google search

Tuesday, November 16, 2010

लामखुट्टे नष्ट गर्न घरदैलो अभियान

लामखुट्टे नष्ट गर्न घरदैलो अभियान

कान्तिपुर संवाददाता
ब्ाुटवल, कार्तिक २९ -
डेंगु सार्ने लामखुट्टे र त्यसको वासस्थान नष्ट गर्न बुटवलमा घरदैलो अभियान थालिएको छ ।

तीन महिनादेखि फैलेको डेंगुले महामारी रूप लिएपछि स्वास्थ्य सेवा विभागबाट आएको विशेषज्ञसहितको टोलीले नियन्त्रणका लागि अभियान थालेको हो । डंेगु नियन्त्रणमा ल्याउन संक्रमित एडिस एजिप्टाइड नामक लामखुट्टे नियन्त्रणमा ल्याउनु बाहेक अन्य उपाय नभएकालेे प्रभावस्थलमै पुगेर लामखुट्टेको लार्भा खोजी लार्भा र वासस्थान नष्ट गरिन लागेको विशेषज्ञ टोली संयोजक प्रणयकुमार उपाध्यायले बताए ।

Source: Kantipur daily, 16th Nov.

No comments: