google search

Thursday, October 28, 2010

सरकारलाई सोधियो- ँडेंगु नियन्त्रण भयो ?’

सरकारलाई सोधियो- 'डेंगु नियन्त्रण भयो ?'

-अब्दुल्लाह मियाँ
काठमाडौ, कार्तिक १० -
October 28, 2010

तराईका विभिन्न जिल्लामा डेंगु रोग महामारीकै रूपमा फैलिँदै गएपछि संसदीय समितिले नियन्त्रणका लागि सरकारका तर्फबाट भएका प्रयासहरूको लिखित जवाफ मागेको छ ।

साउन पहिलो साता भारत हुँदै प्रवेश भएको डेंगुका कारण अहिलेसम्म तीन जनाको ज्यान गएको सरकारको तथ्यांक छ । संसद्को महिला, बालबालिका तथा समाजकल्याण समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग डेंगु नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयास र निदानका लागि भावी योजनाको लिखित प्रतिवेदनसमेत मागेको छ ।


समितिले लिखित जवाफसहित मन्त्रालयका सचिव र मन्त्रालयमातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकलाई शुक्रबार १२ बजे समितिमा उपस्थित हुन निर्देशन दिएको छ । 'डेंगु नियन्त्रणका लागि सरकारबाट हालसम्म भए गरेका काम कारबाही र योजनाबारे लिखित प्रतिवेदन माग गर्न निर्देशन दिइएको छ,' समितिको निर्णयमा छ । महाशाखाका निर्देशक डा.जीडी ठाकुरका अनुसार साउन पहिलो साता प्रवेश भएको डेंगुका कारण अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ भने तराईका ८ जिल्ला प्रभावित भएका छ्् । तराईका विभिन्न जिल्लामा यो रोग फैलिएको पुष्टि भएलगत्तै महाशाखाले नियन्त्रणका लागि प्रयास गरेको ठाकुरको दाबी छ ।


उनका अनुसार चितवनस्थित भरतपुर अस्पतालमा एक, भरतपुर मेडिकल कलेजमा एक र बुटवलबाट काठमाडांैस्थित टेकु अस्पताल ल्याइएका एक गरी तीन जनाको ज्यान गएको हो । ठाकुरले चितवन, रूपन्देही, कैलाली, कञ्चनपुर, बारा, पर्सा, रौतहट र सप्तरीमा डेंगुको संकेत देखिएको जनाए । भारत हुँदै डेंगु फैलिएको हो । उनका अनुसार दुई महिनाअघि धनगढीमा १० र महेन्द्रनगरमा दुई जनामा डेंगुको संकेत देखिएको थियो ।

Source: Kantipur daily, 28 October

No comments: