google search

Friday, October 29, 2010

Dengue Epidemic In Focus

डेंगु नियन्त्रणमा सामूहिक अभियान

- दीपेन्द्र बडुवाल
भरतपुर, कार्तिक ११ -
October 29, 2010
महामारीका रूपमा फैलिएको डेंगु रोकथामका लागि प्रभावित क्ष्ाेत्रमा सामूहिक प्रयास थालिएको छ । समुदायको सहयोग बिना डेंगु सार्ने 'एडिस एजेप्टाइ' लामखुट्टे नियन्त्रण सम्भव नभएकाले जिल्ला जनस्वास्थ्यले सामूहिक अभियान चलाएको हो । कार्यालयले अहिले जिल्लामा डेंगु महामारीका रूपमै रहेको जनाएको छ ।

डेंगु प्रभावित भरतपुर र रत्ननगर नगरपालिका क्ष्ाेत्रमा स्थानीय टोल विकास संस्था, विद्यालय, आमा समूह, नागरिक समाज, बुद्धिजीवी र समाजसेवीसित मिलेर जनचेतना फैलाउने काम भइरहेको छ । तिनले आपmनो टोलमा डेंगु, त्यसका लक्ष्ाण र बच्ने उपायबारे जानकारी गराइरहेका छन् ।

जनस्वास्थ्य प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बिहीब्ाार साँझ भरतपुर ४ मा टोलबासीको सहयोगमा लामखुट्टे मार्ने औषधि छरिएको जनाए । स्थानीय बासिन्दाले दबाब दिएपछि भरतपुर नगरपालिकाले औषधि उपलब्ध गराएको थियो । औषधि छर्न स्थानीयले नगद संकलन गरेका थिए । बिहीबार अपरा्नह आयोजित पत्रकार अन्तक्रिर्यामा उनले भने, 'लामखुट्टे हुर्कन नदिने तरिका सिकाएका छन् ।'

कार्यालयका अनुसार डेंगु बाहक 'एडिस' लामखुट्टे टायर, फूलदानी, बोत्तल, भाँडाकुँडामा जमेको सफा पानीमा हुर्कने गरेको छ । स्थानीय बासिन्दाले बजार क्ष्ाेत्रमा अव्यवस्थित फालिएका टायर, प्लास्टिकका बट्टा संकलन गरी व्यवस्थापन गरेका छन् । बजार क्ष्ाेत्रमा रहेका वर्कसपलाई पुराना टायर सुरक्षित ढंगले भण्डार गर्न आग्रह गरिएको छ । 'घरघरमा पुगेका छांै,' नगरस्तरीय स्वास्थ्य स्वयंसेविका सञ्जालकी अध्यक्ष शुभद्रा श्रेष्ठले भनिन्, 'गीत गाएर जनचेतना फैलाइरहेका छौं ।'

उनका अनुसार अहिले रत्ननगर र भरतपुर नगरपालिकामा रहेका ८२ महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् । भरतपुरको नारायणगढ क्ष्ाेत्रका वडा नम्बर १, २, ३, ४, ९ र १० यो लामखुट्टे अधिक पाइएको छ । मुख्य बजार र त्यससित नजिक रहेका गाविस प्रभावित छन् । विद्यार्थीमा डेंगु पुष्टि भएपछि केही विद्यालयले पठन पाठन बन्द गराएका छन् ।

कार्यालयले बिहीबार साँझ प्याब्सन जिल्लाका पदाधिकारीसित बैठक गरेको छ । बैठकमा कार्यालयले विद्यालय बन्द गर्नुको साटो जनचेतना र लामखुट्टे मार्ने औषधि छर्किनका लागि सहयोग गर्न विद्यालयसित अपिल गरेको छ । स्थानीय रोटरी क्लबले रोगबाट बच्ने उपाय उल्लेख गरिएका २ सय, स्वास्थ्यकर्मी संघले २० र जनस्वास्थ्यले ७ वटा ब्यानर विभिन्न ठाउँमा राखेका छन् ।

जनस्वास्थ्य प्रमुख श्रेष्ठले गत महिनाको तुलनामा डेंगुका बिरामीमा कमी आएको बताए । उनका अनुसार असोजभरि विभिन्न अस्पतालमा २ सय हाराहारी ज्वरोका बिरामी हुन्थे । बिहीबार ८२ जना मात्रै छन् । अघिल्लो महिना दैनिक २२ जनासम्ममा रोग पुष्टि भइरहेको थियो । अहिले दैनिक सरदर १० मा पुष्टि भइरहेको छ । कार्यालयका अनुसार अहिलेसम्म १ हजार ९ सय ९३ ज्वरोका बिरामीको रगत परीक्ष्ाण गरिएकोमा ४ सय १६ मा डेंगु भेटिएको छ ।

चितवन मेडिकल कलेजमा १ हजार १ सय ९ जनाको रगत परीक्ष्ाण गरिएकोमा २ सय ५३ मा डेंगु पुष्टि भएको छ । भरतपुर मेडिकल कलेजमा ७४ वटा परीक्षण गरिएकोमा २४, भरतपुर अस्पतालमा ४ सय ७५ परीक्ष्ाण गरिएकोमा १ सय ४, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १ सय २१ परीक्ष्ाण गरिएकोमा ७, नेसनल सिटी अस्पतालमा १९ मध्ये ८, चितवन अस्पतालमा ७१ मा ९ नारायणी सामुदायिक अस्पतालमा १ सय २ मा ३२ , भरतपुर सामुदायिक अस्पतालमा २५ मा ३, आशा अस्पतालमा १, जनस्वास्थ्यले ६ मा २, वकुलर अस्पतालमा १४ मा ६ मा डेंगु भेटिएको कार्यालयले जनाएको छ ।

'ओपीडीमा संख्या घटेको छ,' चितवन मेडिकल कलेजका फिजिसियन शितल अधिकारीले भने, 'जटिल अवस्थाका बिरामीको इमरजेन्सीमा चाप छ ।' उनले आपmनो अस्पतालमा बिहीबार १५ डेंगुका बिरामी रहेको जनाए । तीमध्ये निमोनिया भइसकेका ३ जनाको आइसीयूमा उपचार भइरहेको छ । 'पुष्टि नभएका डेंगुका बिरामी धेरै छन्,' उनले भने, 'केहीले सिटामोल खान्छन्, केहीले परीक्षण नै गराउँदैनन् ।' उनले लामखुट्टेमा नियन्त्रण नहुनु नै रोग फैलिनुको कारण भएको बताए ।



Fear of dengue still prevails

- NARAYANGARCH:
October 29, 2010
Health workers have warned that the dengue epidemic will prevail in Chitwan round the year. They said the fear of dengue may exist throughout the year since mosquitoes transferring dengue disease could survive in the current temperature here even if winter season is around. The maximum and minimum temperature of Chitwan is recorded to be 40 and 20, respectively. The degree of temperature is very appropriate for the life cycle of mosquitoes, doctors said. 'The temperature of Chitwan is appropriate for all animals', said physician Dr. Shital Adhikari of Chitwan Medical College, adding there is high chance that dengue could remain as epidemic in Chitwan round the year since mosquitoes could survive in the temperature of winter season here.

Number of patients being infected by dengue has been on the rise in Chitwan for the past three months. Some 17 are undergoing treatment at the Chitwan Medical College and a patient identified as dengue infected died here.
At least 18 patients died in hospitals in Chitwan due to high fever during the last three months. As much as 416, who visited hospitals for fever examination, have been detected with dengue.

Source: The himalayan times( 29th October)

No comments: