google search

Monday, October 25, 2010

विशेषज्ञद्वारा डेंगुबारे प्रशिक्षण

विशेषज्ञद्वारा डेंगुबारे प्रशिक्षण

कान्तिपुर संवाददाता
ब्ाुटवल, कार्तिक ८ -
October 26, 2010 
डेंगुको प्रकोप कम गर्न विशेषज्ञसहितको टोलीले सोमबारबाट बुटवलमा चेतनामूलक प्रशिक्षण सुरु गरेको छ ।

राजधानीबाट आएको डा. विश्वराज खनालसहितको विशेषज्ञ टोलीले लुम्बिनी अञ्चल अस्पताल लगायतमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मी नै डेंगु प्रभावित हुन थालेकाले बिरामीको उपचार, स्याहारबारे सिकाउन प्रशिक्षण दिइएको टोली प्रमुख खनालले बताए । 'अनुगमनका क्रममा अधिकांश स्वास्थ्यकर्मी डेंगुका लक्षणबारे जानकार नभएको र बिरामीको स्याहार कसरी गर्ने भन्नेबारे पनि अलमलमा रहेको भेटियो' उनले भने । अस्पतालका प्रमुखसहित उपचारमा संलग्न चिकित्सक, नर्स र सहयोगीले प्रशिक्षण लिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय तथा नगरपालिकाको सहयोगमा विशेषज्ञ टोलीले बुटवलका टोलटोलमा नागरिक प्रशिक्षणसमेत सुरु गरेको छ । यसमा नगरका स्वास्थ्य क्षेत्रमा कार्यरत संघसंस्था र सामाजिक क्लब पनि सक्रिय भएर लागेका छन् ।
ब्ुाटवलमा टायर तथा खाली ड्रम बढी राखिएको र वरपर पानीका खाल्डा भएको क्षेत्रमा डेंगुको संक्रमण बढी भेटिएकाले उक्त क्षेत्रलाई प्राथमिकतामा राखेर प्रशिक्षण थालिएको जिल्ला जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठले बताए । बुटवल नगरपालिका १३ को देवीनगर, पवित्रनगर तथा ५ को गोलपार्क, चिडियाखोला, ज्योतिनगर, बम्घाटलगायतका क्षेत्रमा सोमबार प्रशिक्षण दिइयो ।

औषधि छर्ने मेसिन स्टोरमा
कपिलवस्तु- लामखुट्टेका कारण हुने डेंगु रोगविरुद्ध औषधि छर्न ल्याइएको मेसिन कपिलवस्तु नगरपालिकामा अलपत्र परेको छ ।

कपिलवस्तु नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयबीच समन्वय हुन नसक्दा मेसिन स्टोर शाखामा थन्किएको छ । ३ महिनाअघि ३० हजारमा दुई वटा मेसिन र औषधि खरिद गरेर ल्याइए पनि उपयोगमा छैन । नगरपालिकाले रोगविरुद्ध बजार क्षेत्रमा छर्कने औषधिको मात्राबारे जानकारी माग गर्दै स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको थियो । असोज ७ मा पत्र पठाएर जानकारी माग गरिए पनि अझैसम्म स्वास्थ्यले जानकारी नदिएकाले औषधि छर्कन नसेको नगरपालिकाका कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठले बताए । उता स्वास्थ्यले असोज १३ मा स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी महाशाखामा पत्राचार गरी छर्कने औषधिको मात्रा माग गरे पनि अझै प्राप्त हुन सकेको छैन ।

आठ विद्यार्थीमा डेंगु
भरतपुर -कास)- सिद्धार्थ बोर्डिङ स्कुलका ८ विद्यार्थीमा डेंगु संक्रमण भेटिएपछि साताका लागि विद्यालय बन्द गरिएको छ । नारायणगढ बेल्चौकस्थित विद्यालयमा अध्ययनरत ८ विद्यार्थी तथा एक कर्मचारीमा डेंगु देखिएपछि अन्यमा पनि संक्रमण नहोस् भनेर पठनपाठन नै बन्द गरिएको सहप्राचार्य हरि लामिछानेले बताए ।

डेंगु संक्रमित सन्तोष अधिकारीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । रोग संक्रमण हुन नदिन अभिभावकको आग्रहमा विद्यालय बन्द गरिएको हो । यसैबीच डंेगु न्यूनीकरण तथा जनचेतना फैलाउन विद्यालय परिसरमा वडास्तरीय टोल विकास समन्वय समितिले चेतनामूलक कार्यक्रम गरेको छ । कार्यक्रममा जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले डंेगुले महामारीकै रूप लिएकाले सावधानी अपनाउन आग्रह गरे ।

साउनयता चितवनमा डंेगुले महामारीको रूप लिँदै गएको छ । लामखुट्टेले टोकेर लाग्ने यो रोग अहिलेसम्म १ हजार ७ सय ७६ बिरामीमा गरिएको परीक्षणमा ३ सय ५२ मा फेला परेको छ । अहिले पनि दिनहुँ सयभन्दा बढी शंकास्पद बिरामी परीक्षणका लागि आउने गरेको जनस्वास्थ्यले जनाएको छ । ज्वरोका कारण चितवनमा डेढ दर्जनको मृत्यु भइसकेको छ ।

पर्सामा संक्रमण
जिल्ला जनस्वास्थ्यका अनुसार भारतबाट घर आएका वीरगन्ज १४ का एक युवामा डेंगु संक्रमण देखिएको छ । हाल उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनलाई ६ दिनअघि उपचारार्थ भर्ना गरिएको हो । कार्यालयले उनको विवरण दिन नमिल्ने जनायो ।

यसअघि पर्सामा महिना दिनयता ८ डेंगु रोगी अस्पतालको सम्पर्कमा आएका थिए । जनस्वास्थ अधिकृत अरुणकुमार महतो आठ डेंगुका बिरामीमध्ये सबै अन्य अस्पतालमा रिफर वा उपचारपछि निको भएर फर्किसकेको जानकारी दिए । आठ जनामध्ये अधिकांश भारतको दिल्ली, कोलकाता लगायत सहरमा काम गरेर फर्केका थिए ।

No comments: