google search

Thursday, June 7, 2012

झाडापखाला फैलिएपछि गाउले त्रसित

प्रतीक इच्छुक शर्मा/सल्यान
सल्यान जिल्लामा एक सातादेखि फैलिएको झाडापखालाको प्रकोपका कारण २ सयभन्दा बढी बिरामी परेका छन्। लामो समयसम्म परेको खडेरीका कारण स्थानीयबासिन्दाहरू झाडापखालाको प्रकोपबाट प्रभावित भएका हुन्। झाडापखालाको प्रकोपका कारण जिल्लाका दुई दर्जन गाविसका सर्वसाधारणहरू प्रभावित भएका छन्।
झाडापखालाको प्रकोप बढेपछि विभिन्न स्वास्थ्य संस्थाहरूमा बिरामीहरूको संख्या ≈वात्तै बढेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले बताएको छ। दैनिक ८÷१० जना मात्र बिरामी उपचारका लागि आउने स्वास्थ्य संस्थाहरूमा दैनिक २५÷३० जनासम्म पुग्ने जिल्ला स्वास्थ्य प्रमुख डा. विकास देवकोटाले बताए।
‘जिल्ला अस्पतालमा मात्र झाडापखालका बिरामीहरू दैनिक ८÷१० जना आउने गरेका छन्’, उनले भने– ‘थारमारे, कोटबारा, कोटमौला, कजेरी,चादेकरेन्जी, मार्के, बडागाउ“ माझकाडा, निगालचुला, त्रिवेणी, काभ्राका स्थानीयबासीहरू बढी प्रभावित छन्। झाडापखालाबाट बिरामी हुनेमा वृद्धवृद्धा र बालबालिकाहरू बढी छन्। जिल्ला स्वास्थ्य प्रमुख डा. देवकोटाले भने– ‘बढ्दो खडेरीस“गै खानेपानीको अभावका कारण झाडापखाला बढेको हो, झाडापखालाको प्रकोप बढ्दै गए पनि अहिलेसम्म कसैको ज्यान भने गएको छैन। झाडापखाला महामारीको रूपमा फैलिन नदिन विभिन्न स्वास्थ्य संस्थाहरूमा औषधीको व्यवस्था गरिसकिएको छ।
कुनै पनि गाविसहरूमा झाडापखाला महामारीको रूपमा फैलिन नदिनका लागि उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ। ‘कतिबेला के हुन्छ भनेर औषधीसहितको स्वास्थ्यटोली तयारीका साथ राखेका छौं’ –स्वास्थ्य प्रमुख देवकोटाले राससस“ग भने।
‘विभिन्न रोगका प्रकोप देखिने समय भएकाले स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएका छौं’, उनले भने– ‘झाडापखालाबाट बच्नका लागि जिल्लाबासीहरूलाई सञ्चारमाध्यम, महिला स्वास्थ्य स्वयंसेविकामार्फत विभिन्न किसिमका जनचेतनामूलक सन्देश फैलाउने काम भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। लामो खडेरी परेपछि झाडापाखालस“गै अन्य रोगहरूका बिरामीसमेत बढ्न थालेका छन्। अहिले दैनिक जसो स्वास्थ्य संस्थाहरूमा टाइफाइड, जन्डिस, ज्वरोलगायतका बिरामीहरूको चाप बढेको स्वास्थ्य संस्थाहरूले बताएका छन्।


 स्रोत :   नेपाल समाचार पत्र , June 7, 2012

No comments: