google search

Saturday, April 30, 2011

टाइफाइडको प्रकोप

टाइफाइडको प्रकोप

कान्तिपुर संवाददाता
रुकुम, वैशाख १७ -
जिल्लाका एक दर्जनभन्दा बढी गाविसमा भाइरल ज्वरो, टाइफाइड र झाडापखालाको प्रकोप देखिएको छ ।

मुसीकोटसहित भलाक्चा, रुघा, खारा, साँख, वाफिकोटलगायत दर्जनभन्दा बढी गाविसमा उक्त रोगका बिरामी बढ्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले महिला र युवामा भाइरल ज्वरो, वृद्धमा टाइफाइड र बालबालिकामा झाडापखाला बढ्दै गएको जनाएको छ ।

कार्यालयका प्रमुख डा. विनोद गिरीका अनुसार दुई सातायता जिल्ल्ाा अस्पतालमा बिरामीको चाप बढ्न थालेको हो । बिरामी बढेपछि शैया अभावमा भुइँमा उपचार हुने गरेको गिरीले बताए । 'बढ्दो गर्मीसँगै सदरमुकाम आसपास क्षेत्रबाट दैनिक पचासभन्दा बढी बिरामी टाइफाइड र झाडापखालाका आउने गरेका छन् । गाउँका स्वास्थ्य चौकीमा पनि बिरामी चाप ह्वात्तै बढेको छ', उनले भने । 

No comments: