google search

Sunday, February 10, 2013

काठमाडौंमा फेरि बर्डफ्लु

काठमाडौंमा फेरि बर्डफ्लु
काठमाडौं , माघ २९ -
नयाँपाटी गाविस ७ राईटारस्थित नारायण दाहालले पालेको ब्रोइलर कुखुरामा बर्डफ्लु देखिएपछि आइतबार केन्द्रीय बर्डफ्लु कन्ट्रोल रुमले त्यहाँ भएका कुखुरा र दाना नष्ट गरेको छ ।

कन्ट्रोल रुमका अनुसार २ हजार ७ सय ५३ कुखुरा र ५० किलोग्राम दाना नष्ट गरिएको हो । संक्रमित स्थानमा रोग सार्न सक्ने सुलीलगायतका सामग्री पनि नष्ट गरिएको छ ।

कन्ट्रोल रुमले काठमाडौंकै जितपुरफेदी १ फेदीबजारस्थित किशोर तण्डुकारले पालेको ब्रोइलर र्फममा बर्डफ्लु संक्रमण भएका पन्छी, पन्छीजन्य पदार्थलगायत संक्रमण गर्न सक्ने सबै वस्तु नष्ट गरेको थियो ।

कन्ट्रोल रुमले कुनै पनि स्थानमा अस्वाभाविक रूपमा पन्छी बिरामी भएमा, मरेमा वा शंका लागेमा तत्काल पशु सेवा विभागअन्तर्गतका निकायमा जानकारी गराउन आग्रहसमेत गरेको छ ।

स्रोत: कान्तिपुर दैनिक ,२०६९ माघ २९

1 comment:

Anonymous said...

oho....nice work.