सय ८५ कुखुरा सरकारी टोलीले नष्ट गरेको थियो । पिकेको अर्को खोरमा रहेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु जीवाणु भेटिएपछि आइतबार त्यहाँ जीवित रहेका ४ हजार ८ सय ५३ कुखुरा नष्ट गरिएको पूर्वाञ्चल क्षेत्रीय पशु निर्देशक डा. बोलराज आचार्यले जनाए ।

उनका अनुसार त्यहाँ कुखुराका अतिरिक्त २ हजार ४ सय अण्डा र १ सय ४० किलो दानासमेत आइतबार नष्ट गरिएको छ । यसैबीच सुनसरीकै नरसिंहस्थित किसानको घरमा घरपालुवा कुखुरा मरिरहेका कारण अझै स्पष्ट हुन नसकेको क्षेत्रीय पशु सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रमुख डा. बोलराज आचार्यका अनुसार क्षेत्रीयस्तरमा गरिएको परीक्षणमा शंकास्पद रिपोर्ट आएपछि थप परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको आचार्यले बताए ।

स्रोतः कान्तिपुर दैनिक, फल्गुन १ 

Tuesday, January 3, 2012

84 open spaces in Valley for emergency accommodation

Ankit Adhikari/KATHMANDU, DEC 26 - 
If a major quake strikes the Capital city, more than one million people are likely to be homeless. One of the biggest challenges in the Kathmandu Valley will be finding spaces to accommodate the homeless. The government of Nepal and UN agencies have attempted to address this problem.

In a joint study conducted by the Ministry of Home Affairs (MoHA) and the International Organisation for Migration (IOM), 84 open spaces have been identified in Kathmandu that could be used for humanitarian support in the event of a crisis. In those 84 spaces, the report says, 792,698 Internal Displaced Persons (IDPs) can be accommodated, but in a very crowded condition, which is likely to increase other humanitarian problems like water crisis, sanitation, and food. 

The project has categorised large, medium and small areas in Kathmandu that have the potential to be used as accommodation centres or for other purposes for the IDPs. According to the report, an estimated population of 3.5 million is currently living within the confines of the Valley. Considering the high number of sub-standard constructions, a major earthquake measuring 9 on the Richter scale would destroy about 60 percent of these buildings. The report recommends that schools be used as reception centres where IDPs may assemble for registration, following which their placement procedure could begin. For this, the government has to identify retrofitted schools in the Valley as soon as possible, the report suggests, adding that 3,150,000 square meters worth of open area would be required to provide 900,000 people with covered shelters. The report offers a list of potential sites by identifying them at three different levels—large, medium and small. Large camps have been defined as those that could accommodate 30,000 to 90,000 people. The study identified two large blocks of land (875,043 square meters) at Tribhuvan University in Kirtipur and the National Agricultural Research Centre in Lalitpur (305,470 square meters) that could function as camps falling under the “large” category.

According to the report, these areas could hold up to 118,051 people together and be suitable for long-term accommodation, with the provision of some of the site services within the camps. Medium-sized camps have been defined as those that could accommodate 20,000 to 45,000 people in a covered area (3.5 square meters per person). The report suggests six medium camps with the capability of holding up to 286,908 people. The planning for this is based on only providing covered living accommodation, with other camp facilities outside the site. The Ratnapark/Tundikhel area (155,400 square meters), the airport and Golf Club site (253,327 square meters), the southern end of the runway of the International Airport (146,575 square meters), the Oxygenation Park on the banks of Bagmati River opposite Tribhuvan University (146,604 square meters), Gokarna Golf Club (178,212 square meters) and Birendra Sainik School in Bhaktapur (134,564 square meters) have been proposed as potential medium camps. The small camps, the report defines, are 75 places that could accommodate accommodate approximately 387,739 people—3.5 square meters per person. Among the possibilities are Satdobato, Balkumari, Jawalakhel, Pulchowk, Pulchowk Engineering College, Lagankhel, Tribhuvan University, Bagbazaar, Naxal, greater Pashupati, Sinamangal, Lainchaur, Teku, Chabahil, Balaju, Sallaghari-Tinkune-Bhaktapur, among various other schools and colleges. 

“The density of the camps may pose significant challenges to water, sanitation, and hygiene (WASH), food distribution and security,” the report reads. “Water emerged as the most critical of the planning factors. In the event of an earthquake, it is expected that 95 percent of water pipes could be destroyed and pumping capacity reduced by half. Using Sphere Standards of 15 litres per person per day, 13.5 million litres per day would be required for the IDPs. Additional water would be required for the rest of the population, which would be equivalent to 52.5 million litres per day (based on a population of 3.5 million).” Stating that a UNICEF project has already constructed five deep tube-wells in Lalitpur district in preparation for a potential disaster, the study recommends that additional such tube-wells be built after receiving appropriate technical advice on whether or not the wells can survive an earthquake. Going according to the WASH requirements in the event of a crisis, the report suggests one latrine be maintained for every 10 households or 50 individuals.  Similarly, the report recommends the maintenance of one hand pump and bathing space each for every 20 households or 100 individuals and a garbage pit for every 40 households or 200 individuals.

Source: The Kathmandu Post, December 27, 2011

Saturday, December 3, 2011

बर्डफ्लु प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा



काठमाडौ, मंसिर १६ - 

सरकारले भक्तपुरको बर्डफ्लु भेटिएको ठाउँलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कुखुरामा बर्डफ्लु भेटिएको भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको वडा नं. १६, लोकन्थली र मनोहरा पुल नजिकको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।


मन्त्रिपरिषद्ले संकट क्षेत्रमा बर्डफ्लु नियन्त्रण गर्न हरसम्भव सबै उपाय अवलम्बन गर्ने र अन्त्रय फैलन नदिन स्वास्थ्य र कृषि मन्त्रालयले आवश्यक कदम चाल्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताए । 

स्रोत: कान्तिपुर दैनिक, मन्सिर १७, २०६८ 




काठमाडौ, मंसिर १६ - 
सरकारले राजधानी बर्डफ्लु -एभियन इन्फ्लुएन्जा) बाट मुक्त भएको घोषणा गरेको छ । कृषि तथा सहकारी मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी भक्तपुरको मनहरासहित राजधानीका कुनै पनि स्थानमा बल्र्डफ्लु नरहेको दाबी गरेको हो । 

'ढुक्क भई कुखुरा/हाँसको मासु, अन्डा खानुहोस्' पशुसेवा विभागका महानिर्देशक तथा पशुचिकित्सक नरबहादुर रजवारले भने, 'मनहरालाई रोगमुक्त क्षेत्र घोषणा गरेका छौं, किसानहरूले -मनहराबाहेककाले) निर्वाध पन्छी पालन गरे हुन्छ ।'

सम्मेलनमा कुखुराको मासु खाँदै पशुचिकित्सक रजवारले भने, 'बर्डफ्लुका विषाणु छैनन्, रोग नियन्त्रणमा आइसक्यो, शंका नराख्नुहोस्, निर्वाध व्यवसाय गरे हुन्छ ।' विभागले रोग देखा परेको मनहरा खोरलाई केन्द्रविन्दु बनाई प्रभावित क्षेत्रका किसानहरूलाई भने ४२ दिनसम्म पन्छी पाल्न तथा दाना भन्डार, बिक्री र ओसारपसारमा रोकेको छ । कात्तिक अन्तिम साता भक्तपुरको लोकन्थलीस्थित मनोहरा पुलनजिक चन्द्रबहादुर तामाङको खोरका हाँस र कुुखुरामा यस रोगका कीटाणु भेटिएपछि विभागले नै 'राजधानीमा पहिलोपटक बर्डफ्लु रहेको' घोषणा गरेको थियो । 'प्राविधिक टिम खटाइएका छन्, फ्लोअप र निरन्तर भिजिट जारी छ,' रजवारले भने, 'जिल्ला पशुसेवा कार्यालय भक्तपुरलाई पनि सक्रिय बनाइराखेका छौं ।'  

मनहरामा रोग देखिनुको कारण जटिल रहेको पशु स्वास्थ्य निर्देशनालयका वरिष्ठ पशु चिकित्सक नारायण घिमिरेले जनाए । उनका अनुसार यसमा तीनवटा कारण हुन सक्छन् । 'यो रोग प्राकृतिक रूपमै आएको हुन सक्छ,' मनहरामा रोग नियन्त्रणको नेतृत्व पनि गरेका चिकित्सक घिमिरेले थपे, 'दोस्रो, बाहिरबाट मान्छेले संक्रमित पन्छी/दाना वा अन्डा आयात गर्दा सर्नसक्छ र तेस्रो साइबेरिया लगायतका मुलुकबाट बसाइँ सराइ गर्ने पन्छीले ल्याएको हुनसक्छ ।' त्यसैगरी विभागले भक्तपुर क्षेत्रमा निजी स्कुल बन्द गरिनुपर्ने वैज्ञानिक कारण नभएको बताएको छ ।

स्रोत: कान्तिपुर दैनिक, मन्सिर १७, २०६८ 




KATHMANDU, DEC 02 - 

The Cabinet, late on Friday, declared the western area of Lokanthali, the Manahara bridge area and slums adjoining the bridge ‘bird-flu emergency areas.’

The move was, however, in sharp contrast to the stand taken earlier in the day by the Ministry of Agriculture and Cooperatives, which had declared Kathmandu a ‘bird flu-free zone.’

According to government spokesman and Deputy Prime Minister Narayan Kaji Shrestha, a meeting of the Cabinet decided to take ‘extreme’ measures to prevent the spread of the flu to other parts of the Valley and also keep the area under surveillance.

However, senior veterinarian and the focal person of the Rapid Response Team (RRT) deployed in the affected area, said the government should have taken this decision much earlier as they have already intervened in the areas and done the needful.

In a press conference on Friday, a senior official from the Agriculture ministry said the Manohara area is free from the H5N1 virus, which also infects humans. A senior veterinary doctor, Dr Narayan Prasad Ghimire, had also said at the conference, “Kathmanduites need not worry about the flu as it is under control. The site of the outbreak will be kept under surveillance for 42 days and till then people there will not be allowed to rear fowls.”

An official involved in monitoring the outbreak was, however, quick to say that the declaration was made in haste. The official, who did not want to be named for fear of retribution, said the site should have been kept under observation for at least another week.

“The RRT members who slaughtered the birds on Tuesday have to be under observation for a week as they have high chances of developing bird flu symptoms,” said a veterinary doctor, requesting anonymity. “It has been just four days. Also, the pond close to the outbreak site is the only one in the entire area where all the birds go to swim. Chances are still high that the birds will be infected again.”

Despite claims from government officials that it has quarantined the area, many fowls are still seen in the nearby areas. Experts say the faeces of the fowls are a major source of infection.

Officials are, however, trying to play down the risk. Dr Nar Bahadur Rajwar, Director general at the Department of Livestock Services, said people can consume chicken and can also go on with their poultry business without fear. On Thursday, the government formed a seven-member RRT that will keep people in the outbreak area under surveillance for 10 days. 

“We have formed an experts’ team that will be observing the health of the residents in the area. We have also requested all the people there to visit the nearby Lokanthali sub-health post if they develop any Influenza like symptoms (ILS),” Dr GD Thakur, the chairman of the RRT and Director at the Epidemiology and Diseases Control Department (EDCD), said. The general symptoms of the disease include fever of more than 100.4 F, cough, sore throat, muscle ache and difficulty in breathing.

The RRT team on Friday visited the outbreak site where no one reported the symptoms, said Kumar Dahal, the Public Health Inspector at the Avian Influenza Control Project.

Source: The Kathmandu Post, Dec. 3, 2011

Friday, December 2, 2011

बर्डफ्लुको त्रासले स्कुलहरू बन्द



भक्तपुर, मंसिर १५ - 
बर्डफ्लुको त्रास फैलिएपछि लोकन्थली, कौशलटार र गठ्ठाघर क्षेत्रका २५ विद्यालय सोमबारसम्मका लागि बन्द गरिएका छन् । विद्यालयले अभिभावकलाई पत्र पठाई पठनपाठन बन्दको जानकारी गराएका छन् । बर्डफ्लु संक्रमित क्षेत्र वरिपरिका तीन किलोमिटर उच्च जोखिममा रहने भएकाले निजी तथा आवासीय विद्यालय संगठन -प्याब्सन) भक्तपुरले शुक्रबारदेखि सोमबारसम्म विद्यालय बन्द गर्ने निर्णय लिएको हो । 

सरोकारवालाबीच भक्तपुरमा भएको बैठकले बन्द गर्ने निर्णय गरेको थियो । बैठकमा प्याब्सनका जिल्ला पदाधिकारी, लोकन्थली, कौशलटार र गठ्ठाघरका निजी विद्यालयका पि्रन्सिपल तथा सञ्चालकहरू उपस्थित थिए । 'विद्यार्थीको स्वास्थ्यलाई ख्याल गरी विद्यालय बन्द गर्ने निर्णय भएको हो,' प्याब्सनका जिल्ला सचिव श्रीकृष्ण केसीले भने, 'बर्डफ्लु संक्रमित क्षेत्रमा सरकारले व्यवस्थापन नगरे थप बन्द गर्छौं ।' प्याब्सनले विद्यार्थी, अभिभावक र यस क्षेत्रका बासिन्दालाई संक्रमणबाट बच्न र बचाउन पूर्वसतर्कताको पहल गर्न सरकारसँग आग्रह पनि गरेको छ ।

बर्डपmलुका कारण सोमबारसम्म विद्यालय बन्द हुने भन्दै अविभावकलाई पठाइएको पत्रमा 'बर्डपmलुबाट बच्ने उपाय र रोग लागेपछि हुने लक्षणहरू' उल्लेख छन् । ओम ज्ञान मन्दिरको पत्रमा लेखिएको छ, 'मनोहरा क्षेत्रमा बर्डफ्लु देखिएकाले स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर शुक्रबारदेखि सोमबारसम्म स्कुल बन्द गरिएको छ, बिनाकारण आफू र बालबालिका घरबाहिर नजाऔं, जानैपरे मास्क प्रयोग गरांै ।' विद्यालयको पत्रमा एक सातासम्म मासु नखान पनि आग्रह गरिएको छ । 

त्यस्तै, बर्डफ्लु मानिसमा लाग्दा निरन्तर टाउको दुख्ने, ज्वरो आउने, रुघा लागे जस्तो भए पनि सिँगान नआउने, श्वास फेर्न गाह्रो हुने, दम बढेजस्तो हुने भएकाले त्यस्तो लक्षण देखिए नजिकको स्वास्थ्य चौकीमा परीक्षण गराउन विद्यालयले आग्रह गरेका छन् । 'विद्यालय खोलेपछि पनि विद्यार्थीलाई अनिवार्य मास्क लगाउने र हात धुने तरिकाबारे सिकाउँछांै,' ओम ज्ञानमन्दिरका पि्रन्सिपल राम सुवेदीले भने । सेन्टअप परीक्षाको तयारी अवस्था भए पनि बर्डफ्लुका कारणले स्कुल बन्द गर्नुपरेको प्याब्सनका जिल्ला अध्यक्ष भुवन श्रेष्ठले बताए । 'स्वास्थ्यभन्दा ठूलो परीक्षा होइन,' उनले भने, 'प्याब्सनको आकस्मिक बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।' 

बर्डफ्लुको त्रास बढेपछि सर्वसाधारणले 'मास्क' लगाएर हिँडडुल गर्न थालेका छन् । तर सरकारले संक्रमित क्षेत्रमा प्रभावकारी निगरानी नगर्दा सर्वसाधारण त्रसित छन् । कृषि मन्त्रालयले उक्त क्षेत्रमा ४२ दिनसम्म निगरानी राख्ने भने पनि व्यवस्थापन कमजोर भएको स्थानीयको गुनासो छ । मध्यपुर ठिमी-१६, लोकन्थली मनोहरा पुलसँगैको बस्तीका कुखुरा र्फममा बर्डफ्लुका कीटाणु पाइएपछि सरकारले ३ सय ८ वटा कुखुरा नष्ट गरेको थियो । त्यस्तै, बुधबार मनोहरा आसपासमा परेवा पनि मरेको पाइएपछि त्यस क्षेत्रका बासिन्दा त्रसित छन् । जिल्ला पशु सेवा कार्यालयको पोल्ट्री र्फममा सर्भिलेन्स टोलीले निगरानी बढाएको कार्यालय प्रमुख शिवबहादुर केसीले बताए  । कुखुरापालन व्यवसायी संघले बर्डफ्लु र बच्ने उपायबारे एकदिने तालिम दिएको थियो ।


स्रोत: कान्तिपुर दैनिक, मन्सिर १६, २०११ 





भक्तपुर, मंसिर १५ - 
बर्डफ्लु सुरु भएको क्षेत्रका बासिन्दाले आफूहरूलाई अपहेलना गरेको भन्दै आक्रोश पोखेका छन् । 

कामका लागि अन्य स्थानमा जाँदा नजिक बस्न नमान्ने, विद्यार्थीलाई विद्यालयबाट निकाल्ने, बँगुरको दाना लिन होटलमा जाँदा भित्र पस्नसमेत नदिएको पीडितको गुनासो छ । एभियन इन्फुएन्जा नियन्त्रण आयोजना र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि मध्यपुरठिमी-१६ लोकन्थली मनोहरा पुलनजिकको बस्तीमा बिहीबार पुग्दा यहाँका समुदायले अपहेलना भोग्नुपरेको भन्दै आक्रोश पोखेका थिए । 

त्यस्तै समाचार संकलनका लागि बस्तीमा पुगेका सञ्चारकर्मीलाई पनि आफूहरूलाई समाचारमार्फत बर्डफ्लु रोगी बनाएको भन्दै आक्रोश पोखे । समाजमा अपहेलित हुने भन्दै बस्तीमा हुने सूचना दिनसमेत अस्वीकार गरे । सूचना दिनेले पनि नाम नछाप्न आग्रह गरे । बुधबार यस क्षेत्रमा पुगेका सञ्चारकर्मीलाई आफू बिरामी भएको बताउने सर्वसाधारणले पनि समाजमा अपहेलना गरेपछि रोग लुकाउन थालेका छन् । 

विद्यालय पुगेका बालबालिकालाई पनि बर्डफ्लु लागेको बस्तीका भन्दै फर्काएको पीडित फुली शेर्पाले बताइन् । उनका एक छोरा र एक छोरीलाई नरेफाँटको नेपाल सेन्टर हाईस्कुलले बुधबार फर्काएको उनले बताइन् । 'बर्डफ्लु लागेको ठाउँका भन्दै फर्काएर पठाएछन्,' उनले भनिन्, 'अब कहाँ लगेर पढाउने ?' 

त्यस्तै यसअघि बस्ती नजिकैको सिद्धार्थ पेट्रोलपम्प अगाडि कलेजको गाडी रोक्ने गरे पनि आजभोलि रोक्न छाडेको स्थानीयले जनाएका छन् । सार्वजनिक सवारीले पनि बर्डफ्लु सर्ने भन्दै रोक्न छाडेको स्थानीयले जनाएका छन् । 


स्रोत: कान्तिपुर दैनिक, मन्सिर १६, २०११ 



KATHMANDU, DEC 01 - 
People living in and around the bird flu outbreak site in Madhyapur Thimi Municipality in Bhaktapur district on Thursday said they are being stigmatised and that their children have been harassed in schools.

Twenty-five private schools at Lokanthali and Gatthaghar have been closed for three days—Friday to Monday—due to the outbreak, affecting hundreds of students. “Whenever I go to Koteshwor, people who know me avoid me,” said a seemingly frustrated Deepesh Ghising. The locals there lashed out at government officials and the media. Government officials who visited the site to make people aware of the precautionary measures could not communicate properly with the irate locals. “The officials came and slaughtered the fowls. And now पेओप्ले have started avoiding our children too,” an irate resident said, adding that her daughter was sent back from school. 

“We have already lost our source of livelihood to the flu. And our children, for whom we have been doing all this, are being stigmatised,” the local woman added. District secretary of Private and Boarding Schools Organisation (PABSON), Bhaktapur, Shree Krishna KC said many students from the outbreak site were facing problems in school as others tried to avoid them—forcing school authorities to close down 25 schools lying in the periphery of the site. KC said PABSON came up with the decision to shut the schools after the government did not take proper precautionary measures. “Also, parents pressured us to shut the schools to protect the children,” KC said.

Meanwhile, people at the outbreak site said they were not satisfied with the compensation they got for their fowls from the government. The owners of the birds that were slughtered got a total amount of Rs 39,862 as compensation. Officials had killed 308 chickens and ducks and destroyed 14 eggs and around 2 kg of poultry feed. Officials said no one in the area has developed symptoms of bird flu, while those who have been complaining of the symptoms have already been given ‘symptomatic treatment’. 

“The symptoms are different in each case, while the flu threat is minimal in the area. Chemicals have been spread in every nook and corner of the shanties,” Kumar Dahal, the Public Health Inspector and an official of the Avian Influenza Control Project (AICP) said. He added that people are prone to the virus for a week after the outbreak. “However, almost 20 days have passed now and we don’t have much to fear,” Dahal said.

source: The Kathmandu Post, December 2, 2011

Wednesday, November 30, 2011

Bird flu outbreak


Bird flu outbreak


KATHMANDU, NOV 30 - 

A day after officials confirmed bird flu in Bhaktapur and quarantined the area, many locals in and around Madhyapur Thimi Municipality on Wednesday complained of symptoms similar to that of bird flu. 


Sita Rai, a resident near the site of the outbreak, said she has sore throat, fever, cough and muscle ache. However, two health officials at the site, who stayed for less than 20 minutes in the area, said she is fine and that there is nothing to worry about. The officials, however, did not give much chance to Rai to explain her symptoms, this reporter witnessed. They checked her blood pressure and gave her a medicine for headache.


Government officials have claimed that humans have not been infected with the H5N1 virus. Janak Kumari Tamang also said she is having breathing problems since the past few days. Director of the National Public Health Laboratory Dr Geeta Shakya said a careful surveillance is needed when it comes to human beings as the bird flu mortality rate among them is very high. “The veterinary confirmed that the virus is the H5N1 strain,” Shakya said. Despite claims from officials of the Rapid Response Team (RRT), deployed in the outbreak area on Tuesday that they have instructed the locals on how to adopt precautionary measures, the residents there vented their ire, saying that the government officials did not spare time to explain the action they took on Tuesday. “The officials, with all the safety gear and masks, just came in and started slaughtering fowls,” one Deepak Ghising said. “We were not told about precautionary measures we should take.” Over 300 chickens and ducks were slaughtered on the banks of the Manohara river on Tuesday following the outbreak at a small-scale poultry farm. However, claims that all fowls at the outbreak site were slaughtered were not substantiated. There were still many ducks in the pond, abutting around 42 shanties. Dr. Ram Parichan Shah of the Bhaktapur veterinary office, who visited the site on Wednesday, said the ducks belong to other nearby areas and are probably not infected. However, local residents said that the pond is the only place where ducks from the entire area come to swim. Near the site of the outbreak, there were other concerns too. The area has big pig farms. “We have 42 houses and each house has over 20 pigs,” Chandra Bahadur Tamang, a local, said. The 2009 flu outbreak (H1N1, also known as swine flu) was caused by the triple reassortment of the bird, swine and human flu viruses, further aggravated by the Eurasian pig flu virus, according to the World Health Organization.


“The 2009 flu has become a seasonal flu and we need not worry about it right now,” said Dr Narayan Prasad Ghimire, the coordinator of the experts’ team and a senior veterinary doctor. “Given the situation at the (outbreak) site we cannot rule out a pandemic in Nepal.” But Ghimire also sought to allay fears and said that nothing further has been confirmed so far. “We are keeping the pigs under continuous surveillance, while tests have not confirmed anything yet. Until and unless we confirm the facts, people need not panic.”


Source: The Kathmandu post, Dec. 1, 2011



बर्डफ्लु प्रभावित क्षेत्रमा 'बिरामी'


भक्तपुर, मंसिर १४ - 

बर्डफ्लु प्रभावित मनोहरा बस्तीका सर्वसाधारणको स्वास्थ्य परीक्षणमा सरकारले चासो नदिएको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । बस्तीका ४ जनामा ज्वरो, रुघाखोकी, सास फेर्न गाह्रो, छाती र टाउको दुख्ने जस्ता लक्षण देखिए पनि बुधबार सरकारी निकायबाट खासै चासो दिइएन । सीता राई, शैलेन्द्र राई, रामहर्क राई र जनकुमारी थापालाई तीन दिनदेखि यस्ता लक्षण देखिएको हो । जनकुमारीले बुधबार स्वास्थ्य परीक्षण गरेर औषधि ल्याए पनि अन्यले जँचाएका समेत छैनन् । 


बुधबार पशु सेवा कार्यालय भक्तपुरका सर्भेलेन्स टोली संक्रमित क्षेत्र पुगेको थियो । टोलीले बस्तीका केही व्यक्तिलाई भेटेर फर्केको थियो । 'सरकारले काम गरेको देखाउन मात्र कर्मचारी आएका थिए,' स्थानीयवासी दीपक घिसिङले भने, 'संक्रमित क्षेत्रका जनताको स्वास्थ्य परीक्षणमा कसैले चासो देखाएको छैन ।'


मंगलबार कुखुरा र हाँस नष्ट गर्न गएको र्‍यापिड रेस्पोन्स टोलीले विशेष प्रकारको कपडा लगाए पनि सर्वसाधरणको स्वास्थ्यप्रति भने चासो नदेखाएको स्थानीय चन्द्रबहादुर तामाङले बताए । 'उनीहरूलाई रोग लाग्ने डरले औषधि खाएर विशेष कपडा लगाउने, हाम्रो सुरक्षाका लागि किन चासै नदिने ?' उनले आक्रोश व्यक्त गरे, 'उनीहरू मात्रै मान्छे ?'  बस्तीका बासिन्दालाई माक्स लगाउनुपर्छ भन्ने जानकारी समेत नगराएको उनले बताए । 'मेरो कुखुराको खोरमा आउने पशु र स्वास्थ्य विभागका कर्मचारीले माक्स लगाएर विशेष कपडा लगाउनुपर्ने, त्यही ठाउँमा पुग्दा मलाई भने माक्स लगाउनुपर्छ समेत भनेनन् ।'


बस्तीकै राधिका खड्कालाई भने बर्डफ्लु सर्नेभन्दा पनि एकैपल्ट धेरै कुखुरा र हाँस नष्ट गरिदिएकामा चिन्ता छ । साहूको ऋण तिर्न समस्या भएको उनले बताइन् । '३६ प्रतिशत ब्याजमा ऋण गरेर हाँस पालेकी थिएँ, सबै मारिदिएँ, डेढ लाख रुपैयाँ घाटा पर्‍यो,' उनले भनिन् । संक्रमित चन्द्रबहादुरको र्फमसँगै जोडिएको उनको बंगुर र्फममा उनी बुधबार खाली खुट्टा सफा गर्दैर् थिइन् । बस्तीका अधिकांशलाई बर्डफ्लुबारे जानकारी नै छैन । 'जस्तोसुकै रोग होस्, हामीलाई केही भएको छैन,' राधिकाले भनिन् ।



नियन्त्रणमा लापरबाही


अतुल मिश्र 

काठमाडौं- स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.यशोवर्धन प्रधान बर्डफ्लु प्रभावित क्षेत्रको निगरानीको जिम्मा आफूमै राखेर बुधबार एक साताका लागि विदेश गएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उक्त कामको जिम्मा इपिडिमियोलजी महाशाखालाई हुनुपर्नेमा महानिर्देशकले अख्तियारी आफंै लिएर कोरिया गएपछि रोग प्रभावित क्षेत्रमा कुनै निगरानी हुन सकेको छैन । 


'बर्डफ्लुबारे मलाई कुनै अख्तियारी दिइएको छैन,' इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.जीडी ठाकुरले भने, 'महानिर्देशकज्यूले स्वयं सबै क्रियाकलाप सञ्चालन गर्नुहुन्छ ।' मन्त्रालयका एक विशेषज्ञका अनुसार संक्रमण देखिएको ठाउँमा न्यूनतम दुई सातासम्म मानव स्वास्थ्यमा असर परे/नपरेकोबारे निगरानी गर्न आवश्यक छ । त्यसका निम्ति इपिडिमियोलजिस्ट, चिकित्सक तथा सूक्ष्म जीवविज्ञानीको संयुक्त टोली बनाएर दिनहुँ रोग प्रभावित क्षेत्रमा निगरानी राखिनुपर्नेमा त्यस्तो गरिएको छैन । 


संक्रमित क्षेत्रका बासिन्दामा खोकी, अचानक उच्च ज्वरो आए, घाँटी दुखे वा सास फेर्न अप्ठयारो भए तुरुन्त परीक्षण र उपचारका लागि सुविधायुक्त अस्पताल पठाउनुपर्ने विशेषज्ञले बताए ।  यसबाहेक कुखुरा मार्न खटिएका व्यक्तिको समेत निगरानी राख्नुपर्नेमा त्यो पनि गरिएको छैन । स्रोतका अनुसार बर्डफ्लुको मानव स्वास्थ्यसँग सम्बद्ध पक्षहरू हेर्न एक जना हेल्थ असिस्टेन्टलाई मात्र जिम्मा लगाइएको छ ।


पन्छीमुक्त क्षेत्रमा हाँसहरू, नजिकै ५ परेवा मरे


४२ छाप्रा रहेको बस्तीलाई पन्छी मुक्तक्षेत्र घोषणा गरिए पनि बुधबार नजिकैको पोखरीमा ७ हाँस थिए । बर्डफ्लु रहेको क्षेत्रमा बंगुर पनि पालिएको छ । संक्रमित क्षेत्रमा पन्छी नपठाउन भनिए पनि नजिकैको सुकुम्बासी टोलबाट पोखरीमा हाँस आएको हुन सक्ने पशु कार्यालयले जनाएको छ । 


बर्डफ्लु प्रभावित क्षेत्रको दुई किलोमिटर आसपासमा बुधबार ५ वटा परेवा मरेको अवस्थामा भेटिए । एकै ठाउँमा पाँचवटा परेवा मरेको भेटिएपछि नमुना परीक्षणका लागि त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशाला पठाइएको स्रोतले जनाएको छ । 'परीक्षण सुरु भइसक्यो, कीटाणु देखा पर्‍यो भने पुष्टि गर्न बेलायतस्थित भेटेनरी ल्याब्रोटोरी एजेन्सी वेभ बि्रजमा पठाउँछौं,' प्रयोगशालाका एक प्राविधिकले भने । परेवा बर्डफ्लुकै कारण मरेको हो/होइन पुष्टि हुन बाँकी छ ।


स्रोत: कान्तिपुर दैनिक, मन्सिर १५, २०६८ 



संपादकीय: उच्च सतर्कता आवश्यक


मंसिर १४ -

उपत्यकामै कुखुरामा लाग्ने प्राणघातक रोग बर्ड फ्लु -एभियन इन्फ्लुएन्जा) को कीटाणु भेटिएपछि कुखुरापालन व्यवसायीमा व्यवसाय घट्न सक्ने चिन्ता र राजधानीका मासु उपभोक्तामा त्रास सिर्जना गरेको छ । नेपाल-भारत सीमा क्ष्ाेत्र र राजधानीबाहिरका पोल्ट्री र्फम हाउसमा यसअघि पनि बर्ड फ्लुका कीटाणु भेटिए पनि उपत्यकामै अहिलेसम्म यस्तो जीवाणु भेटिएको थिएन । भक्तपुर लोकन्थली, मनोहरा पुल नजिकको एक पोल्ट्री र्फममा झन्डै तीन साताअघि भटाभट कुखुरा मर्न थालेपछि त्यसको कारण पत्ता लगाउन त्रिपुरेश्वरस्थित पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण भएको थियो । परीक्षणमा बर्ड फ्लुका जीवाणु भेटिए पनि शंका निवारण गर्न त्यसको पुनः परीक्षण बेलायतको भेटेन ल्याबमा गरिएको थियो । दोस्रो परीक्षणमा पनि बर्ड फ्लुका जीवाणु भेटिएपछि पशु स्वास्थ्य निर्देशनालयले त्यसको पुष्टि गर्दै उक्त र्फमका कुखुराहरू नष्ट गरेको छ । पशु स्वास्थ्य निर्देशनालयले घातक सरुवा रोगका जीवाणु भेटिएपछि जुन सतर्कता देखाएको छ, त्यो सराहनीय छ । अब उसले यस क्षेत्रमा उच्च निगरानी राख्दै अरू पशुपन्छीमा जीवाणु सर्न नदिन थप सतर्कता अपनाउनुपर्छ ।


सन् २००३ देखि विश्वका कतिपय ठाउँमा देखिएको बड् फ्लुका जीवाणु कम्तीमा दुई वर्षअघि नेपाल-भारतको पूर्वी सीमा क्षेत्रमा पनि देखिएको थियो । विश्वका धेरै मुलुकहरू यस प्राणघातक सरुवा रोगबाट प्रभावित पनि भए । त्यो समय ६५ देशमा फैलिएको भनिएको बर्ड फ्लुका कारण कम्ती साढे दुई सयभन्दा बढी मानिस मारिए पनि । नेपालमा पनि राजधानीबाहिरका जिल्लामा पटकपटक बर्ड फ्लुका जीवाणु देखिए पनि उपत्यकामै भेटिएको यो पहिलोपटक हो । यद्यपि यसले उपत्यकाका जिल्ला पनि बर्ड फ्लुको जोखिममा रहेको प्रस्ट देखिएको छ । त्यसकारण सरकार मातहतका सम्बद्ध निकायहरूले यसको जोखिम न्यून गर्दै नियन्त्रण गनर्ेे कुरालाई आफ्नो मुख्य प्राथमिकतामा राख्नुपर्छ ।


बर्ड फ्लु नियन्त्रणका लागि सरकारले दुई कुरा गर्न सक्छ । एक, संक्रमित क्ष्ाेत्रलाई उच्च निगरानीमा राख्दै पन्छीजन्य र्फमको नियमित अनुगमन गर्ने । दुई, बर्ड फ्लुबारे जनताको भ्रम निवारण गर्ने र उचित जानकारी दिने । सरकारले जीवाणु देखिएपछि लोकन्थली क्षेत्रलाई उच्च निगरानीमा राखेको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले त्यस क्षेत्रबाट उत्पादित पन्छीजन्य खाद्य पदार्थ उपयोग नगर्न आग्रह गर्दै विशेष सावधानी अपनाउन भनेको छ । पन्छीमा देखिएको यो रोग मानिसमा पनि सजिलै संक्रमित हुने भएकाले सबैले सचेत हुनु आवश्यक छ । खासमा जीवाणु पाइएको ठाउँदेखि कम्तीमा तीन किमि वरपरको क्षेत्र उच्च जोखिममा रहने भएकाले त्यस क्षेत्रका जनता विशेष सावधान हुनुपर्छ ।


बर्ड फ्लुको जोखिम न्यून गर्न अनुगमन सँगसँगै जनचेतना पनि जगाउनुपर्छ । अहिले मासु उपभोक्ता यसको उपभोग गर्ने कुरामा सम्भवत सबैभन्दा बढी द्विविधमा छन् । र, व्यवसायीहरू व्यवसाय चौपट भएकामा खिन्न होलान् । सही जानकारी दिँदै उपभोक्तालाई सचेत बनाउने र व्यवसायीको संरक्षण गर्ने दायित्व सरकारको हुनुपर्छ । विज्ञहरूले कुखुराको मासु, अन्डा प्रेसरकुकरमा राम्रोसँग पकाएर खाएमा नसर्ने बताएका छन् । पन्छीहरूको सम्पर्कबाट टाढै रहने, काँचो अन्डा र कुखुराजन्य पदार्थ छोएको २० मिनेटमा साबुनपानीले हात धुने, पन्छीजन्य उत्पादनको सम्पर्कमा आएका भाँडाकुँडा, चक्कुलगायत सामग्री पनि तातोपानी र साबुनले सफा गर्नेलगायतका जोखिमबाट बच्ने उपाय विज्ञहरूले सुझाएका छन् । यसतर्फ सम्पूर्ण उपभोक्ता सचेत हुनुपर्छ । जति सरकारले यसको निगरानीमा लाग्नुपर्छ, त्यतिकै जनताले पनि पन्छीहरूको अस्वाभाविक मृत्यु भएको थाहा पाएमा पशु विभागलाई खबर गरेर सहयोग पुर्‍याउनुपर्छ । त्यस्तै सरकारले पनि पन्छीजन्य व्यवसायमा संलग्नहरूको व्यवसाय प्रभावित हुन दिनु हँुदैन र आवश्यक संरक्षण गर्नुपर्छ । 


स्रोतः कान्तिपुर दैनिक, मङ्सिर १५, २०६८