google search

Tuesday, August 27, 2013

९० प्रतिशत ढुंगेधाराको पानी दूषित

काठमाडौ, भाद्र ९ -
उपत्यकाका ९० प्रतिशत ढुंगेधाराको पानी पिउन अयोग्य भेटिएको छ । विज्ञहरूको परीक्षणले प्राकृतिक स्रोतको पानी मुहान नै संक्रमित भएकाले ढुंगेधाराको पानी दूषित देखाएको हो । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयूकेएल) का अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा २ सय २३ वटा ढुंगेधारा छन् । ती धाराको पानी काठमाडौं खानेपानी तथा ढल निकास विभागले परीक्षण गरेको हो । वातावरण जनस्वास्थ्य संस्थाले गरेको परीक्षणले पनि यस्तो पानी दूषित नै देखाएको थियो ।

ढुंगेधाराबाट आउने पानीमा ब्याक्टेरिया, अमोनिया, इकोली, कुल कोलिर्फम, आइरन र मेंगानिज रासायनिक र सूक्ष्म जैविक देखिएको काठमाडौं खानेपानी तथा ढल निकास विभागका पानी परीक्षण प्रयोगशालाका केमिन्ट राजेन्द्रकुमार सोनकारले बताए । परीक्षणमा एक सय एमएल पानीमा १ सियम कोलिर्फम, ब्याक्टेरिया, आइरन, अमोनिया जस्ता सूक्ष्म जैविक र रासायनिक कीटाणु भेटिएको थियो । पिउन योग्य पानीमा शून्य कोलनी हुनुपर्छ ।

केयूकेएलले रासायनिक र सूक्ष्म जैविक कीटाणु नष्ट गर्ने औषधि प्रयोग गरी पानी वितरण गरेको प्रयोगशालाका प्रमुख ज्ञानबहादुर कार्कीले बताए । उनले भने, 'प्राकृतिक स्रोतबाट आउने पानीमा कीटाणुहरू देखिनु स्वाभाविक हो, तर पानीमा देखिएको कीटाणुलाई नष्ट गरी शुद्धीकरण गर्न सकिएको छैन ।' वातावरण र जनस्वास्थ्य संस्थाले साउन महिनाभित्र गरेको अध्ययन र ढंुगेधाराको पानी परीक्षणमा पनि ९० प्रतिशत पानी दूषित रहेको निष्कर्ष निकालेको छ ।

संस्थाका कार्यकारी निर्देश्ाक डा.सुमनकुमार शाक्यले ढुंगेधाराको पानीमा रासायनिक र सूक्ष्म जैविक कीटाणुहरू रहेकाले प्रयोग गर्न उचित नहुने बताए । ढुंगेधाराको पानीमा कोलिर्फमसमेत परीक्षणमा देखिएकाले पानी पूर्णरूपमा शुद्धीकरण गरेरमात्र वितरण गर्नुपर्ने आंैल्याए । उनले भने, 'सरकारले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन निर्देशिका २०६३ जारी गरे पनि कार्यान्वयन हुन नसक्दा पानी झन्-झन् दूषित बन्दै गइरहेको छ ।'

संस्थाले हरेक महिना उपत्यकाका सबै धाराको पानी परीक्षण गर्ने गरेको छ । काठमाडौंमा १ सय ६५, ललितपुरमा ६१, भक्तपुरमा ८७, मध्यपुर ठिमीमा ६५ र कीर्तिपुरमा ११ गरी २ सय २३ ढंुगेधारा पानीको प्राकृतिक स्रोतका रूपमा प्रयोग हुँदै आएका छन् । सधैं पानीको हाहाकार हुने काठमाडांै, ललितपुर र भक्तपुरमा १७ लाख मानिसले ढंुगेधाराको पानी खाँदै आइरहेका छन् ।

प्रशिक्षार्थी
श्रोत् : कन्तिपुर दैनिक

प्रकाशित मिति: २०७० भाद्र १० ०८:३६

Tuesday, August 20, 2013

डेढ सय लाई झाडापखाला

                                      डेढ सय लाई झाडापखाला
रोल्पा — खुमेल–३ वेदधारामा सोमबार दिउँसोबाट फैलिएको झाडापखालाले १ सय ५२ जना बिरामी परेका छन्। बिरामी पर्नेमा ७९ महिला छन्।यो संख्या बढ्दो रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका चिकित्सक विपिन कार्कीले बताए । उनका अनुसार बिरामीमध्ये १ सय ४१ जनाको खुमेल–४ स्थित उपस्वाथ्य चौकीमा उपचार भएको छ । अन्यको गजुल स्वास्थ्य चौकीमा उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।बिरामीमध्ये १ सय ३७ जना प्राथमिक उपचारपछि घर फर्किसकेका छन् । १५ जनाको उपस्वाथ्य चौकीमै उपचार भइरहेको कार्कीले बताए ।स्थानीय नरबहादुर रोकाको श्राद्धमा गएका उनीहरू त्यहीं खाना खाएपछि बिरामी परेका थिए । आलु, तरिका, मासुलगायत परिकार खाएका थिए । बिरामी सबैमा एक्कासि वान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने र झाडापखाला हुने लक्षण देखिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय रेउघाबाट कार्कीको नेतृत्वमा गएको स्वास्थ्यकर्मी टोलीले झाडापखाला प्रभावितको उपचार गरेको थियो । जिल्ला जनस्वाथ्य कार्यालयबाट औषधी र डाक्टरसहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो ।
झाडापखाला प्रभावितलाई राष्ट्रिय मावि खुमेलका शिक्षक, विद्यार्थी र अस्थायी प्रहरी चौकी सातदोबाटोका असई तेजबहादुर गुरुङ नेतृत्वको टोलीले उद्धार गरेको थियो । टाढा घर भएका बिरामी राति पनि स्वास्थ्यचौकी आउने क्रम चलिरहेको प्रसनि गुरुङले जानकारी दिए ।
सदरमुकाम लिबाङसँगै जोडिएको खुमेलमा झाडापखाला देखिएपछि जिल्लाबाट केही स्थानीय राजनीतिक दल र सञ्चारकर्मीको टोली प्रभावित क्षेत्र पुगेको छ ।
एक महिनाअघि लिवाङ–५ काभ्रेखर्कमा फैलिएको झाडापखालाबाट २२ जा प्रभावित भएका थिए । सदरमुकाम लिबाङमै असार २५ मा फैलिएको झाडापखालाबाट २२ जना प्रभावित देखिएका थिए । लिबाङ–५ काभ्रेखर्कमा वितरित खानेपानी ट्यांकीमा अविरल वर्षासँगै आएको बाढी पस्दा प्रकोप देखिएको थियो ।
श्रोत् : नगारिक दैनिक ,२०७० /०५ /०४ 

Thursday, August 1, 2013

झाडापखाला र टाइफाइडका बिरामी बढे

झाडापखाला र टाइफाइडका बिरामी बढे

अछाम, साउन १४ गते । जिल्ला अस्पताल अछाममा झाडापखाला र टाइफाइडका बिरामीको सङ्ख्या बढेको अस्पताल प्रशासनले जनाएको छ ।
 उपचारका लागि अस्पताल आउने दैनिक ८०÷९० जना बिरामीमध्ये ३० जनामा झाडापखाला र टाइफाइड देखिएको जिल्ला अस्पतालको बहिरङ्ग सेवाका तीर्थराज जोशीले बताउनुभयो । 
 पछिल्लो समय फोहोर पानी र सरसफाइको कमीका कारण यस्ता बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लाका अन्य स्वास्थ्य चौकीमा पनि झाडापखाला र टाइफाइडका बिरामी बढी आउने गरेको बुझिएको छ । रासस

स्रोत : गोरखापत्र  दैनिक