google search

Tuesday, October 12, 2010

डेंगुबाट १ को मृत्यु

डेंगुबाट १ को मृत्यु

- नारायण शर्मा
चितवन, आश्विन २६ -

डंेगु नियन्त्रणमा सरकारले चासो नदेखाएको अरोप लागिरेकै बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरी नेतृत्व टोलीले प्रभावित क्ष्ाेत्रको स्थलगत निरीक्ष्ाण गरेको छ ।


रोग फैलिएको दुई महिनापछि सरकारका उच्च अधिकारीले पहिलोपटक यी क्ष्ाेत्रको भ्रमण गरेर थप सर्तकताका लागि चासो देखाएका हुन् । यसअघि सभासद चित्रबहादुर श्रेष्ठ नेतृत्व संसदीय टोलीले चितवन र नवलपरासीका प्रभावित क्ष्ाेत्रको निरीक्षण गरेको थियो । मन्त्री चौधरीले मंगलबार भरतपुर जिल्ला अस्पताल तथा चितवन मेडिकल कलेजको निरीक्ष्ाण गरेका हुन् । त्यस क्रममा उनले अस्पताल भर्ना भएका डेंगु संक्रमितको अवस्थाबारे जिज्ञासा राखेका थिए ।

उनले मेडिकल कलेजका डा शीतल अधिकारी तथा भरतपुर अस्पतालका सुपरिटेडेन्ट डा. एन के सिंहसँग रोगको अवस्था र संक्रमणबारे जानकारी लिए । मन्त्री चौधरीले चितवनमा डेंगु फैलिएको जानकारी पाउनेबित्तिकै आफूले टोली गठन गरेर जिल्ला पठाएको र तत्काल रोकथाम प्रयास थालेको दाबी पनि गरे । भदौयता चितवनमा भाइरल ज्वरोकाका कारण २० जनाको ज्यान गइसकेको छ ।
पछिल्लोपटक बुटवलका एक व्यक्तिको पनि डेंगुका कारण भरतपुर मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको जिल्ला जनस्वाथ्यले जनाएको छ । जिल्लामा गत आइतबारसम्म २०२ जना डेंगु पोजेटिभका बिरामी आएका थिए ।

Source: Kantipur daily (//www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=228451)

No comments: