google search

Wednesday, June 12, 2013

प्रदूषित पानीले झाडापखाला

 नेपालगन्ज, जेष्ठ २९ -
चिकित्सकले प्रदूषित पानीका कारण नेपालगन्ज नगर क्षेत्रमा झाडापखाला फैलिएको बताएका छन् । उपचारार्थ अस्पताल पुगेका बिरामीको परीक्षणपछि चिकित्सक उक्त निष्कर्षमा पुगेका हुन् ।

झाडापखालाका बिरामीको यहाँस्थित भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा भीड लागेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीको चापले अन्य औषधि उपचार कार्यमा बाधा पर्ने भएकाले झाडापखालाका बिरामीलाई छुट्टै उपचारको व्यवस्था गर्ने जनाएको छ । उक्त कार्यका लागि कार्यालयबाट थप जनशक्ति परिचालन गर्ने निर्णय गरिएको जनस्वास्थ्य प्रमुख जीवन मल्लले बताए ।

 बिरामीहरूलाई निःशुल्क औषधि उपचारका लागि भेरी र नेपालगन्ज मेडिकल कलेजमा औषधि प्ाठाइएको समेत उनले बताए । ११ दिन अघिबाट फाटफुट रूपमा फैलिएको झाडापखाला पाँच दिनयता बढेको छ । हैजाको आशंका गरी केही बिरामीको दिसाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाए पनि नतिजा नेगेटिभ आएकाले हैजा भन्न नमिल्ने जनस्वास्थ्यका महामारी रोग नियन्त्रण शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

 त्यस्तै शंकास्पद बिरामीको दिसाको ३ वटा नमुनाहरू थ्ाप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको छ । स्वास्थ्य तथा पोषण समूहको बैठकले रोकथाम उपचार तथा नियन्त्रण र व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ ।

दूषित खाना र पानीको कारणले झाडापखालाको प्रकोप फैलिएको हुनाले पानी शुद्धीकरण गर्न र उपचारका लागि युनिसेफबाट एक्वागार्ड ट्याब्लेट, जीवनजल र सूचना प्रवाहका लागि आवश्यक सामग्रीहरू म्ााग गरिएको जनस्वास्थ्य कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाभित्र जनचेतना अभिवृद्धि गर्न पानी शुद्धीकरणका लागि एक्वा ट्याब वितरण गर्न, बिरामी भएमा उनलाई उपचार गर्न जीवनजल वितरण र स्वास्थ्य तथा सरसफाइबारे जानकारी गराउन नगरपालिकामा कार्यरत ८५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रभावित १७ वटै वडामा परिचालन गरिएको छ ।

अधिकांश बिरामी नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल र मेडिकल कलेजमा भर्ना गरिएका छन् । बिरामीमा भित्री ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने र पखाला लाग्नेजस्ता लक्षण देखिएका छन् । बिरामीमा देखिएको झाडापखाला औषधि सेवन गरे पनि केही निको भएजस्तो भए पनि पुनः दोहोरिने गरेको छ ।

०६८ सालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पानीका नमुना परीक्षणपछि यहाँका केही ठाउँको पानी खान योग्य नरहेको जनाएको थियो । २० वटा नमुनामध्ये १२ मा १० भन्दा माथि कोलिफम जीवाणुको मात्रा भेटिएको रिपोर्ट सार्वजनिक भएको थियो ।

०६७ साउन १२ गतेबाट नेपालगन्जमा फैलिएको झाडापखाला र हैजाको प्रकोपले ८ जनाको ज्यान गएको थियो । १ हजार ५ सय ३४ जना बिरामी परेका थिए । हैजा खानेपानी दूषित भएकै कारण फैलिएको प्रारम्भिक तथ्य फेला परेपछि राष्ट्रिय प्रयोगशालाले नमुना संकलन गरेको थियो ।    
स्रोत : कान्तिपुर
प्रकाशित मिति: २०७० जेष्ठ ३० ०९:२२

1 comment:

Phurba Sange Moktan said...

Monsoon has come. need to be careful....