google search

Monday, July 16, 2012

हैजाको पुष्टि

डोटी, श्रावण १ -
जेठ अन्तिम सातादेखि डोटीको बगलेखमा फैलेको झाडापखालाका बिरामीमा हैजाका जीवाणु रहेको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटी र सेन्टर फर मनीकुलर डाइनामिक्स काठमाडांैले पठाएको झाडा- पखालाका बिरामीको दिसा र उनीहरूले प्रयोग गरिरहेको पानी राष्ट्रिय महामारी तथा रोग नियन्त्रण महाशाखा काठमाडांैले परीक्षण गरी हैजाको जीवाणु रहेको पुष्टि गरेको हो । रोग नियन्त्रण महाशाखाले परीक्षणबाट 'भिब्रयो कोलेरा ओआई ओगावा' जीवाणु भेटिएको प्रतिवेदन दिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत टेकराज जोशीले बताए ।

जोशीका अनुसार परीक्षणका लागि झाडापखालाका ८ बिरामीको दिसा र पानीका तीन वटा नमुना पठाइएको थियो । नमुनामध्ये ५ जना झाडापखालाका बिरामीको दिसामा जीवाणु पाइएको पुष्टि भएको हो । डोटीमा पखालाबाट जेठ अन्तिम सातायता १ महिना अवधिमा ५ जनाको मृत्यु भइसकेको छ । बगलेखको ६ र ७ वडामा जिल्ला स्वास्थ्य कार्यालयले शिविर सञ्चालन गरी झाडापखाला नियन्त्रणमा ल्याएको बताएको छ । उक्त गाउँका ३ जनाको झाडापखालाबाट मृत्यु भएको हो भने ५ जनामा हैजाका जीवाणु रहेको पुष्टि भएको हो । २ वर्षअघि समयमै ध्यान नदिँदा डोटीमा पखालाबाट १२ जनाको मृत्यु भएको थियो ।

स्रोत: कान्तिपुर दैनिक, श्रावन 2, 2012

No comments: