google search

Saturday, December 3, 2011

बर्डफ्लु प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा



काठमाडौ, मंसिर १६ - 

सरकारले भक्तपुरको बर्डफ्लु भेटिएको ठाउँलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कुखुरामा बर्डफ्लु भेटिएको भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको वडा नं. १६, लोकन्थली र मनोहरा पुल नजिकको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।


मन्त्रिपरिषद्ले संकट क्षेत्रमा बर्डफ्लु नियन्त्रण गर्न हरसम्भव सबै उपाय अवलम्बन गर्ने र अन्त्रय फैलन नदिन स्वास्थ्य र कृषि मन्त्रालयले आवश्यक कदम चाल्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताए । 

स्रोत: कान्तिपुर दैनिक, मन्सिर १७, २०६८ 




काठमाडौ, मंसिर १६ - 
सरकारले राजधानी बर्डफ्लु -एभियन इन्फ्लुएन्जा) बाट मुक्त भएको घोषणा गरेको छ । कृषि तथा सहकारी मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी भक्तपुरको मनहरासहित राजधानीका कुनै पनि स्थानमा बल्र्डफ्लु नरहेको दाबी गरेको हो । 

'ढुक्क भई कुखुरा/हाँसको मासु, अन्डा खानुहोस्' पशुसेवा विभागका महानिर्देशक तथा पशुचिकित्सक नरबहादुर रजवारले भने, 'मनहरालाई रोगमुक्त क्षेत्र घोषणा गरेका छौं, किसानहरूले -मनहराबाहेककाले) निर्वाध पन्छी पालन गरे हुन्छ ।'

सम्मेलनमा कुखुराको मासु खाँदै पशुचिकित्सक रजवारले भने, 'बर्डफ्लुका विषाणु छैनन्, रोग नियन्त्रणमा आइसक्यो, शंका नराख्नुहोस्, निर्वाध व्यवसाय गरे हुन्छ ।' विभागले रोग देखा परेको मनहरा खोरलाई केन्द्रविन्दु बनाई प्रभावित क्षेत्रका किसानहरूलाई भने ४२ दिनसम्म पन्छी पाल्न तथा दाना भन्डार, बिक्री र ओसारपसारमा रोकेको छ । कात्तिक अन्तिम साता भक्तपुरको लोकन्थलीस्थित मनोहरा पुलनजिक चन्द्रबहादुर तामाङको खोरका हाँस र कुुखुरामा यस रोगका कीटाणु भेटिएपछि विभागले नै 'राजधानीमा पहिलोपटक बर्डफ्लु रहेको' घोषणा गरेको थियो । 'प्राविधिक टिम खटाइएका छन्, फ्लोअप र निरन्तर भिजिट जारी छ,' रजवारले भने, 'जिल्ला पशुसेवा कार्यालय भक्तपुरलाई पनि सक्रिय बनाइराखेका छौं ।'  

मनहरामा रोग देखिनुको कारण जटिल रहेको पशु स्वास्थ्य निर्देशनालयका वरिष्ठ पशु चिकित्सक नारायण घिमिरेले जनाए । उनका अनुसार यसमा तीनवटा कारण हुन सक्छन् । 'यो रोग प्राकृतिक रूपमै आएको हुन सक्छ,' मनहरामा रोग नियन्त्रणको नेतृत्व पनि गरेका चिकित्सक घिमिरेले थपे, 'दोस्रो, बाहिरबाट मान्छेले संक्रमित पन्छी/दाना वा अन्डा आयात गर्दा सर्नसक्छ र तेस्रो साइबेरिया लगायतका मुलुकबाट बसाइँ सराइ गर्ने पन्छीले ल्याएको हुनसक्छ ।' त्यसैगरी विभागले भक्तपुर क्षेत्रमा निजी स्कुल बन्द गरिनुपर्ने वैज्ञानिक कारण नभएको बताएको छ ।

स्रोत: कान्तिपुर दैनिक, मन्सिर १७, २०६८ 




KATHMANDU, DEC 02 - 

The Cabinet, late on Friday, declared the western area of Lokanthali, the Manahara bridge area and slums adjoining the bridge ‘bird-flu emergency areas.’

The move was, however, in sharp contrast to the stand taken earlier in the day by the Ministry of Agriculture and Cooperatives, which had declared Kathmandu a ‘bird flu-free zone.’

According to government spokesman and Deputy Prime Minister Narayan Kaji Shrestha, a meeting of the Cabinet decided to take ‘extreme’ measures to prevent the spread of the flu to other parts of the Valley and also keep the area under surveillance.

However, senior veterinarian and the focal person of the Rapid Response Team (RRT) deployed in the affected area, said the government should have taken this decision much earlier as they have already intervened in the areas and done the needful.

In a press conference on Friday, a senior official from the Agriculture ministry said the Manohara area is free from the H5N1 virus, which also infects humans. A senior veterinary doctor, Dr Narayan Prasad Ghimire, had also said at the conference, “Kathmanduites need not worry about the flu as it is under control. The site of the outbreak will be kept under surveillance for 42 days and till then people there will not be allowed to rear fowls.”

An official involved in monitoring the outbreak was, however, quick to say that the declaration was made in haste. The official, who did not want to be named for fear of retribution, said the site should have been kept under observation for at least another week.

“The RRT members who slaughtered the birds on Tuesday have to be under observation for a week as they have high chances of developing bird flu symptoms,” said a veterinary doctor, requesting anonymity. “It has been just four days. Also, the pond close to the outbreak site is the only one in the entire area where all the birds go to swim. Chances are still high that the birds will be infected again.”

Despite claims from government officials that it has quarantined the area, many fowls are still seen in the nearby areas. Experts say the faeces of the fowls are a major source of infection.

Officials are, however, trying to play down the risk. Dr Nar Bahadur Rajwar, Director general at the Department of Livestock Services, said people can consume chicken and can also go on with their poultry business without fear. On Thursday, the government formed a seven-member RRT that will keep people in the outbreak area under surveillance for 10 days. 

“We have formed an experts’ team that will be observing the health of the residents in the area. We have also requested all the people there to visit the nearby Lokanthali sub-health post if they develop any Influenza like symptoms (ILS),” Dr GD Thakur, the chairman of the RRT and Director at the Epidemiology and Diseases Control Department (EDCD), said. The general symptoms of the disease include fever of more than 100.4 F, cough, sore throat, muscle ache and difficulty in breathing.

The RRT team on Friday visited the outbreak site where no one reported the symptoms, said Kumar Dahal, the Public Health Inspector at the Avian Influenza Control Project.

Source: The Kathmandu Post, Dec. 3, 2011

Friday, December 2, 2011

बर्डफ्लुको त्रासले स्कुलहरू बन्द



भक्तपुर, मंसिर १५ - 
बर्डफ्लुको त्रास फैलिएपछि लोकन्थली, कौशलटार र गठ्ठाघर क्षेत्रका २५ विद्यालय सोमबारसम्मका लागि बन्द गरिएका छन् । विद्यालयले अभिभावकलाई पत्र पठाई पठनपाठन बन्दको जानकारी गराएका छन् । बर्डफ्लु संक्रमित क्षेत्र वरिपरिका तीन किलोमिटर उच्च जोखिममा रहने भएकाले निजी तथा आवासीय विद्यालय संगठन -प्याब्सन) भक्तपुरले शुक्रबारदेखि सोमबारसम्म विद्यालय बन्द गर्ने निर्णय लिएको हो । 

सरोकारवालाबीच भक्तपुरमा भएको बैठकले बन्द गर्ने निर्णय गरेको थियो । बैठकमा प्याब्सनका जिल्ला पदाधिकारी, लोकन्थली, कौशलटार र गठ्ठाघरका निजी विद्यालयका पि्रन्सिपल तथा सञ्चालकहरू उपस्थित थिए । 'विद्यार्थीको स्वास्थ्यलाई ख्याल गरी विद्यालय बन्द गर्ने निर्णय भएको हो,' प्याब्सनका जिल्ला सचिव श्रीकृष्ण केसीले भने, 'बर्डफ्लु संक्रमित क्षेत्रमा सरकारले व्यवस्थापन नगरे थप बन्द गर्छौं ।' प्याब्सनले विद्यार्थी, अभिभावक र यस क्षेत्रका बासिन्दालाई संक्रमणबाट बच्न र बचाउन पूर्वसतर्कताको पहल गर्न सरकारसँग आग्रह पनि गरेको छ ।

बर्डपmलुका कारण सोमबारसम्म विद्यालय बन्द हुने भन्दै अविभावकलाई पठाइएको पत्रमा 'बर्डपmलुबाट बच्ने उपाय र रोग लागेपछि हुने लक्षणहरू' उल्लेख छन् । ओम ज्ञान मन्दिरको पत्रमा लेखिएको छ, 'मनोहरा क्षेत्रमा बर्डफ्लु देखिएकाले स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर शुक्रबारदेखि सोमबारसम्म स्कुल बन्द गरिएको छ, बिनाकारण आफू र बालबालिका घरबाहिर नजाऔं, जानैपरे मास्क प्रयोग गरांै ।' विद्यालयको पत्रमा एक सातासम्म मासु नखान पनि आग्रह गरिएको छ । 

त्यस्तै, बर्डफ्लु मानिसमा लाग्दा निरन्तर टाउको दुख्ने, ज्वरो आउने, रुघा लागे जस्तो भए पनि सिँगान नआउने, श्वास फेर्न गाह्रो हुने, दम बढेजस्तो हुने भएकाले त्यस्तो लक्षण देखिए नजिकको स्वास्थ्य चौकीमा परीक्षण गराउन विद्यालयले आग्रह गरेका छन् । 'विद्यालय खोलेपछि पनि विद्यार्थीलाई अनिवार्य मास्क लगाउने र हात धुने तरिकाबारे सिकाउँछांै,' ओम ज्ञानमन्दिरका पि्रन्सिपल राम सुवेदीले भने । सेन्टअप परीक्षाको तयारी अवस्था भए पनि बर्डफ्लुका कारणले स्कुल बन्द गर्नुपरेको प्याब्सनका जिल्ला अध्यक्ष भुवन श्रेष्ठले बताए । 'स्वास्थ्यभन्दा ठूलो परीक्षा होइन,' उनले भने, 'प्याब्सनको आकस्मिक बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।' 

बर्डफ्लुको त्रास बढेपछि सर्वसाधारणले 'मास्क' लगाएर हिँडडुल गर्न थालेका छन् । तर सरकारले संक्रमित क्षेत्रमा प्रभावकारी निगरानी नगर्दा सर्वसाधारण त्रसित छन् । कृषि मन्त्रालयले उक्त क्षेत्रमा ४२ दिनसम्म निगरानी राख्ने भने पनि व्यवस्थापन कमजोर भएको स्थानीयको गुनासो छ । मध्यपुर ठिमी-१६, लोकन्थली मनोहरा पुलसँगैको बस्तीका कुखुरा र्फममा बर्डफ्लुका कीटाणु पाइएपछि सरकारले ३ सय ८ वटा कुखुरा नष्ट गरेको थियो । त्यस्तै, बुधबार मनोहरा आसपासमा परेवा पनि मरेको पाइएपछि त्यस क्षेत्रका बासिन्दा त्रसित छन् । जिल्ला पशु सेवा कार्यालयको पोल्ट्री र्फममा सर्भिलेन्स टोलीले निगरानी बढाएको कार्यालय प्रमुख शिवबहादुर केसीले बताए  । कुखुरापालन व्यवसायी संघले बर्डफ्लु र बच्ने उपायबारे एकदिने तालिम दिएको थियो ।


स्रोत: कान्तिपुर दैनिक, मन्सिर १६, २०११ 





भक्तपुर, मंसिर १५ - 
बर्डफ्लु सुरु भएको क्षेत्रका बासिन्दाले आफूहरूलाई अपहेलना गरेको भन्दै आक्रोश पोखेका छन् । 

कामका लागि अन्य स्थानमा जाँदा नजिक बस्न नमान्ने, विद्यार्थीलाई विद्यालयबाट निकाल्ने, बँगुरको दाना लिन होटलमा जाँदा भित्र पस्नसमेत नदिएको पीडितको गुनासो छ । एभियन इन्फुएन्जा नियन्त्रण आयोजना र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि मध्यपुरठिमी-१६ लोकन्थली मनोहरा पुलनजिकको बस्तीमा बिहीबार पुग्दा यहाँका समुदायले अपहेलना भोग्नुपरेको भन्दै आक्रोश पोखेका थिए । 

त्यस्तै समाचार संकलनका लागि बस्तीमा पुगेका सञ्चारकर्मीलाई पनि आफूहरूलाई समाचारमार्फत बर्डफ्लु रोगी बनाएको भन्दै आक्रोश पोखे । समाजमा अपहेलित हुने भन्दै बस्तीमा हुने सूचना दिनसमेत अस्वीकार गरे । सूचना दिनेले पनि नाम नछाप्न आग्रह गरे । बुधबार यस क्षेत्रमा पुगेका सञ्चारकर्मीलाई आफू बिरामी भएको बताउने सर्वसाधारणले पनि समाजमा अपहेलना गरेपछि रोग लुकाउन थालेका छन् । 

विद्यालय पुगेका बालबालिकालाई पनि बर्डफ्लु लागेको बस्तीका भन्दै फर्काएको पीडित फुली शेर्पाले बताइन् । उनका एक छोरा र एक छोरीलाई नरेफाँटको नेपाल सेन्टर हाईस्कुलले बुधबार फर्काएको उनले बताइन् । 'बर्डफ्लु लागेको ठाउँका भन्दै फर्काएर पठाएछन्,' उनले भनिन्, 'अब कहाँ लगेर पढाउने ?' 

त्यस्तै यसअघि बस्ती नजिकैको सिद्धार्थ पेट्रोलपम्प अगाडि कलेजको गाडी रोक्ने गरे पनि आजभोलि रोक्न छाडेको स्थानीयले जनाएका छन् । सार्वजनिक सवारीले पनि बर्डफ्लु सर्ने भन्दै रोक्न छाडेको स्थानीयले जनाएका छन् । 


स्रोत: कान्तिपुर दैनिक, मन्सिर १६, २०११ 



KATHMANDU, DEC 01 - 
People living in and around the bird flu outbreak site in Madhyapur Thimi Municipality in Bhaktapur district on Thursday said they are being stigmatised and that their children have been harassed in schools.

Twenty-five private schools at Lokanthali and Gatthaghar have been closed for three days—Friday to Monday—due to the outbreak, affecting hundreds of students. “Whenever I go to Koteshwor, people who know me avoid me,” said a seemingly frustrated Deepesh Ghising. The locals there lashed out at government officials and the media. Government officials who visited the site to make people aware of the precautionary measures could not communicate properly with the irate locals. “The officials came and slaughtered the fowls. And now पेओप्ले have started avoiding our children too,” an irate resident said, adding that her daughter was sent back from school. 

“We have already lost our source of livelihood to the flu. And our children, for whom we have been doing all this, are being stigmatised,” the local woman added. District secretary of Private and Boarding Schools Organisation (PABSON), Bhaktapur, Shree Krishna KC said many students from the outbreak site were facing problems in school as others tried to avoid them—forcing school authorities to close down 25 schools lying in the periphery of the site. KC said PABSON came up with the decision to shut the schools after the government did not take proper precautionary measures. “Also, parents pressured us to shut the schools to protect the children,” KC said.

Meanwhile, people at the outbreak site said they were not satisfied with the compensation they got for their fowls from the government. The owners of the birds that were slughtered got a total amount of Rs 39,862 as compensation. Officials had killed 308 chickens and ducks and destroyed 14 eggs and around 2 kg of poultry feed. Officials said no one in the area has developed symptoms of bird flu, while those who have been complaining of the symptoms have already been given ‘symptomatic treatment’. 

“The symptoms are different in each case, while the flu threat is minimal in the area. Chemicals have been spread in every nook and corner of the shanties,” Kumar Dahal, the Public Health Inspector and an official of the Avian Influenza Control Project (AICP) said. He added that people are prone to the virus for a week after the outbreak. “However, almost 20 days have passed now and we don’t have much to fear,” Dahal said.

source: The Kathmandu Post, December 2, 2011