google search

Tuesday, May 13, 2014

अस्पतालमा बिरामीको घुईचो, ९० प्रतिशतमा झाडापखाला


भीमदत्तनगर, बैशाख ३० गते 
 गर्मी बढेसंगै महाकाली अञ्चल अस्पतालमा बिरामीको संख्या समेत बढेको छ । 
बैशाखको तेस्रो सता यता शुरु भएको प्रचण्ड गर्मीका कारण बिरामीको संख्या बढेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । अस्पतालमा अहिले बैशाखको अन्तिम साता शुरु भएबाट बिरामीको संख्या दोब्बर भएको छ । अस्पतालका डाक्टर रामबिहारी चौधरीका अनुसार बिरामी मध्ये धेरै जसो झाडापखालाका रहेका छन । उपचारका लागि आउने बिरामी मध्ये ९० प्रतिशतमा झाडापखाला देखिएको छ भने अन्य कोही टाईफाइड, टाउँको दुख्ने, दम तथा वान्ता हुने लगायतका रहेका छन ।
 कतिपय बिरामी पेट दुख्ने समस्याले समेत अस्पताल पुगेका छन । बढ्दो गर्मीका कारण पानी दुषित हुनु, बासी खानेकुरा खानु लगायतका विभिन्न समस्याले गर्दा बिरामी समेत बढेका हुन । चिकित्कसहरुले गर्मीयामका समयमा बासी खानेकुरा नखान तथा सफा र स्वच्छ पानीको मात्रै प्रयोग गर्न सुझाव दिएका छन । धेरैजसोले पानी फिल्टर गरेर खाए सुरक्षित भईन्छ भन्ने सोचे पनि अहिले प्रयोग हुने धेरै जसो फिल्टरमा छानिएको पानी सुरक्षित नहुने जनाइएको छ । यस्तै गर्मी मौसममा सरसफाईमा विशेष ध्यान दिन तथा तरकारी र फलफूल राम्रो संग पखालेर मात्रै खानुपर्ने चिकित्सकको सुझाव छ । 


श्रोत: गोरखापत्र  अनलाईन  

No comments: