google search

Tuesday, August 27, 2013

९० प्रतिशत ढुंगेधाराको पानी दूषित

काठमाडौ, भाद्र ९ -
उपत्यकाका ९० प्रतिशत ढुंगेधाराको पानी पिउन अयोग्य भेटिएको छ । विज्ञहरूको परीक्षणले प्राकृतिक स्रोतको पानी मुहान नै संक्रमित भएकाले ढुंगेधाराको पानी दूषित देखाएको हो । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयूकेएल) का अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा २ सय २३ वटा ढुंगेधारा छन् । ती धाराको पानी काठमाडौं खानेपानी तथा ढल निकास विभागले परीक्षण गरेको हो । वातावरण जनस्वास्थ्य संस्थाले गरेको परीक्षणले पनि यस्तो पानी दूषित नै देखाएको थियो ।

ढुंगेधाराबाट आउने पानीमा ब्याक्टेरिया, अमोनिया, इकोली, कुल कोलिर्फम, आइरन र मेंगानिज रासायनिक र सूक्ष्म जैविक देखिएको काठमाडौं खानेपानी तथा ढल निकास विभागका पानी परीक्षण प्रयोगशालाका केमिन्ट राजेन्द्रकुमार सोनकारले बताए । परीक्षणमा एक सय एमएल पानीमा १ सियम कोलिर्फम, ब्याक्टेरिया, आइरन, अमोनिया जस्ता सूक्ष्म जैविक र रासायनिक कीटाणु भेटिएको थियो । पिउन योग्य पानीमा शून्य कोलनी हुनुपर्छ ।

केयूकेएलले रासायनिक र सूक्ष्म जैविक कीटाणु नष्ट गर्ने औषधि प्रयोग गरी पानी वितरण गरेको प्रयोगशालाका प्रमुख ज्ञानबहादुर कार्कीले बताए । उनले भने, 'प्राकृतिक स्रोतबाट आउने पानीमा कीटाणुहरू देखिनु स्वाभाविक हो, तर पानीमा देखिएको कीटाणुलाई नष्ट गरी शुद्धीकरण गर्न सकिएको छैन ।' वातावरण र जनस्वास्थ्य संस्थाले साउन महिनाभित्र गरेको अध्ययन र ढंुगेधाराको पानी परीक्षणमा पनि ९० प्रतिशत पानी दूषित रहेको निष्कर्ष निकालेको छ ।

संस्थाका कार्यकारी निर्देश्ाक डा.सुमनकुमार शाक्यले ढुंगेधाराको पानीमा रासायनिक र सूक्ष्म जैविक कीटाणुहरू रहेकाले प्रयोग गर्न उचित नहुने बताए । ढुंगेधाराको पानीमा कोलिर्फमसमेत परीक्षणमा देखिएकाले पानी पूर्णरूपमा शुद्धीकरण गरेरमात्र वितरण गर्नुपर्ने आंैल्याए । उनले भने, 'सरकारले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन निर्देशिका २०६३ जारी गरे पनि कार्यान्वयन हुन नसक्दा पानी झन्-झन् दूषित बन्दै गइरहेको छ ।'

संस्थाले हरेक महिना उपत्यकाका सबै धाराको पानी परीक्षण गर्ने गरेको छ । काठमाडौंमा १ सय ६५, ललितपुरमा ६१, भक्तपुरमा ८७, मध्यपुर ठिमीमा ६५ र कीर्तिपुरमा ११ गरी २ सय २३ ढंुगेधारा पानीको प्राकृतिक स्रोतका रूपमा प्रयोग हुँदै आएका छन् । सधैं पानीको हाहाकार हुने काठमाडांै, ललितपुर र भक्तपुरमा १७ लाख मानिसले ढंुगेधाराको पानी खाँदै आइरहेका छन् ।

प्रशिक्षार्थी
श्रोत् : कन्तिपुर दैनिक

प्रकाशित मिति: २०७० भाद्र १० ०८:३६

No comments: