google search

Wednesday, August 20, 2014

'Safe drinking water for displaced main challenge'

'Safe drinking water for displaced main challenge'
Ensuring safe drinking water and hygienic foods to displaced people is the main challenge in the flood-hit districts, the Epidemiology and Disease Control Division (EDCD) of the Department of Health Services (DoHS), which is responsible for preventing and controlling outbreak of diseases, said.

Officials at the EDCD said that health workers are struggling to provide safe drinking water to the displaced people as they do not even have vessels to purify the water by chlorination. 

“We have distributed chlorine drops at the displaced camps, but the people do not have water vessels for chlorination,” a health worker said. Health workers have urged the administration and the District Drinking Water Corporation’s office to ensure safe drinking water for the displaced people. 

Dozens have died and thousands have been displaced by the floods in Banke, Bardia, Surkhet and Dang districts in the Mid-western Region. Thousands of people in these districts are camping out at temporary shelters. 

The EDCD said that it has already deployed a team of health workers at the flood-affected regions to assess the possible risks of the spread of communicable diseases. 

“We have sent a team of health workers with essential medicines to the affected districts,” Dr Baburam Marasaini, director at the EDCD, said. He claims that there is no dearth of essential drugs in the flood affected districts and challenge lies in ensuring safe drinking water and foods for the displaced people. Most of the drinking water resources of the districts have been contaminated by the recent flood.

Dr Marasini said that the office is serious in its efforts to prevent any outbreak of communicable diseases in the camps for the displaced. The local authorities have set dozens of camps for displaced people in safe areas. 

The EDCD said that there is no need to send doctors from the capital as the region has several medical collages and regional hospitals whose help could be sought if situation demands.

Source:http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=81404

Monday, August 18, 2014

बाढीग्रस्त क्षेत्रमा महामारीको जोखिम

बाढीग्रस्त क्षेत्रमा महामारीको जोखिम

नेपालगन्ज, भाद्र २ - सरकारले योजनाबद्ध उद्धार कार्य, तत्काल राहत र विस्थापितको व्यवस्था गर्न नसक्दा पहिरो तथा बाढीग्रस्त क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ। ती क्षेत्रमा खानेपानी, विद्युत् र आवागमन अवरुद्ध छन्।
पीडितहरू फोहर पानी र भिजेको अन्न खान बाध्य छन्। त्यसले महामारीको जोखिम देखिएको छ। बाँके, बर्दिया र सुर्खेतका बाढीग्रस्त क्षेत्रमा झाडापखाला र ज्वरोको समस्या देखिइसकेको छ। बाँके र बर्दियाका हजारौं पीडितले राहत पाएका छैनन्। सुर्खेत र जाजरकोटमा खानेपानी अवरुद्ध छ भने डोल्पामा विद्युत् आपूर्ति बन्द छ।
बर्दिया संवाददाता कमल पन्थीका अनुसार बबई र कर्णाली नदीमा जलस्तर घट्दै जाँदा झाडापखाला र ज्वरोका बिरामी बढ्दै गएका छन्। पदनाहा, बनियाभार, नेउलापुर, बगनाहा, मोहम्मदपुरलगायत गाविस र गुलरिया नगरपालिका महामारीको उच्च जोखिममा छन्। सफा पिउने पानी अभाव कायम रहे महामारी फैलिने जोखिम रहेको जिल्ला स्वास्थ्य प्रमुख अच्युत लामिछानेले बताए। बाढीले दौलतपुर, बगनाहा र पदनाहा गाविसमा रहेका स्वास्थ्य केन्द्रमा बाढीले क्षति पुर्‍याएपछि औषधि अभाव छ। विरामी बढेपछि औषधिसहित स्वास्थ्यकर्मी पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। बाढीग्रस्त क्षेत्र निरीक्षणमा आएका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले ३८ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिने बताए। महामारी फैलिन नदिन प्रहरी र प्रशासनलाई निर्देशन पनि दिए।
चाउचाउ र बिस्कुटको भर बर्दियाका हजारौ विस्थापितलाई राहतस्वरूप चाउचाउ र बिस्कुट वितरण गरिएको छ। चाउचाउ समेत अभाव भएपछि नेपालगन्जलगायत ठाउँबाट ल्याएर हेलिकप्टरबाट पुर्‍याइएको छ। धेरै ठाउँमा सडक बगेका आउजाउमा कठिनाइ छ। यातायात सम्पर्क नभएका ठाउँमा तीन हेलिकप्टरले राहत सामग्री वितरण गर्न लागेको प्रजिअ तेजप्रसाद पौडेलले बताए। पोषणयुक्त खाना अभावमा प्रभावित क्षेत्रमा सुत्केरी र गर्भवतीको अवस्था नाजुक बन्दै गएको छ।
ज्यान जोगाउन कुहिएका अन्न बाँकेको राप्ती नदी डुबानमा परेका बासिन्दाले ज्यान जोगाउन कुहिएका चामल, गहुँ, धान, दाललगायत खान थालेपछि महामारीको जोखिम बढेको छ। बाढीग्रस्त क्षेत्र पुगेर फर्केका संवाददाता ठाकुरसिंह थारुका अनुसार सडेका र कुहिएका खाद्यान्न सडकभरि सुकाउन राखिएकाले दुर्गन्ध फैलिएको छ। त्यस क्षेत्रमा सरकारी उपस्थित नभएपछि पीडित ४ दिनदेखि अलपत्र छन्। 'एकाएक राप्तीको बाढी गाउँ पस्यो, केही झिक्न पाइएन। खाद्यान्न राखिएका डेहरी गलेर ढले,' कुहिन थालेको चामल सुकाउँदै गरेकी फत्तेपुर ८ महिमानपुरकी रामप्यारीले भनिन्, '३/४ दिन भोकै कसरी बस्नु। भोकले रोग मान्दैन। घाम लागेको बेला सुकाएर यही खाने गरेका छौं।'
तीन दिनसम्म बाढी नघटेपछि खाद्यान्न कुहिएको हो। कतिपयको खाद्यान्न माटोमा मिसिएको छ। धेरैको खाद्यान्न बगेको छ। जोगाइएका धान, गहुँ, मसुरोमा ढुसी परेको छ। कतिपयको खाद्यान्न घरसँगै पुरिएको छ। 'यतिका दिन भइसक्यो हाम्रो अवस्थाबारे जानकारी लिन कोही आएन। हामी सडेका खाद्यान्न खाना थालेका छौं,' फत्तेपुर ९ ढलैयाका पल्टु चौधरीले भने। बाढीमा परी मरेका चौपायाको दुर्गन्धले पनि संक्रमणको जोखिम बढाएको छ। घर भत्किँदा च्यापिएर मरेका दुई गोरुको दुर्गन्ध राप्ती बगरमा फैलिएको छ। ढलैयामा सुँगुर/बंगुर मरेर दुर्गन्ध फैलेको छ।
जिल्ला जनस्वास्थ्य बाँकेका महामारी रोग नियन्त्रणका फोकल पर्सन रामबहादुर चन्दले कुहिएको खाद्यान्न खाँदा झाडापखाला, आउँ र रगतमासी संक्रमणको जोखिम हुने बताए। दुर्गन्धले भाइरल ज्वरो र श्वासप्रश्वासको समस्या हुने उनले बताए। बाढीले हुलाकी राजमार्ग भत्काएपछि यातायात ठप्प भएको छ। फत्तेपुरका एक सय घर भत्काएको छ। फत्तेपुर, ढलैया, गुलरी, डाँडाटेपरी, खलाटपरी, कमैयाडाँडा, लक्षिरामपुर, पदनाहा, जरैया, महिमानपुरका बासिन्दाको घरभित्रको अन्नपात कुहिएको छ।
खानेपानी, विद्युत् र सडक अवरुद्ध तीन दिनअघि आएको बाढीले खानेपानीको मुहान र पाइप बगाउँदा सुर्खेत उपत्यकामा तीन दिनदेखि पानीको हाहाकार भएको संवाददाता मोतिलाल पौडेलले जनाएका छन्। बाढीले झुप्रा, इत्राम र खोर्के खोलाको मुहानमा क्षति पुर्‍याउनुका साथै पाइप बगाएको छ। साउन २९ को बाढीले मुहान र संरचनामा क्षति पुर्‍याएपछि उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउन नसकिएको झुप्रा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए। अस्थायी रूपमा पानीको व्यवस्था मिलाइँदै गरेको उनको बताए। वषर्ाले क्षति पुर्‍याएका कारण सुर्खेतमा तीन दिनदेखि बत्ती अवरुद्ध भएको छ। मुरली खोला र हर्रेमा मुख्य लाइनमा क्षति भएकाले विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण शाखाले जनाएको छ।
जाजरकोटमा विद्युत् र खानेपानी अनियमित जाजरजोट सदरमुकाम खलंगाको विद्युत् सेवा र बुंदबुदी मुहानबाट आपूर्ति भएको खानेपानी लाइन अवरुद्ध भएको छ। पहिरोले साङ्ट लघु जलविद्युत् आयोजनाको कुलो भत्काउँदा विद्युत् आपूर्तिमा कठिनाइ भएको अध्यक्ष लीलाबहादुर शाहले बताए। जसका कारण सदरमुकाम अन्धकार भएको छ भने पहिरोले पाइपलाइन बगाउँदा खानेपानीको हाहाकार भएको छ।
त्यस्तै बाढीपहिरोले रामीडाँडामा पनि विद्युत् तथा खानेपानी र सक्लामा खानेपानी आपूर्ति बन्द भएको छ। बाढीपहिरोले जिल्ला विभिन्न स्थानमा खानेपानी, विद्युत्, सिँचाइ कुलो, बाटो, विद्यालय भवन, पुललगायत दर्जनौं भौतिक संरचना क्षति पुर्‍याएको अध्यक्ष शाहले बताए।
बाढीले नहर भत्काउँदा अन्धकार बाढीले नहर भत्काउँदा जैरिगाड साना जलविद्युत् केन्द्रको विद्युत् आपूर्ति बन्द भएको छ।
डोल्पा संवाददाता विष्णुलाल बुढाका अनुसार, सदरमुकाम दुनैको साना जलविद्युत् केन्द्र जैरिगाडको नहर बाढीले भत्काएपछि विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण दुनैले जनाएको छ।
नहरको मूलदेखि ५० मिटर वर जैरिगाड खोलामा आएको बाढीले कटान गरेपछि नहर भत्केको हो। बाढीले नहरको ३१ मिटर भत्काएको र त्यसको असरले ४१ मिटरसम्म चर्केकाले तत्काल विद्युत् उत्पादन र आपूर्ति हुन कठिन रहेको निमित्त स्थानीय विकास अधिकारी अंगदकुमार हमालले बताए।
पहिरोका घाइतेलाई हेलिकप्टरबाट उद्धाररोल्पा संवाददाता काशीराम डाँगीका अनुसा- घरमाथि पहिरो खस्दा गम्भीर घाइते भएका रोल्पा राँकका एक जनालाई थप उपचारका लागि सेनाले हेलिकप्टरबाट अस्पताल पुर्‍याएको छ। प्रहरीका अनुसार रोल्पा राँक २ का कृष्ण वलीलाई आइतबार सेनाको हेलिकप्टरबाट दाङको तुलसीपुर लगिएको हो। ३२ वर्षका कृष्ण पहिरोमा पुरिएपछि च्यापिएका थिए। घर भत्किएर च्यापिएका उनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो। 'गाउँमा उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको हो।' प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले भने।
उद्धारका लागि हेलिकप्टर तयार राख्नुहोलाः गृहमन्त्री
उपप्रधान तथा गृहमन्त्री गौतमले सुर्खेतलगायत मध्यपश्चिमका विभिन्न जिल्लामा आएको बाढीपहिरोपछि उद्धार, राहत र पुनःस्थापना गरी ३ चरणको योजना बनाएर सरकार अघि बढिरहेको बताएका छन।
बाढी तथा पहिरोग्रस्त क्षेत्रको निरीक्षण भ्रमणमा आएका गौतमले उद्धार र राहतमा गुनासो आएपछि सुर्खेतमा प्रहरी तथा प्रशासनका अधिकारीलाई हेलिकप्टर 'स्टेन्डबाई' राख्न निर्देशन दिएका हुन्। सरकारले आफ्नो सम्पूर्ण स्रोत, साधन र सम्पत्ति लगाएर भए पनि बाढीपीडितहरूको उद्धार, राहत र पुनःस्थापनामा कुनै कसर बाँकी नराख्ने उनले बताए। उनले सरकारले गरेका काम र प्रयासमा खोट निकालेर आलोचना गर्नभन्दा पनि सरकारले गरेका काममा सहयोग गर्न र एकजुट भएर सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए।
प्राकृतिक प्रकोपमा मृत्यु भएका व्यक्तिका परिवारलाई ४० हजार तथा घर क्षति भएकालाई ५ हजार रुपैयाँ दिने नीतिअनुसार सरकारले आर्थिक सहयोग दिने गृहमन्त्रीको बताएका छन्। आवश्यकता पर्दा जे चाहिए पनि विपद व्यवस्थापन समितिसँग समन्वय गरी पूर्ति गर्न आफूले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिइसकेको उनले बताए।
राहत उद्धार र पुनःस्थापनाका लागि आवश्यक निर्देशन दिन र समन्वय गर्न गृहमन्त्रालयअन्तर्गत गठन गरिएको कमान्ड कन्ट्रोललाई चौबीसै घन्टा उच्च सतर्कताका साथ राखिएको गृहमन्त्री गौतमको भनाइ छ। बाढी तथा पहिरो प्रभावित जिल्लाहरूमा राहत र उद्धारका लागि हेलिकप्टर तयार राखिएको बताउँदै उनले काम नसकिँदासम्म हेलिकप्टर यतै रहने जानकारी दिए।
Source: http://www.ekantipur.com/np/2071/5/2/full-story/394224.html

Diseases follow deluge in Banke‚ Bardiya


2014-08-17
NEPALGUNJ/DIPAYAL: Flood and landslide victims in Bardiya, Banke and Kailali have begun contracting diseases and health workers are worried that if appropriate measures are not taken on time, it may lead to outbreak of cholera. 
Bardiya flood victims are suffering from cholera, fever, diarrhoea and common cold. Victims at Bardiya headquarters and health posts have received treatment, but those in the far-flung areas have not been so lucky. 
Achyut Lamichhane, Chief at Bardiya District Public Health Office , said his office had accelerated the treatment of flood victims at temporary camps. Lamichhane warned of cholera outbreak if appropriate measures were not taken pronto. Those camping on riverbanks face the gravest threat, due to the dead livestock. “If the victims are not relocated at safer place, epidemic might break out any time,” Lamichhane warned. 
Health workers are yet to reach some of the flood-hit areas. Flood victims at Neulapur, Bagnaha and many other rural areas are yet to receive relief. Gopiram Tharu of Bagnaha said rescue workers were yet to reach them, as the floods had damaged the roads. 
Majority of 19,000 victims in Bardiya are yet to get food and other relief though a helicopter dropped some packets of noodles and beaten rice this noon, said Tharu. “Many people are suffering from diarrhoea and we don’t have safe drinking water. We feel as if there is no government in our country,” Tharu added. 
According to focal person Ram Bahadur Malla at Banke District Public Health Office, victims at Holiya, Betahani and Udharapur are complaining of diarrhoea, fever and eye pain. Malla said they had treated 200 victims at Holiya and Betahani. 
Home Minister Bamdev Gautam, who came to inspect flood-hit districts today, had directed the government agencies to set up temporary camps and deploy doctors and nurses from Bheri Zonal Hospital. Gautam directed authorities to provide water, medicines, shelter and toilets at the earliest to the flood victims. 
Health workers said cholera, diarrhoea and common cold have afflicted flood victims in Kailali as well. Elderly and children are the worst hit. 
Health Director Parsuram Shrestha at far-western regional health directorate said his office had kept all the health workers on standby to check outbreak of an epidemic. Shrestha said medicine and health workers had been dispatched to the flood-hit areas. “We have asked all the health workers of 12 VDCs not to go on leave,” Shrestha said. 

Source: The Himalayan Times